एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार ०७:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Leave a Reply