
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
कृषि
उन्नत प्रविधि
देखियो अमूल्य निधि !
- वसन्त अनुभव
[२]
प्रविधि
प्रयोग किसानको
बढदैछ परम्परा शानको ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[३]
युवा
तरे पारी
वृद्धवृद्धा जाेत्दै बारी ! - भवानी घिमिरे, सर्लाही
[४]
गतिविधि
रुन्छ मन
हेर्दा देशको स्थिति ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[५]
खेती
मिलेर गरेमा
असम्भव नहुने त्यती ! - सरिता सेढाइ, धादिङ
[६]
किसानी
भएन पुस्तान्तरण
पर्दा अर्काको शरण ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[७]
क्रान्ति
कृषिमा आधुनिक
गोरु राँगा विस्थापित ! - तेजप्रसाद खनाल
लमही, दाङ
[८]
गाउँ
युवाको अभाव
मनमा कृषिको प्यार ! - सुरेशकुमार पाण्डे
[९]
प्रविधि
एकादेशको कथा
दुरदराजका चोटिला व्याथा ! - मन्दिरा सेढाई
मलेखु, धादिङ
[१०]
विडम्बना
छोराछोरी परदेश
कृषिप्रधान देशको वेदना ! - पृथक प्रकृति, झापा
[११]
खेती
मानिसको काम
कठिन खानलाई माम ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[१२]
कृषि
देशको ढाड
पिलाउँछ सबैलाई माड ! - तोयानाथ चापागाईं
दमक, झापा, नेपाल
[१३]
देश
अझै अन्धकारमय
तस्विर बोल्छ नभए ! - अमृत सुवेदी, रूपा सात, कास्की
[१४]
कृषि
आधुनिक प्रविधि
चौतर्फी देशको समृद्धि ! - आर्त अकुलीन, कैलाली
[१५]
युवा
पसिना खाडीमा
वृद्धावस्था विजाेग बारीमा ! - प्रद्युम्न चालिसे, भक्तपुर
[१६]
प्रविधि
भए जाती
हलो जोत्ने साथी ! - चक्र शाही, कैलाली
[१७]
प्रविधि
आधुनिक चमत्कार
कृषिमा ठूलो उपलब्धि ! - साहित्य प्रेमी सलिन
[१८]
काम
जुटाउनलाई माम
गर्नुपर्छ आउँछ परिणाम ! - जमुना आचार्य, सिन्धुपाल्चोक
[१९]
गोरु
मान्छे गोरु
भयो अधिकारवाला गोरु ! - लक्ष्मी रिजाल, सप्तरी
[२०]
किसानी
विवशतामै ठट्यौँली
नेपाली अनुपम नमूना ! - एस बी देशभक्त, लमही
[२१]
किसान
खनजाेत खेतबारी
माटाेमा अन्नपात उब्जाउँदै ! - श्रद्धा आचार्य, पोखरा
[२२]
प्रविधि
अहिलेको माग
खेतबारी जोत्ने साधन ! - बेदु न्यौपाने, काठमाडौँ
[२३]
कृषि
अनौठो प्रविधि
पुरुषले महिला जोत्ने ! - त्रिलोक रामदम
[२४]
परिस्थिति
एउटा व्यङ्ग्य
बुझ्दैन अधोगतिको सरकार ! - प्रेम थापा “मन”, बागलुङ
[२५]
कृषक
मेहनत खेतीबारीमा
गुलाम अर्काको इशारामा ! - डुकछिरिङ लेपचा
मिरिक, भारत
[२६]
कृषि
बेलामा मेहनत
उब्जनिको गुजारामा परिवार ! - दुर्गा आचार्य, मोरङ
[२७]
परिश्रम
समृद्धिमा परम
निकाली सारा भ्रम ! - टिकाराम पुन टिपु, सल्यान
[२८]
निकास
नहुने अनुदान
कृषिमा व्यक्तिगत विकास ! - बिके माकाजु
[२९]
लोकतन्त्र
कृषिमा क्रान्ति
भ्यागुताको विवाहमा जन्ती ! - पशपति राई, खोटाङ
[३०]
खेती
पौराणिक प्रविधि
अझैसम्म नेपालीको गतिविधि ! - दुर्गा भमरकोटे, काठमाडौँ
[३१]
कृषि
अमुल्य खेती
मेहनत ज्यादै मात्रा ! - योगेन्द्र भट्टराई, खोटाङ
