पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ५६

  • ३२ श्रावण २०८०, बिहीबार ०७:४६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छपन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५६ (छपन्नौं)——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०४/२८गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………

    पञ्चाङ्ग:०१
    सागरबाट   माेतीहरू  टिपी  ल्याउ  भन्दिन म।
    बाली बगैँचा मास्न अरूकाे आँगन खन्दिन म।
    आफ्नै खुशीले जिउनु परेकाे छ जिन्दगी आफैं,
    तिमीले  दिएका   चाेटहरु  औंलामा गन्दिन म।
    भावनासँग  खेल्ने  कसैकाे  खेलाैना बन्दिन म।

    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    स्वस्थ्य हावा खाउँ सरर खुल्ला ठाउँमा।
    झण्डा   फहराउँ फरर खुल्ला ठाउँमा।
    गौरवान्वित हामी त   हुनुमा नेपाली,
    मातृभाषा हुन्न खरर खुल्ला ठाउँमा।
    कर्मका पसिना तरर खुल्ला ठाउँमा।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग :०३ 
    आफ्नै बुढीसँग भएको भेटले धोका दियो।
    आउँछु भन्दाभन्दै पनि गेटले धोका दियो।
    त्यस्तो विशेष केही थिएन जाबो जिन्दगीमा,
    भएको एउटा यै पापी पेटले धोका दियो ।
    म्यासेन्जरमा बोल्छु भन्दा नेटले धोका दियो ।

    पञ्चाङ्ग:०४
    हिरा मोती सुन चाँदी सबै नै चिन्दो रहेछ।
    जता फूल छ त्यही बाटो मात्रै हिन्दो रहेछ।
    साहित्यको समूहमा भिड जम्मा पारी पारी,
    कसलाई दिने हो पुरस्कार छिन्दो रहेछ ।
    धनी रावणले सुनको लङ्का किन्दो रहेछ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०५
    हरेक पल सिकाउदा पनि समय भन्दा जान्ने भयो मान्छे।
    समयले दिएको सिङले समयलाई नै पो हान्ने भयो मान्छे।
    समय नै मान्छेको अचुक गुरु हो भन्ने ज्ञान लिन नसक्दा,
    अहंकारी भएर आफुलाइ नै सर्वेसर्वा  ठान्ने भयो मान्छे।
    आखिरमा अहंकार बढेर आफैंलाई नै बान्ने भयो मान्छे।

    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    रातमा जून झरेन भने।
    बर्खामा पानी परेन भने।
    गरौँ  है हिम्मत अघि बढ्ने,
    भाग्यको लेखा टरेन भने।
    दैवले सास हरेन भने ।

    प्रभा

    पञ्चाङ्ग:०७
    शिवको पूजा गर्नु पर्छ।
    दुखीको पेट भर्नु पर्छ।
    विश्वास ठूलो हो सबैको,
    ज्ञानको ज्योति छर्नु पर्छ।
    पीडा सबैको हर्नु पर्छ।

    ह्यारिस।

    पञ्चाङ्ग:०८
    हिजो  बनाउँछु सिंङ्गापुर भन्ने तिमी भयौं  ।
    कुराले त आकाश पाताल खन्ने तिमी भयौं ।
    दिनदिनै कुरा फेर्छाै के हुने सुरमा यहाँ ?
    आज सुन, सयौं ताेला गन्ने तिमी भयौं ।
    कुकर्ममा लागि  कुख्यात जन्ने तिमी भयौँ ।

    प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०९ (अक्षर-२१)
    विश्वास किन पाइदैन व्यावहार गरेर जाँच्न मन छ ।
    कहिल्यै छुटो बोल्नु नपरोस् साँचो नै बोलेर बाँच्न मन छ।
    वास्तविक मन बुझ्ने कोही नहुने यो लोकमा किन होला ?
    पीर व्याथाका तमसुक च्यातेर छम छम नाच्न मन छ।
    निष्ठुरीहरुको बैगुणलाई तिरेर गुण साँच्न मन छ।

