पञ्चाङ्ग चित्रपट भाग- ४४

  • २६ भाद्र २०८०, मंगलवार ०७:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चवालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०५/२१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४४[ चवालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~

    पञ्चाङ्ग:०१
    तिमीसँग पवित्र माया लगाएर बसे म।
    आएका समस्या सारा भगाएर बसे म।
    हामी दुईको प्रेम अमर बनाउन मैले,
    तिमी प्रति सधैं भक्ति जगाएर बसे म।
    तिम्रो साथ हुन आँसु बगाएर बसे म।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    माटो र ढुङ्गो जस्तो बलियो भर बन्नु छ।
    सुनामीले नि नबगाउने घर बन्नु छ।
    जैविक होइन प्यार आत्मिक खोजेको हो,
    तिम्रो नामको पछाडि मेरो थर बन्नु छ।
    राधाकृष्णको प्रेम जस्तो अ मर बन्नु छ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३

    जीवन चलाउन प्रेमकाे जाेडी बन्नु पर्छ
    प्रेमी दुबैले मनकाे सबै कुरा भन्नु पर्छ
    जाेडी यस्ताे हुनु पर्छ जस्तै राधाकृष्णकाे झैँ
    जाेडी बन्नलाई मिलनका दिन गन्नु पर्छ
    प्रेम गर्न सजिलाे छैन खेत झैं खन्नु पर्छ

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०४
    प्रेमी जोडी राम्रो बन्न सक्नु पर्छ।
    तिम्रो राधा प्यारी भन्न सक्नु पर्छ।
    जोडी बनोस् त राधा र कृष्ण जस्तो,
    विरोधीलाई त खन्न सक्नु पर्छ।
    जोडी बन्ने दिन गन्न सक्नु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग :०५

    आयौं कृष्ण द्वापरमा केही गर्न भनी ।
    पापिष्ठकाे संघारले भू भार हर्न भनी।
    दुष्ट आत्मा कंस थियो मारी दियौ यहाँ ,
    सज्जनकाे रक्षा गर्दै धर्म छर्न भनी।
    हटाउँदै दुर्गन्ध सुवास भर्न भनी ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    राधा र कृष्णको जस्तो प्रीत होस्।
    माया गर्नेको सॅधै नै जीत होस्।
    पापी छ दुनियाॅ क्यै भर हुन्न,
    सक्कली माया गर्दिने रीत होस्।
    जुगौॅ जुग बज्ने बज्ने गीत होस्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०७
    तिमीसंग पबित्र माया लगाएर बिर्से मैले।
    समान भाव ग्वालिनिमा जगाएर बिर्से मैले।
    जसरी पनि चर्चा हाम्रो प्रेमको छ राधा यहाँ ,
    प्रेम जीवन सार ध्वनी बगाएर बिर्से मैले।
    धर्म रक्षामा पापीलाई भगाएर बिर्से मैले।
    सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग :०७
    अक्षर-१६

    कृष्ण आएका द्वापरमा केही गर्छु भनेर।
    पापिष्ठकाे संघारले भू भार हर्छु भनेर।
    कंसमामा त्यो दुष्टलाई मारीदियौ तिमीले,
    सज्जनकाे रक्षा गर्दै म धर्म भर्छु भनेर ।
    कुरिती यो हटाउँदै सुवास छर्छु भनेर ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    भगवान कृष्णले जस्तै बासुरी समाउनु पर्छ।
    बाहिर जेसुकै होस् न भित्र आफैं रमाउनु पर्छ।
    बाँसुरीले दिन्छ मिठो सङ्गीत आनन्द अनि शान्ति,
    यसलाई अन्तर्मनमा सधैं नै जमाउनु पर्छ।
    यसरी जमेको धुन सबैलाई थमाउनु पर्छ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१०
    बाँसुरीकाे मिठाे धुन सुनेर लठ्ठै पर्छाैँ हामी।
    सेवा भक्ति भावले तिम्लाई मनमा भर्छाैँ हामी।
    तिम्रो लिला अपार नामनै जपेर नसकिने,
    हरे कृष्ण भन्दै तिम्रै नाम पुकार्दै तर्छाैँ हामी।
    गर्न परे सेवा जे परे पनि अघि सर्छाैँ हामी।

    उर्मिला के.शी .
    धनकुटा !

    पञ्चाङ्ग:११
    विसङ्गति विकृति हटाउन आउ कृष्ण।
    कलियुगमा कल्किमाथी चाँडै धाउ कृष्ण।
    अत्याचार कुसंस्कार ले आगो बली सक्यो,
    नेपालीका मनमुटु सबैमा छाउ कृष्ण ।
    सुधामा जस्तै भक्तहरू साथ लाउ कृष्ण।

               बेदु न्यौपाने 
                    काठमाडौँ ❤️

    पञ्चाङ्ग:१२

    श्रीकृष्ण अब पार लगाउ तिमी ।
    दुष्टलाई सबै चाडै भगाउ तिमी ।
    धर्तीमा दानवको चाप धेरै भो,
    जसरि हुन्छ शक्ति मगाउ तिमी।
    भक्तजनमा आश जगाउ तिमी।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:१३

    गोविन्द नाम छ हरिको श्री कृष्ण देव।
    यो विश्व धाम छ हरिको श्री कृष्ण देव।
    रक्षा हुने जगतको र हुने भलाई,
    संसार काम छ हरिको श्री कृष्ण देव।
    सिता र राम छ हरिको श्री कृष्ण देव ॥

                गुणनिधि घिमिरे अमेरिका

    Leave a Reply