
समर्पण रम्जान
साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्धा द्वारा १९ जुन २०२३ मा दुर्गा बहादुर सुनारलाई उद्दारार्थ लागि ठूलो रासी ४५ हजार रियल आवस्यक परेको र समस्त नेपालीहरुसित सहयोगको लागी गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबद्वारा संकलित रकम सा. रि. १५,८१७.०० (साउदी रियाल पन्ध्र हजार आठ सय सत्र मात्र) नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरेको छ |
संकलित रकम हस्तान्तरण गरिएको कुरा एनआरएनए एनसिसि साउदी अरबले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराएको छ ।
संघले सुनार उद्दारका लागि रकम संकलनका अभियान संचालन गर्दै आफ्नो मातहतका रहेका ४ क्षेत्रिय समन्वय समितिहरुबाट, आफ्ना केन्द्रिय सदस्यहरूबाट तथा नेपाली जनसमुदायहरु सँगको समन्वयमा दुर्गा बहादुर सुनारको उद्दारका लागि उक्त सहयोग रकम संकलन गरिएको जनाएको छ ।
रकम संकलन अभियानमा जोडिएका सम्पुर्ण संघका पदाधिकारीहरु, सहयोगी मनका धनी तथा दानवीर दाताहरु, अपिल पश्चात् अभियान संचालन गरी सहयोग रकम संकलन गरएका विभिन्न संघ संस्थाहरु एवम् समाजसेवी तथा सहयोगी दाताहरुप्रति एनआरएन एनसीसी साउदी अरब धन्यवाद ज्ञापन गरेको छ I
साथ साथै सुनारको उद्धारको प्रक्रियालाई अगाडी बढाइ आवास्यक सहयोग रकम संकलन गर्न सफल भएकोमा नेपाली महावाणिज्यदूतावास जेद्धाका लागि कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल तथा नेपाली महावाणिज्यदूतावास जेद्धा परिवार प्रति पनि एनआरएनए साउदीले बिशेष धन्यवाद दिनुको साथै आभार व्यक्त गरेको छ I