    दुर्गा आचार्य
    मोरङ

    समपञ्चाङ्ग:०१
    विदेशीन  बाध्य  बनाई  रेलायो   युवालाई
    आजभोलि भनेर साच्चै खेलायो युवालाई
    रेमिटान्स चाहिन्छ  नेतालाई तलब  बाँड्न
    भत्ता खाने  सत्ताधारीले जेलायो युवालाई
    जोखिम  गर्नेलाई  कति  पेलायो युवालाई ।

    विदेश  पठाउन   भन्दै   केलायो युवालाई
    पैसा जग्गा धितो राखेर  ठेलायो युवालाई
    निर्धन युवा युवती जाने गर्छन्  खाडिमा नै
    राहदानी  लिएर  कति  झेलायो  युवालाई
    झुटो बोली-बोली  सदैव बेलायो युवालाई ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    पञ्चाङ्ग:१०
    केही पाउने आशामा म कुरिरहेको बेलामा।
    सबैतिरको  तालमेल   जुरिरहेको   बेलामा।
    कताको होला पूर्व पश्चिम भन्दै सोधी बसेछु,
    घरको  लगाउन  बाँकी   धुरीरहेको बेलामा।
    समीप  आइ  गोरेटोको   दूरीरहेको बेलामा।

    जमुना आचार्य

    पञ्चाङ्ग:११
    परिश्रम नगरी फल्दैन  केही।
    सुझबुझ नभई चल्दैन केही।
    असजिलो रहेछ जीवन काट्न।
    चकमक नपारी बल्दैन केही।
    नबलेमा अगेको गल्दैन केही।

    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:१२
    हिजो थिएँ अाज छु भोलि रहन्न।
    मेरो हो भन्दाभन्दै चोली रहन्न।
    अहंकार किन ? बाँच्न दुई दिन,
    मरेपछि कसैको  बोली रहन्न।
    घाट सम्म लैजाने डोली रहन्न।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:१३
    किन अाज याे मन भाग्यो कता।
    होस या बेहोसमा  लाग्यो कता।
    कहिलेकाहीँ एकान्तमा बस्दा,
    यत्तिकै  आफैँ भित्र जाग्यो कता।
    याे मन अब   शान्ति माग्यो कता।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१४
    थिएन  बँचेको  ठाउँ  उम्किन।
    लिएर  कसैको  नाउँ  उम्किन।
    भयो  साँच्चै  फँसेको महसुस,
    कुन  दिशातिर  जाउँ उम्किन।
    कित वत्सनाभ खाउँ उम्किन।

    ✍️अच्युत घिमिरे, सरपाङ भुटान🇧🇹

    पञ्चाङ्ग:१५
    अहिलेको वैज्ञानिक प्रबिधिले धेरै कुरा जान्न   पाएको छ।
    भ्रष्टाचारी दलालहरूले सत्तालाई मात्र तान्न पाएको छ।
    सत्तालाई तान्दा तान्दै एकसौ पचास किलो सुन तान्ने मौका ,
    अहिले सबै जनताले गणतन्त्र यस्तो पो मान्न पाएको छ।
    सबैभन्दा राम्रो आफ-आफ्नो पाटीलाई खोट  छान्न पाएको छ।

                       बेदु न्यौपाने
                           काठमाडौँ

    पञ्चाङ्ग:१६
    कुरितीले भरिएको दुष्टको बास भयो।
    देशभित्र  दु:खै दु:खको धेरै रास भयो।
    समाजबाद र समाबेसी अन्मुख भन्छन्
    जनता देशको समस्या झनै खास भयो।
    शहीदको सम्मान हुन्छ भन्ने आस भयो।

    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:१७
    हरेक नदीमा सधैँ सफा पवित्र जल हाेस् ।
    मानव जीवनमा खुसी  खुसीको पल हाेस् ।
    सेवामा प्रेम मिसियाेस् हरेक बखत प्रभु
    आफ्नो करेसामा सदावहर फल्ने फल हाेस् ।
    बृद्धअबश्था युवा उर्जा भरिएको बल हाेस् ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१८
    तिमीले जित्यौ मैले हारेर आएँ ।
    आफैँले  काँडे  तार बारेर आएँ ।
    सकिनँ हेर्न मैले तिम्रो ज्यादती,
    सोची सम्झी बसाइँ सारेर आएँ ।
    रहर    जिन्दगीका   मारेर आएँ ।

    वसन्त अनुभव
    घोराही, दाङ

    Leave a Reply