साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४०

  • ३० श्रावण २०८०, मंगलवार २२:१६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०४/ २५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४०[ चालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~

    पञ्चाङ्ग:०१
    सुकेकाे बाली छातीमा टाँसु हुन्छ।
    चिरा परेकाे जमिन गाँसु हुन्छ।
    मिहिनेत गर्ने ठाउँ छैन यहाँ ,
    कतै हाड कतै कतै मासु हुन्छ।
    जताततै किसानकाे आँसु हुन्छ।

    सुशीला पाैडेल

    पञ्चाङ्ग::०२
    अब किसानको भाग्य फुट्यो पानी नपर्दा।
    वर्षदिन खाने खेती छुट्यो पानी नपर्दा।
    कतै अविरल वर्षा ,कतै खडेरी पर्यो,
    रोपेको धान घामले लुट्यो पानी नपर्दा।
    गरि खान खोज्दा मन टुट्यो पानी नपर्दा।

    ह्यारिस

    पञ्चाङ्ग:०३
    फाट्दैछ यो धर्ती पनि चरर आमा हेर त।
    खादैछ पिडाले किन करर आमा हेर त।
    भागौँ कहाँ भाग्नु सिरै माथि कालछ कसरी ,
    आँसु देखिन्छन् सबैका धरर आमा हेर त।
    धर्ती संगै रुदैछु म बरर आमा हेर त।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    बाली नाली सुख्ने भयो खेत फुटेको छ हेर ।
    किसानको दु:ख यी नेताले लुटेको छ हेर ।
    मलजल छैन नदि बगेको हेर्छ नेताले ,
    भाग्यले साथ दिएन कति कुटेको छ हेर ।
    किसानको किस्मत सदैव चुटेको छ हेर ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    पाल्पा।

    पञ्चाङ्ग:०५
    पानी नपरेर खेत फुट्यो किसानको भाग्य फुट्यो हजुर।
    त्यो झरिले घरखेत बगि किसानको जम्मै लुट्यो हजुर।
    खोला सुक्यो नदि सुक्यो फाँडेर बन जङ्गल पनि सकियो,
    विकासको सट्टा विनासको कुबुद्धिले कुट्नु कुट्यो हजुर।
    राहतको बिलले किसान बाको ढाड चुट्नु चुट्यो हजुर

    टिकाराम पुन टिपु
    सल्यान

    पञ्चाङ्ग:०६

    कतै अविरल बर्षा छ धर्तीमा पानी पानी भाे।
    बाटो छाडि उर्लेकी उही बर्षे सानीकाे खानी भाे ।
    कही टाट पल्टेछ खेत, राेपाे सबै सुकिसक्यो ,
    सरकार झुट्टाे भाषण दिन नामुद दानी भाे ।
    मल, बिउ ,पानी नहुँदा खेतीमा ठुलो हानि भाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७
    देशमा जे जे तन्त्र आए पनि किसानको हाल उहि छ।
    शैली मात्रै फरक भयो सामन्ती सत्ताको चाल उहि छ।
    समृद्ध नेपाल सुखी नेपाली भाषण मात्रै जोत्छन् नेता,
    नदीनाला त बेचिखाए किसानको भने ताल उहि छ।
    किसानलाई सधैं दुख दिइरहने दलाल उहि छ।

    पशपति राई
    खोटाङ ।

    पञ्चाङ्ग:०८
    धान फल्ने गराहरु खडेरीले चर्चरी फुटेकाे छ।
    दैवले पनि किन हाेला किसानलाई नै लुटेकाे छ।
    खै केही भएन खान,अन्न बालीनै नफलेपछी त,
    बर्षामा असिनाले पनि चुट्न सम्मपाे चुटेकाे छ।
    दुखी बनायाे भाग्यले यहाँ कुट्न सम्म कुटेकाे छ।

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:०९
    कसरी परिवार पाल्ने ? चिन्ता लागेको छ ।
    अब कस्तो कदम चाल्ने ? चिन्ता लागेको छ ।
    बाहिर खेत, भित्र मन, परेको छ चिरा,
    साहुँको ऋण केले फाल्ने ? चिन्ता लागेको छ ।
    फाटेको लुगा केले टाल्ने ? चिन्ता लागेको छ ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    One thought on “साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४०

    Leave a Reply