
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
जोखिम
यात्रा मजबुर
सपना हाम्रो सिङ्गापुर !
- वसन्त अनुभव
[२]
हालत
देशको यस्तो
हिलोबाट मोटर चल्ने ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही
[३]
यात्रा
जनतालाई सास्ती
जहाजमा नेतालाई मस्ती ! - सरिता सेढाई, धादिङ
[४]
सबैतिर
विकासको चाहना
बजेट पचाउने बहाना ! - गङ्गा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
[५]
यात्रा
जोखिम मोल्दै
हतार गन्तव्य पुग्न ! - दुर्गा भट्टराई, मोरङ
[६]
विकास
प्रकृतिको विनास
खोज्दै कठिन निकास ! - सरस्वती वली
बर्दिया, नेपाल
[७]
यात्रा
ठुलो कठिन
छैन विकल्पको खोजी ! - चक्र शाही, लम्की, कैलाली
[८]
देश
सपना ठूलो
आधाकाँचो विकास विपनाको ! - डुकछिरिङ लेपचा
मिरिक, भारत
[९]
वर्षायाम
चौतर्फी हिलो
यात्रा हुन्छ ढिलो ! - कार्की डिबी माकुम
सुनवल, नवलपरासी
[१०]
यात्रा
घुम्तीमा जाेखिम
बाँच्ने भराेसा नहुने ! - राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[११]
हिलाम्मे
पथिक पथ
चल्दैन जीवनको रथ ! - नागेन्द्रप्रसाद यादव, दाङ
[१२]
घुम्ती
विकासकाे फल
कष्टकर हिलाेको बाटाे ! - भाेलामान बर्देवा, धरान-८, सुनसरी
[१३]
संस्मरण
रहरको मन्तव्य
गाउँले विकासको गन्तव्य ! - कृष्ण बहादुर ऐर
के.आई.सिंह गाउँपालिका-३, डोटी
[१४]
क्षितिज
विकासे गन्तव्य
याेजना सम्पन्न शून्य ! - गौतम भद्र ध्वज
[१५]
नियती
लाचार सरकार
विकासमा केको दरकार ? - गोपेन्द्र रिजाल, पाँचथर
[१६]
चुनौती
नितान्त जिम्मेवारीबोध
स्वीकार्छु हिम्मतले अवरोध ! - पृथक प्रकृति, झापा
[१७]
विकास
छैन निकास
भेल हिलो बाटोमा ! - सोमनाथ लुइटेल “रवि पाल्पाली”
[१८]
दुर्दशा
विकास कशा
सबले ताक्ने कर्कशा ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[१९]
नियति
विकासको अधोगति
सरकार भयो मुकदर्शक ! - त्रिलोक रामदाम
भैरहवा-८, रुपन्देही
[२०]
विकास
यस्तो हालत
छैन कतै निकास ! - शोभा आचार्य गौतम, काठमाडौँ
[२१]
दुर्भाग्य
हिलाम्मे बाटो
आखिर छिमेकीको हाँसो ! - आर्त अकुलीन, कैलाली
[२२]
विवेक
देखावटी चाहना
भौगोलिक बनावटको बहाना ! - सुस्मिता अधिकारी, काठमाडौँ
[२३]
बेहाल
सरकारको मस्ति
जनतालाई भयो सास्ति ! - बृन्दा बगाले, काठमाडौँ
[२४]
पहिरो
जोखिम यात्रा
सडकको कथा गहिरो ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[२५]
मजबुर
जोखिम यात्रा
सरकारको लाचार अनुहार ! - रघु थापा
[२६]
भाग्य
नबुन्दा डाेकाे
नसकिने कर्मकाे धाेकाे ! - राेशन पराजुली, धरान
[२७]
निर्दयी
मुखमा रामराम
हिलोमा कता जाम ? - अम्विका अधिकारी
झापा, बिर्तामोड
[२८]
पैरो
बाटोको खोईरो
सरकार सुन्दैन भैरो ! - टिकाराम पुन टिपु, सल्यान
[२९]
वर्षा
हिलाम्मे बाटो
कस्ले गर्छ निकास ? - बेदु न्यौपाने, काठमाडौँ
[३०]
सकस
हुँदैन निकास
सरकारको यस्तै विकास ! - भगवती दवाडी, झापा
[३१]
नेता
गफाडीका महाराज
छरेर जनतालाई आस ! - साहित्य प्रेमी सलिन
[३२]
जिन्दगी
गह्रौँ भारी
दु:ख सुखको चौतारी ! - प्रविना प्रयासी, ओखलढुङ्गा
[३३]
विकास
जित्नेले गर्दैनन्
सत्य बोल्नेलाई जिताउँदैनन् ! - जिज्ञासु पन्त, लमजुङ
[३४]
सुबिधा
योजना दुबिधा
भेटिएन दिगो बिकास ! - पशपति राई, खोटाङ
[३५]
यात्रा
जिन्दगीको अभ्यास
मुस्कानमा सफलताको आश ! - मित्र कुमार आचार्य, काठमाडौँ
[३६]
गन्तव्य
बाध्यता पुग्नुपर्ने
कठिनाइ अनेक झेलेर ! - दुर्गा आचार्य, मोरङ
[३७]
विचार
नपुर्याउँदा अभाव
प्रकृति दोहनको प्रभाव ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[३८]
शिलान्यास
पैसाकाे सत्यनास
बाटाे जस्ताकाे त्यस्तै ! - निरज कोइराला, इटहरी
