
समर्पण रम्जान
१२ भदौ २०८०, मकुन्डाँडाँ ! सिरानचोक गाउँपालिका-३ गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० का दिन १९ सदस्यीय कार्यसमितिको चयन गर्दै आफ्नो प्रथम साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष सफि महमद मियाँको सभापतित्वमा सचिब मुहम्मद रफि मियाँ र समर्पण रम्जान दिन मियाँद्वारा संचालित सिरानचोक गाउँपालिका-३ बयापानी स्थित ठुलागाउँ जामे मस्जिदको प्राङ्गणमा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समाजसेवी अब्दुल सत्तारले प्रमुख अतिथीको आशन ग्रहण गर्नु भएको थियो । बिशिस्ट अतिथीहरुमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी सलाउदिन मियाँ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रिता देबकोटा, बिशेष अतिथीहरुमा सिरानचोक गाउँपालिका- ३ का वडा अध्यक्ष जगदिश्वर ढकाल, नेकपा एमालेका युवा नेता अब्दुस मियाँ र अतिथीहरुमा नेपाली काङ्ग्रेसको वडा सभापति बल बहादुर खत्री, सिरानचोक गाउँपालिका-३ का निबर्तमान वडा अध्यक्ष वीर बहादुर थापा, वडा सदस्य निजामुदिन मियाँ, सल्लाहकार तथा गाउँपालिका अधिकृत अहमद दिन मियाँ, गाउँपालिका-३ का निबर्तमान वडा सदस्य टोपबहादुर बोगटी, एमाले का ३ न. वडा कमिटी अध्यक्ष मोहन बहादुर बोगटी, पुर्व कार्यपालिका सदस्य योगेन्द्र रसाइली, वडा सदस्य युद्ध बिलास घिमिरे, समाजसेवी इस्लामदिन मियाँ, कृष्ण घिमिरे, नेपाल शिक्षक संघका प्रतिनिधि रामचन्द्र सापकोटा, शिखरजोति प्रा.वि. का रामचन्द्र थापा,चम्पावती मा वि का रमेश पराजुली, रबिन्द्र अधिकारी, वडा सदस्य रुमाया गुरुङ, सीता सुनार हरुले आसनग्रहण गरेका थिए ।
ठुलागाउँ जामे मस्जिदका हाफिज अलाउदिन मियाँले कुरानको केही अंसको पाठ गर्नुको साथै संस्थाको परिचय दिदैं सुरु भएको कार्यक्रममा समर्पण रम्जान दिन मियाँले स्वागत मन्तव्य दिएका थिए भने साजिद मियाँले संस्थाको कार्ययोजना प्रस्तुत गरेका थिए ।
उद्घाटन र बन्दसत्र गरि दुई चरणमा सुरु गरिएको उक्त कार्यक्रममा उपस्थित अतिथी, बिशेष अतिथी, बिशिस्ट अतिथी हरुको मन्तव्य सकिए सँगै पहिलो चरणको उद्घाटन समारोह कार्यक्रमका समापन भएको थिए ।
उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकामा अबस्थित मुस्लिम तथा गैर मुस्लिम ( करिब १३० जना ) जनताहरुको बाक्लो उपस्थिति रहेको थियो । अतिथीहरुले कार्यक्रममा बोल्दै गर्दा सिरानचोक मुस्लिम समाजको यो पहिलो साधारणसभा ऐतिहासिक रहेको र यस कार्यक्रममा उपस्थित भएर आफ्नो मन्तव्य राख्न पाउँदा खुशी व्यक्त गरेका थिए । साथै सबै मुस्लिम समुदाय एकत्रित भएर अगाडी बड्नु पर्ने र यस समाज समुदायलाइ आवस्यक पर्ने कुनै पनि कुराको लागि पहिले पनि सहयोग गर्दै आएको र भबिस्यमा पनि आफुहरुले सहयोग गर्ने कुरा अतिथीगणहरु बिशेष गरि गाउँपालिका प्रमुख,उपप्रमुख तथा वडाका अध्यक्ष साथै अन्य जन प्रतिनिधिहरुले जानकारी गराए ।
शुभकामना मन्तव्यमा बोल्दै प्रमुख अतिथी अब्दुल सत्तार तथा बिशिस्ट अतिथी सलाउदिन मियाँले आफू जन्मेको गाउँ ठाउँमा युवाहरुले संस्था स्थापना गरेकोमा प्रसंसा र खुशी व्यक्त गर्नुको साथै धन्यवाद तथा बधाइ दिदैँ आगामी दिनहरुमा संस्थाको प्रगतिको कामना सहित गाउँ समुदायको बिकासका लागि आफुहरु जुनसुकै अबस्थामा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । साथै सिरानचोक गाउँ पालिका भित्र रहेका सम्पुर्ण मुस्लिम समुदायको उत्थानका लागि सबैजना एकीकृत भएर हरेक क्षेत्रमा अगाडी बढ्न पनि सुझाब दिएका थिए । मन्तव्य कै क्रममा प्रमुख अतिथी अब्दुल सत्तारबाट संस्थालाई ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
अतिथीगणहरुको शुभकामना मन्तव्य सकिए सँगै उद्घाटन समारोह समापन गर्ने क्रममा सभापति सफि महमद मियाँ ले आफ्नो गैर राजनीतिक, गैर नफामुलक, नितान्त सामाजिक सेवाका लागि भर्खरै स्थापित यो सिरानचोक मुस्लिम समाजलाइ हरेक पाइलामा सहयोग गर्न सबै प्रमुख, बिशिस्ट, बिशेष तथा अन्य अतिथीहरुलाइ, स्थानीय तहका जन प्रतिनिधिहरुलाइ, उपस्थित समुदायका सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाइ विनम्र अनुरोध गरेका थिए । सभापति मियाँले संस्था स्थापना देखि प्रथम साधारणसभा सम्पन्न गराउनका लागि हरदिन खटिनुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरु, कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथीहरु,तथा बा-आमा,दाजुभाइ दिदिबहिनीहरु सबैलाई लाइ विशेष धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम समापान गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा कार्यक्रम संचालक समर्पण रम्जान दिन मियाँले निव निर्वाचित कार्यसमितिहरुको पदिय जिम्मेवारी सहित १९ सदस्यीय पदाधिकारी हरुको नाम घोषणा गरेका थिए ।
प्रथम साधारणसभाबाट अध्यक्षमा सफि महमद उपाध्यक्षमा आएसा खातुन, सचिबमा मुहम्मद रफि मियाँ , सह सचिबमा साजिद मियाँ, कोषाध्यक्षमा तस्बिरा मियाँ , सह कोषाध्यक्षमा जमल दिन मियाँ, सदस्यहरूमा अलाउदिन मियाँ, समिम मियाँ, अमिन दिन मियाँ , मुहम्मद सरिफ मियाँ , मदिना मियाँ, अप्सना खातुन, अफ्जल हुसेन, सलिम मियाँ , नातिकाजी मियाँ , अब्दुल अजिज मियाँ, मुहम्मद सिद्दिक , इमामुदिन मियाँ, चयन भएका छन ।
नव निर्वाचित पदाधिकारीहरुलाइ बिशिस्ट अतिथी सलाउदिन मियाँले खादा लगाइ सम्मान गर्नुको साथै सपद ग्रहण गराइ नव निर्वाचित कार्यसमितिको टिमलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
यसका सँगसगै कार्यक्रम समापन भएको थियो ।



