
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पच्पन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५५ (पच्पनौं) ————————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०४/२२ गते
भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१
अक्षर-२०
डुब्न खोजे तर किनार लगायौँ आफ्नो बनेर तिमीले।
देखिएका दुश्मन सिमा नगायौँ आफ्नो बनेर तिमीले।
भएको इज्जत लुटि रमाउदै थिए यहीँ जगतमा ,
हो बैरीहरुको रगत बगायौँ आफ्नो बनेर तिमीले।
मनको पीडाअनि व्याथा भगायौँ आफ्नो बनेर तिमीले ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०२
साउनको सोमबार भोलेको नाम पारेर।
पशुपति मन्दिरमा शिवको धाम पारेर।
अघिपछि भन्दा धेरै भजन राग गाॅउदै,
पुगौॅला कैलाशमाला पवित्र ठाम पारेर।
दर्शन साथ साथैमा भ्रमण काम पारेर।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०३
पानी पर्दा तर्साउने माथि नदीको शिर छ ।
मन्दिरमा देव देवीकाे लामाे निद्रा चिर छ ।
बर्षामास चुरिफुरी खाेलाे खाेल्सा खहरेकाे ,
डाँडा पाखा पहराेलाई पहिरोकाे पिर छ ।
सदा शान्त आनन्दमय समुद्रकाे धीर छ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०४
कतै बाढी पहिरो आएको छ।
मान्छेको उठिबास लाएको छ।
प्राकृतिक प्रकोपले सतायो,
कति मान्छेको ज्यान खाएको छ।
डर त्रासले सन्त्रास छाएको छ।
ह्यारिस
पञ्चाङ्ग:०५
सधैंभरि तिम्रै तस्बिर छुन मन लाग्छ।
तिम्रै काख टाउको राखी रुन मन लाग्छ।
तन टाढा भए तापनि मन छ नजिक,
दुई आत्मा मिलाइ एक हुन मन लाग्छ।
एक्लै हुँदा आँसुले मुख धुन मन लाग्छ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०६
सुखसयल चाहिँदैन दुइछाक टार्न पाए पुग्छ!
दुखका क्षणहरुलाइ अलिअलि सार्न पाए पुग्छ।
खुशी हुन्,नहुन् अरु मलाई मतलव नभए नि,
बस् आफ्नाे मनलाई आफैँले खुशी पार्न पाए पुग्छ।
भलाई हुन्छ भने अरुकाे त आफु हार्न पाए पुग्छ।
उर्मिला के.शी.
धनकुटा !!
ॐ
पञ्चाङ्ग :०७
********
अग्रगमनको खेल मज्जाले खेलियाे आज ।
जनता ढाँट्न गठबन्धनमा जेलियाे आज ।
सत्ताकालागि आदर्श सिद्धान्त हेरिन्न कतै,
गणतन्त्रकाे नाउँमा पापड बेलियाे आज ।
एकपछि अर्काे नाट्य मञ्चन ठेलियाे आज ।
प्रधुम्न चालिसे
भक्तपुर ,कटुन्जे ।
पञ्चाङ्ग:०८
आफुले जे जे गर्यो ती सबै सत्य हो भन्छ मान्छे।
आफू नै सर्वेसर्वा आफैं न्यायाधीश बन्छ मान्छे।
त्यसमाथि भक्तहरुले आँखा चिम्लि सही थप्छन् ,
सत्यलाई सत्य भन्दा मेरो खोइरो खन्छ मान्छे।
आफ्ना मात्रै मान्छे हुन् तँलाइ त कहाँ गन्छ मान्छे।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग :०९
पानी कति धेरै परेको हेर।
मुसल धारे नै झरेको हेर।
बाहिर निस्कन नसकिन भो,
बाली नै बिनास गरेको हेर।
बिचरा किसान हरेको हेर।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:१०
समयको अगाडि केही लाग्दैन यहाँ।
स्याहार नगरी बिरुवा जाग्दैन यहाँ।
सबैकुरा समयमा नै निर्भर छ नि ,
भाग नलिएसम्म डर भाग्दैन यहाँ।
शक्तिशाली जाे छ कहिल्यै थाक्दैन यहाँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:११
हामीले सबै थोक सदुपयोग गर्न जान्नु पर्छ।
कुरा गर्दा हामीले ठिक बेठीक के हो छान्नु पर्छ।
मानव सबैले स्मरण शक्ति गुमाउनु हुँदैन ,
मान्छेले हरेक कुरा बुझेर भनेको मान्नु पर्छ।
मेरो देश र आफैँमा बैरी आइलागे हान्नु पर्छ।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:१२
लामो सास छ।
ठूलो आस छ।
पञ्चाङ्ग लेख्ने,
गद्य खास छ।
पद्य गास छ।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
पञ्चाङ्ग:१३
अङ्ग अङ्ग नियालेर केर्न मन ला छ।
कस्ती रहिछ्यौ सर्वाङ्ग हेर्न मन ला छ।
तिम्रै रूप वर्णन गरी भिन्ची बन्नु थ्यो,
त्यसैले यो दृष्टिभित्र बेर्न मन ला छ।
ए पञ्चाङ्ग नयाँ सृष्टि फेर्न मन ला छ।
श्रीकृष्ण शर्मा पोखरा