[३९]
गन्तव्यमा
छिचोल्दै बढ्न
गोर्खालीहरु जान्दैनन् लड्न ! - ईश्वरी अधिकारी, लमजुङ
[४०]
हिलो
यात्रामा बाधक
पन्छाउँदै हिड्छन् साधक ! - केशवप्रसाद ढकाल, गाेरखा
[४१]
हिलो
चलाऊँ सम्हालिएर
नत्र बनिएला थिलैथिलो ! - घनश्याम पौडेल, पोखरा
[४२]
यात्रा
अनिश्चित गन्तव्य
आखिर हिँड्नैपर्ने बाध्यता ! - तोया नाथ चापागाईं
दमक, झापा
[४३]
हिलाम्मे
बजेटको नास
स्विट्जरलैंडको भयो आभास ! - इन्दिरा देवकोटा
कपिलवस्तु न पा-३
[४४]
बाध्यता
जोखिमको यात्रा
जीवनको आफ्नै व्यथा ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४५]
विकास
वर्षाको समय
जताततै बाटोमा भय - पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न. पा.-३, काभ्रे
[४६]
विकास
लाचार सरकार
पहिरोले गर्दैछ निकास ! - विवस पारदर्शी
भद्रपुर, झापा
[४७]
तमास
गणतन्त्रको उपहास
धरापमा गरिबीको बास ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[४८]
यातायात
गरेपछि सम्भार
देश विकासको आधार ! - बि के विरही, टीकापुर
[४९]
यात्रा
परिस्थिति बाध्य
सपना साकार पार्ने ! - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[५०]
यात्रा
गर्नैपर्ने बाध्यता
गन्तव्यमा पुग्न अन्योलता ! - केन्द्रप्रकाश बराल, इलाम
[५१]
बाटो
हिलाम्मे अवस्था
छैन निकासको व्यवस्था ! - समुन्द्रा शर्मा, सुनसरी
[५२]
हिलाम्य
वर्षातको बाटो
छैन विकासमा चासो ! - धनमाया चौधरी, कैलाली
[५३]
रहर
जीवन जहर
खुट्टा छँदाको कहर ! - नन्दलाल आचार्य, बेलका-२, उदयपुर
[५४]
यात्रा
अफ्ठ्यारो बाटो
पुगेन विकासको पाटो ! - मिलन के. सी.( थापा), पोखरा
[५५]
जरुरी
कामको यात्रा
कठिन गन्तव्य पुग्न ! - मङ्गला उपाध्याय, बारा
[५६]
प्रतिबिम्ब
देशको अस्त-व्यस्तता
यात्रामा विविध अवरोध ! - त्रिलोक रामदाम
भैरहवा-८, रुपन्देही
[५७]
दुर्दशा
निकम्मा सरकार
वर्षेभेलले विद्रुप सडक ! - श्रद्धा आचार्य, पोखरा
[५८]
बाटो
पैदल यात्रीको
रहर नयाँ प्रविधिको ! - तोया घिमिरे
शङ्खमुल, काठमाडौँ
[५९]
यात्रा
कहीँ सहज
कहीँ कठिन असहज ! - तोयानाथ सुबेदी
[६०]
विकास
असार मसान्तमा
अलपत्र विकास याेजना ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[६१]
अहमता
प्रवृतिको प्रदर्शन
मार्गको अभावको यात्रा ! - कण्ठराज गिरी, कपन, काठमाण्डौँ
[६२]
अप्ठ्यारो
जीवनको बाटो
नेतालाई पुर्नुपर्ने भड्खारो ! - मन्दिरा सेढाई
मलेखु, धादिङ
[६३]
विकास
हिलाम्मे बाटो
तिरो तिरेको साटो - बद्री पोखरेल, विराटनगर
[६४]
यात्रा
संघर्षकाे गाेरेटाे
छिरेन विधिकाे सिरेटो ! - खुनराज काेईराला
सिद्धलेक-३, गैरीगाउँ, धादिङ
[६५]
विकास
गर्नेको पालो
यथार्थमा डट्ने निकास ! - जमुना आचार्य
[६६]
यात्रा
जोखिममा अल्झेको
जीवनगाडी हिलोमा बल्झ्रेको ! - धर्मी शाक्य, बुटवल, रुपन्देही
[६७]
निकास
गरौँ विकास
बाटो भयो हिलाम्मे ! - सरस्वती श्रेष्ठ, इटहरी
[६८]
सडक
हिँड्ने गोरेटो
भासिएको उसको दृष्टि ! - कविता आचार्य, कैलाली
[६९]
व्यवस्थापक
आफ्नै सोचमा
जनतालाई सदैव सास्ती ! - प्रेम थापा “मन”, बागलुङ
[७०]
विकास
सपनाको महल
कष्टकर छ चहलपहल ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[७०]
जीवन
लामो यात्रा
बाटोमा हिलोको जात्रा ! - सरिता काफ्ले
कोहलपुर-८, बाँके
[७१]
पहिराे
हिलाम्मे बाटाे
कस्टकर हुँदै यात्रा - उर्मिला के.सी., धनकुटा
[७२]
बाध्यता
खराब सम्रचना
नेपाली देखाउँछ योग्यता ! - दुर्गा अधिकारी ‘भमरकोटे’
[७३]
बाटो
हरायो बर्खामा
जनता सधैँ मर्कामा ! - तेजप्रसाद खनाल, दाङ
[७४]
बेहोस
होसमा आउँदा
चारैतिर दुःख छाउँदा ! - लक्ष्मी रिजाल, सप्तरी, रुपनगर