
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०० औँ शृङ्खला यही भाद्र १६ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
मेरो काम आगो फुक्ने, गरेकै हो मिलाएर,
के दोष मेरो हजुर ? जान्छ भने बिलाएर ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
छैन ! छैन ! तिम्रो दोष, दोष हो स्याउलाको,
हर्लक्क हौसीने ती, आलाकाँचा पाउलाको !
वसन्त अनुभव
घोराही, दाङ
[२]
नबस्नु आफ्नो सिप लुकाएर,
बरु बसुँला ! दिल फुकाएर ।
दुर्गा भट्टराई
मोरङ
[३]
फुकेपछि कतै आगाे दन्दनी पो बल्नुपर्छ,
बिलाउँदा अर्थ हुन्न झोसे जति जल्नुपर्छ ।
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[४]
आगो पनि धुँवा बन्यो अनि बन्यो खरानी,
आगोलाई पनि लाग्यो राजनीतिको बानी।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[५]
गर्नु काेसिस गरेकै हाे, सँगसँगै हिँड्न भनेर,
पाइला तिमी नसार्ने, बस है अब दिन गनेर ।
शोभा आचार्य गौतम
काठमाडौँ
[६]
तिम्रो दोष नभए नि सतीले सरापेको देश पर्यो ,
सायद तिम्रो कसुर देखाउन कसैले दाउ गर्यो ।
गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[७]
गार्हो छ हिजोआज, असल मान्छे पाउन,
खप्पिस हुन्छन् , काँचो खरमा आगो लाउन ।
शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
[८]
आगो लाग्दा सकिएन पानी लगाउन,
बल्लबल्ल सिकेँ मैले आँसु बगाउन !
कमला देवकोटा, पाल्पा
[९]
जनता सबै भेडिया भए देश भयो दुर्गति,
अरूको इसारामा चल्नेको कहिले फिर्छ मति।
सरस्वती श्रेष्ठ इटहरी
[१०]
जाने मिति तोकेकै थियो नि, भद्रा छलेर,
तिमी लड्यौ मलाई देख्दा, रिँगटा चलेर।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[११]
आगो फुक्यौ तिमीले मट्टीतेल छर्किएर,
आफ्नो स्वार्थ पुरा गर्यौ हेरेनौ फर्किएर ।
सरिता सेढाई धादिङ
[१२]
आगो फुकेर तताउँदा पनि कराई नतात्ने भाँडो,
भुटुन मसला थाकेपछि पनि कस्तो नपाक्ने फाँडो।
Acharya Jamuna
[१३]
राजनीतिमा लाग्ने गर्छन् नेता देश सेवा भनेर,
सत्तामा पुगेपछि भ्रष्ट नेता बस्छन् पैसा गनेर ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[१४]
फुक्नु जति फुकिसकेंँ निभ्छ भने मेरो मात्रै छ दोष,
बिग्रे जति सब कुरामा पोख्छौ अहिले मलाई रोष ।
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[१५]
काटेर सक जम्मै ठुला रुखको घाँस,
जङ्गल किन चाहियो ? अब सबै मास ।
भगवती दवाडी ,दमक ,झापा
[१६]
दाेष तिम्राे हैन बाबु ! दाउराकै हाे दाेष,
नमिलेर हो कि मिलाऊ नदेखाऊ रोष ।
Bhawani Pokhrel
[१७]
ताप दिनुपर्ने आगो राप बनी जलाउँदा,
खुसी लाग्छ त्यस्ता सबै चुलाभित्रै सेलाउँदा ।
सुशीला थापा
काठमाडौँ
[१८]
मनकाे सारा कुरा तिमीलाई सुम्पिदिएँ,
तिमीले धाेका दिदा नसालु पदार्थ पिएँ ।
राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१९]
फुक्नेको दोष हैन मेरो गुण हो जलाउने,
पालुवा होइन म हावापानीले पलाउने ।
पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२०]
आगो फुक्या हो कि यहाँ लगाएको,
आफ्नै मान्छे जानीजानी भगाएको ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौ
[२१]
तिमीले मात्र आगो फुक्यौ फुक्न लाउने थियो मालिक,
रापसँग पग्ली बग्यो तिमी बनेउ केवल सालिक ।
ध्रुव श्रेष्ठ,
खोटाङ वजार, हाल काठमाडौ ।
[२२]
कस्तो नाजुक समय आयो श्रावणमा नि आगो लाग्ने,
चुर्लुम्म डुबाएर अरूकै इसारामा सुटुक्क भाग्ने ।
टिकाराम पुन टिपु
सल्यान
[२३]
बालेकै हो आगो दर्क्यो ठुलो पानी,
के बल्थे चिसा दाउरा फुक्दा सानी ?
