
साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा बर्तमान संयोजक राजेन्द्र अर्यालले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले संघको अक्टोबरमा हुने २०२३–२०२५कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २३/२५ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजक र हाल संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।
क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै ६ बूँदे प्रतिबद्धता पनि जारी गरेका छन्।
