अल कासिममा संचालित दुई दिने राहदानी नविकरण घुम्ती सेवाबाट ५४४ जनाले लिए सेवा

  • ७ आश्विन २०८०, आईतवार २०:३२ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा गत  २०२३ सेप्टेम्वर २२ गते शुक्रवार र २३ गते शनिवार साउदी अरबको अलकासिम शहरमा आयोजित दुई दिने
    राहदानी नवीकरण घुम्ती सेवा बाट ५४४ जनाले सेवा लिएका छन् । राहदानी नवीकरण सेवा सेप्टेम्वर २२ गते शुक्रवार बिहान ७:०० बजे देखी बेलुकी ६ः०० बजेसम्म र २३ गते शनिवार बिहान ७ बजे देखी दिउँसो  १२ बजे दिएको थियो ।

    उक्त राहदानी नविकरणको घुम्ती सेवा प्रदान गर्नका लागि नेपाली  दूतावास रियादका द्धितिय सचिव भुपेन्द्र प्रसाद घिमीरेको नेतृत्वमा,  द्धितिय सचिव कमल कुंवर, स्थानिय कर्मचारीहरु डेबिड महर्जन, अजय दंगाल, हेमन्त आचार्य, पवन न्यौपाने, अब्दुल्ला राई आएका थिए भने यसलाई ब्यबस्थित तवरले सम्पन्न गराउन गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिशाल कुमार श्रेष्ठ, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष मनिष कोइराला, सचिव धु्र्ब कटुवाल, सदस्य धर्मेन्द्र कार्की, आरसीसी अलकासिम प्रमुख सल्लाहकार राज कुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष कृष्ण अधिकारी, बरिष्ठ-उपाध्यक्ष काजीमान कन्दवा, उपाध्यक्ष बिनोद खड्का लगायत सम्पूर्ण आरसीसी टिमद्वारा सहयोग गरिएको आरसिसी कासिमका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी गराए  !

    घुम्ती सेवा कार्यक्रममा सेवा लिनका लागी अलकासिम लगयात आसपासका क्षेत्रहरू अनैजा, हायल, जुल्फी, आसपास रहेका बिभिन्न कम्पनिमा कार्यरत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको श्रेष्ठले जनाए ।
    राहदानी नविकरणको लागी आवश्यक चाहिने Pre-enrollment अनलाइन फाराम सेवाग्राही आफैले भरेर उपस्थित हुनु पर्ने भएकोले  एनआरएनएका पदाधिकारीहरुले करिब ४५० जना श्रमिकहरुको Pre enrollment अनलाइन फाराम निःशुल्क रुपमा भरी सहयोग गरेका थिए ।


    राहदानी नविकरण गर्न रियाद राजदूतावास धाउनु पर्ने बाध्यता र खर्चिलो यात्रा गर्नु नपरी आफ्नै सहरमा राहदानी नवीकरण गर्न पाएकोमा सेवाग्राहिहरु खुशी हुँदै  नेपाली राजदूतावास रियाद र  आरएनएकर्मी अल कासिमको साथीहरुको आत्मिय र निस्वार्थ सेवा भावबाट निकै प्रभवित भएको जनाउदै धन्यवाद दिएका थिए ।


        सेवा भावले  अलकासिम आएर अहोरात्र रुपमा  नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा अलकासिममा रहनु हुने सम्पुर्ण एनआरएन कर्मीहरुलाई एनआरएनए अल कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

    Leave a Reply