सुस्मिता अधिकारी, काठमाडौँ
[२४]
आगो मात्र फुकिरहेँ दिएन नि ताप,
जस्तोसुकै भए पनि नलागोस् है पाप ।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. – ६, दोलखा ।
[२५]
कहिलेसम्म हो अर्कालाई दोष थुपार्ने गर्छौ ?
जब काम गर्ने पालो आउँछ अनि पछि सर्छौ ।
अम्विका अधिकारी
झापा बिर्तामोड
[२६]
तेल बेसार लगाएर दिलभित्र छुन्छु,
सियो बनी पसेपछि मुसल जत्राे हुन्छु ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[२७]
आगो बाल्न किन खोज्छौ देखी देखी झास,
अवकाश लेउ बरु दिन पुग्यो खास।
बेदु न्यौपाने
काठमाडौँ
[२८]
चुलोमा दाउरा दनदनी बल्यो, दोष स्याउलाको,
रहेनन् केही टाकनटुकुन नै, गर्भका चुलाको ।
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२९]
लगाएको हो आगो कसले, निभाउने हैन ?
तिमी अब फर्किनलाई त बाटो पनि छैन ।
दुर्गा आचार्य
मोरङ
[३०]
धुनी लायौ सल्कायौ है चिसो पराल,
आलाकाँचा कलिला मन नबराल ।
प्रदीप के रिमाल
[३१]
फुकेर मात्र कहाँ हुन्छ र ? दाउरा पनि थप्नु,
चिसो होला हे भगवान, बलिदेऊ मन्त्र जप्नु।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[३२]
दाेष हाेइन तिम्राे कतै, पापी पैसा दाेषी भयाे,
मानवता तिमीबाट निस्किएर खै कता गयाे ?
निरज कोइराला इटहरी
[३३]
सम्बन्धमा आफैँ आगो लगाउने,
आखिर तिमी हौ सत्य भगाउने !
आर्त अकुलीन, कैलाली
[३४]
सबै ठुला, आफैँ मपाईँ, छैन कोही सानो,
अर्कालाई दोष दिई बन्ने आफू ओभानो ।
पद्मा पाण्डे
पथरी मोरङ
[३५]
झिल्काे फुकी मर्छ भन्ने न ठानाैँ है कहिल्यै,
सुकेकाे घुसान पाए सल्कन्छ है जहिल्यै ।
G.b. Chintan
[३६]
देश विकासमा टेवा दिन सुनको व्यापार थाले,
सरकारलाई साथ दिने राम्रा भ्रष्ट्राचारी पाले !
बिबस पारदर्शी
झापा
[३७]
खुसीका लागि रुँदा बाँकी खुसी पनि बगायाे आँसुका धाराले,
पलपल मरेकाे छ जिन्दगी कसरी बाचाैँला यस्तो पाराले ?
