
नेपाली राजदूतावास रियाद र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा आयोजित
“श्रमिक समस्या समाधानमा नेपाली राजदुताबास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

साउदी अरबको रियाद स्थित होटल डेमोरामा १ सेप्टेम्बर २०२३ शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत श्री नवराज सुवेदी ज्यु र कार्यक्रमको अध्यक्षतामा एनआरएनए आरसीसी रियादका अध्यक्ष श्री महेश घिमिरे ज्यु रहनु भएको थियो।

आरसिसि रियाद कार्यसमितिका पदाधिकारीहरु , एनआरएनए आईसीसी सदस्य श्री दिपक रेग्मी , एनआरएनए एनसिसी उपाध्यक्ष श्री हेम सुबेदी ,नेपाली दूतावासका श्रम काउन्सेलर श्री देवेन्द्र कार्की,द्वितीय सचिव श्री टिकाराम उपाध्याय, श्री सरोज चन्द्र अधिकारी,श्री धर्म राज तिमिल्सिना र श्री राम पुनित यादवका साथै साउदी अरबमा क्रियाशील संघ संस्थाका विभिन्न तह र ओहदाका पदाधिकारीहरू, समाजसेवी मिडियाकर्मी सबैको संयुक्त उपस्थितिमा श्रमिकहरुको समस्या समाधान बारे अन्तरक्रिया भएको थियो।

उक्त कार्यक्रममा राजदूताबासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंक सम्बन्धी जानकारी, ब्लड मनी सम्बन्धि व्यवस्थाको जानकारी,कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको जानकारी, साउदी अरबमा आप्रवासी नेपालीहरूको तथ्यांक,
गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयगत बिषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र राजदुताबासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले प्रोजेक्टर मार्फत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा आगामी दिनमा साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जानकारी दिनु भएको थियो ।