[३२]
अनौठाे
नारीकाे शाेषण
अरूकाे उदर भरण ! - नवराज भट्ट, कञ्चनपुर
[३३]
दुर्दशा
उन्नत कृषिको
अभियान मानव क्रान्तिको ! - कमला देवकोटा, पाल्पा
[३४]
सहकार्य
महिलाको जीवन
सङ्घर्षसँगै रहेको धैर्य ! - सरस्वती वली
बर्दिया, नेपाल
[३५]
किसान
आफैँ जोतिने
अनि अरूलाई जोताउने ! - घनश्याम पौडेल, पोखरा
[३६]
गृहलक्ष्मी
नारिएका गोरु
परम्परित संस्कारको पुनरावृत्ति ! - कण्ठराज गिरी, काठमाण्डु
[३७]
भाषण
कुरा ठुल्ठुला
कृषिमा देशको अवस्था ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[३८]
कर्म
साँढेकाे जुधाइ
मियाेविनाकाे उही रचाइ ! - राेशन पराजुली, धरान
[३९]
पिरलो
बौद्धिक पलायनको
धान्दै वृद्धहरू थातथलो ! - देवकी केसी
[४०]
प्रविधि
छन् सस्तै
दुःख जादैन कतै ! - शोभा आचार्य गौतम, काठमाडौँ
[४१]
प्रविधि
नासिँदै गोरु
हलो तान्दै नारी ! - इन्दिरा देवकोटा
कपिलवस्तु नपा-३
[४२]
कागजी
कृषि क्रान्ति
सपना पाँचतारे खानाको ! - टीकाराम जाेशी, इमाडाेल
[४३]
प्रविधि
एक गोरुले
दुई गाई जोतेको ! - धनमाया चौधरी, कैलाली
[४४]
परिवार
मिल्यौँ हामी
जोत्यौँ बाँझो पनि ! - मङ्गला उपाध्याय, बारा
[४५]
उद्यमी
कृषिप्रधान देश
शताब्दीकै लज्जास्पद परिवेश ! - तोया घिमिरे
शङ्खमुल, काठमाडौँ
[४६]
युवा
विदेश पलायन
भर महिला वृद्धको ! - रामप्रसाद दाहाल, सुर्खेत
[४७]
दुःख
बेरोजगारी समस्या
किसानको नाजुक अबस्थामा - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[४८]
कृषि
अनौठो प्रविधि
आवश्यक एक नीति ! - मिलन के.सी., पोखरा
[४९]
हलो
नरको हातमा
गोरु बनेका नारी ! - सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा, हाल: बर्दिया
[५०]
कृषि
नयाँ प्रविधि
यसैमा निर्भरताको गतिविधि ! - दुर्गा भट्टराई, मोरङ
[५१]
कृषि
दु:ख झेल्नुपर्ने
दुई छाक टार्न ! - उर्मिला के.सी., धनकुटा
[५२]
कली
आइमाईको बली
बैरागी काले हली ! - जमुना कायस्थ, पोखरा
[५३]
सन्तान
परको बास
बाँच्ने बुढाबुढीको आस ! - कविता आचार्य
[५४]
कृषि
बेलामा मेहनत
उब्जनिको गुजारामा परिवार ! - दुर्गा आचार्य, मोरङ
[५५]
युवा
खाडी समुद्रपारि
बा जोत्दै बारी ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५६]
बाध्यता
गाउँले जीवन
छिट्टो परिवर्तनको आवश्यकता ! - नारायण कोइराला
तानसेन, पाल्पा
[५७]
किसान
माटोको सहकार्य वैज्ञानिक प्रविधिको अन्यौल ! – – चेतराज जैशी
कैलाली, हाल: UAE
[५८]
नारी
प्रविधिको खाेजीमा
कृषि क्रान्तिकाे सन्देश ! - राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[५९]
किसानी
रह्यो निसानी
अचेल स्त्री पिसानी ! - अच्युत घिमिरे, सरपाङ, भुटान
[६०]
पुरातन
कृषि प्रणाली
परम्परागत शैलीकाे जतन ! - केशव प्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा
[६१]
महामारी
बाँझो खेतबारी
गोरुको सट्टा नारी ! - जिज्ञासु पन्त, लमजुङ