एस वि प्रगति
[३८]
फुकेकाे थिएँ आगाे त्याे, दुनियाँलाई देखाउन,
आफ्नै घर डडाएर, सकिन नाम लेखाउन ।
ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३९]
सबै काम गरेकै हुँ , बिधि पुर्याएर,
फेरि कसले आँखा लायो, यता आएर ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[४०]
छैन है छैन तिम्रो दोष नआत्तिएर गर,
पकाऊ पकाऊ मीठो गरी अनि पेट भर ।
प्रेम थापा “मन”बागलुङ
[४१]
चाहिँदो काममा फुक्नु छैन बेकाममा अल्झनु,
यस्ता नामर्दको पछि लागे पर्छ आफैँ बल्झनु ।
नन्दलाल आचार्य, बेलका २, उदयपुर ।
[४२]
आगो फुक्यौ धुँवा निस्कियो बल्यो आगो दन्किएर,
बेहोसीमा गयो बस्ती नै अकस्मात रन्किएर ।
चिरञ्जीवी श्रेष्ठ,
धनकुटा ।
[४३]
हाँसेर बोल थाहा छैन जीवन कहिले ढल्छ ?
सधैँ मनमुटाउले यो सम्बन्ध कसरी चल्छ ?
सञ्जना शर्मा
[४४]
घरमा आगो लगाएर, खरानी अन्तै खोज्ने,
घरकी प्यारी छोडेर त,, बाहिर अर्कै रोज्ने ।
नागेन्द्रप्रसाद यादव , दाङ
[४५]
आलाकाँचा दाउरा बाले पुतपुताउँछ धुवाँलो,
ओसिलो जमिनमा मात्र जुरमुराउँछ तुवाँलो ।
शुक्रराज कुँवर
धरान १०
[४६]
काम गर्दा दोष पाउने परम्परागत चलन,
परिश्रम गरेर सफल नहुँदा हुन्छ जलन !
रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल !
[४७]
झुप्राे जल्दा थाहा भयो ओत चाहिन्छ भनेर,
त्यहीँ बेला मित्र नि आउछन् शत्रु झैँ बनेर ।
खुनराज काेईराला
सिद्दलेक -३ गैरीगाउँ,धादिङ
[४८]
हैन हैन तिम्रो गल्ती त रतिभर हैन,
पानीमाथि ओभानो छौ कहीँ भिजेको छैन !
Indira Devkota
[४९]
आगो फुकेकै हो तिमीले, निभ्न बेर लागेन,
एकता नै बल भन्ने, जनचेतना जागेन ।
बिके मुखिया
दार्जीलिङ भारत।
[५०]
चुलो चिसो थियो र त आगो जलेन,
मन बल्यो दनदनी ज्यान बलेन ।
मन्दिरा सेढाई
मलेखु,धादिङ
[५१]
पानीमाथि बलेको दिप कसरी त्यो बल्दै बग्दै छर ?
टुक्काकार कविहरूले अहिले देखे अध्यारो घर ।
Balaram Pokharel
[५२]
सलाई काेरेर देश जलायाै,
सिद्धान्त बेचेर सत्ता चलायाै ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[५३]
भनेजस्तो सजिलो हुँदैन नि काम गर्न,
दुनियाँको मुहारमा सजिलै खुसी भर्न ।
प्रविना प्रयासी
ओखलढुंगा
[५४]
भाले सामु चल्ला किन गर्न खोज्छन् उत्पात ?
भुल्नुहुन्न कसैले पनि आआफ्नो औकात ।
बाबुराम गौतम, गुल्मी
[५५]
बाध्यता हो गरिबको मोजमस्ती मेरो,
सही बोलेपनि ठान्छ समाज अप्ठेरो।
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[५६]
राम्राे हाेस् भनेर सकेसम्म मिहिनेत हो मैले गरेकै,
बिरानी पारेर सबैथाेक परपर हो तिमी सरेकै ।
उर्मिला के.शी.
धनकुटा
[५७]
लाग्दैन बिझाए झैँ आफ्नाे, कहाँ देखिन्छ र दाेष,
देखाउने त अरूमाथि मात्र हो प्रचण्ड रोष ।
पुष्पा राई
बादेल,खाेटाङ।
[५८]
गर्नु काेसिस गरेकै थिएँ राम्रो गर्छु भनेर,
बुढेसकाल लागिसक्यो बसी छु दिन गनेर ।
शोभा अर्याल