पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-३९

  • २१ श्रावण २०८०, आईतवार ०७:०२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नचालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ १८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३९[ उन्नचालिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    पञ्चाङ्ग:०१
    परिश्रम  गरेर  पसिनामा बगाएका हातहरु।
    कुनै घर भित्र कुनै बाहिर भगाएका हातहरु।
    मिहिनेत र साैन्दर्यकाे  सङ्गम छ कति अपूर्वकाे,
    हृदयमा आशा अनि विश्वास जगाएका हातहरु
    कस्ताे ठेला उठेकाे र मेहेन्दी लगाएका हातहरु।

    ✍️सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    महिला महिला नै हुन सबै।
    यिनका अनेकौँ छ गुन सबै।
    मिहिनेतले हात पनि धुन्छन्,
    श्रुगरिन्छन् बजाई धुन सबै।
    महिला निपुण छन् जुन सबै।

    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग :०३
    प्राय महिला मन कारी हुन्छन्।
    महिलाहरू जन कारी हुन्छन्।
    देखिन्छन् नारी देवी स्वरुपमा,
    यि धेरै जसो धन कारी हुन्छन्। 
    नारी नै प्राय श्रम कारी हुन्छन्।
           ✍️ बेदु न्यौपाने
                  काठमाडौँ ❤️

    पञ्चाङ्ग:०४
    अक्षर-१५
    १.
    कहिले मेहदिका बुट्टा भरेर आउछौँ ,
    ठेलाछन् अनेक संर्षमा गरेर आउछौँ ।
    काम छ काम गर्ने नत्र रमाईलो पनि,
    अर्म पर्म लाई नजिक सरेर आउछौँ ,
    नारीहौँ यसर्थ उज्यालो छरेर आउछौँ ।

    ✍️दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    केही हातमा मेहदी केही हातमा ठेला भयो ।
    काेही मान्छे सुकुमार छ काेहीलाई हेलाँ भयो ।
    सरकार हाे कि दाेषी यहाँ प्रकृतिलाई दिऊँ ,
    निधारमा वाफ लगाउन कठिन खेला भयो ।
    वाचा सम्झी सरकार गरीब हेर्ने बेला भयो ।

    ✍️भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    कोहीको दुखद हत्केलाले बतायो सारा।
    कोहीको श्रृङ्गारी  हत्केलाले सतायो सारा।
    चाडपर्व    ऋतु    बदल्दै     चहलपहल,
    शहर   के   गाउँ जिम्मेवारी   ततायो सारा।
    श्रृङ्गार     अनेक    फेसनले मत्तायो सारा।

    ✍️जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०७
    घर परिवार पाल्न खर्च जुटाउनु छ।
    कम आम्दानी हुने ठाउँ छुटाउनु छ।
    काम गर्दा हातमा ठेला परोस् केही छैन,
    काम गरेको  नदेख्नेलाई टुटाउनु छ।
    राम्रो गर्नेलाई खोजी खोजी खुटाउनु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    गरियो काम आज भेला भएर।
    हातमा पीडा भाछ ठेला भएर।
    मेहेन्दीले एउटा हात रङ्गियो,
    यौवनले अचम्मै बेला भएर।
    भोलि नै बजारमा मेला भएर।

    ✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
          पनौती न.पा.-३,काभ्रे

    पञ्चाङ्ग:०९
    कसैका हातमा ठेला भएका कसैले मेहन्दी लगाएका छन्।
    कसैलाई छाक टार्न गाह्राे छ कसैले पैसा बगाएका छन्।
    दुबैकाे हातलाई दाँजेर हेर्नुस् त कति विभेद छ यहाँ,
    मान्छे सबै बराबर छन् तर गरीबलाई भगाएका छन्।
    धनीले विलासिताका सामान विदेशबाट मगाएका छन्।

    ✍️नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१०
    तिम्रो रहर अनौठो लाग्छ ।
    गाउँ सहर अनौठो लाग्छ ।
    त्यो तन मन जीवन सक्ने,
    पापी कहर अनौठो लाग्छ ।
    मन्द जहर अनौठो लाग्छ ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:११
    दु:ख गर्ने हातभरि  ठुला ठेला देख्छु म त।
    सुखभोगीका हातमा खेलैखेला देख्छु म त।
    दु:ख गर्ने सधैँभरि दु:ख मात्रै गर्ने हुन्छ,
    अघिपछि जसो होला यसै बेला देख्छु म त।
    बुढा परदेशी भए त्यहीँ मेला देख्छु म त।

    ✍️घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:१२
    हात एउटै रङ्ग फरक कर्म लुकेको हुन्छ।
    भाग्य लेख्दा हातमा मेहेन्दी रङ्ग सुकेको हुन्छ।
    महलको सुविधा पाखाबारीमा खोजेर हुन्न,
    के गर्दछन् बाँच्नलाई को को कहाँ चुकेको हुन्छ।
    एउटा हत्केला अर्को हातसँग झुकेको हुन्छ।

    ✍️होम प्रसाद

    पञ्चाङ्ग:१३

    गरीबी हातमा ठेला मात्रै देखिन्छ यहाँ।
    मेहेन्दी लाई धनीको जात्रै देखिन्छ यहाँ।
    धनी-गरीबको तुलना साहित्यमा छैनन्,
    जता हेरे नि धनीका पात्रै देखिन्छ यहाँ ।
    गरीबको लथालिङ्ग कात्रै देखिन्छ यहाँ ।

             ✍️शिव कुमार रेग्मी
            पोखराथोक,पाल्पा

    पञ्चाङ्ग:१४
    प्रकृतिकी आहा अनमाेल उप हार हुन्  नारी।
    घर सुन्दरता बनाउने कला कार हुन् नारी
    नारी भएर विश्वमा फुल्छ अनेकन फूल रङ्ग  ,
    हर जीव हुर्काउने बढाउने सार हुन् नारी ।
    बालबच्चाकाे  निमित्त सुरक्षित बार हुन् नारी ।

    ✍️प्रधुम्न चालिसे
    भक्तपुर ,कटुञ्जे

    पञ्चाङ्ग:१५
    पिडा र हर्षका कथा त लेखियो बेला बेला खुब।
    हात भरी थिए साहुको मेलामा जाँदा ठेला खुब।
    जसका लागि तनमन खियायौं  जिवन  भरी नै,
    लगाई मेहेन्दी  गई जता जता  लाग्यो मेला  खुब।
    हुन्थ्यो मेरै दुःखमा सन्तानको ऐयासी भेला खुब।

    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:१६
    कहिँ  हातमा मेहेन्दी कहिँ ठेला हुन्छ।
    कहिँ  नारी सम्मान त कहिँ हेलाँ हुन्छ।
    यस्तै उकाली ओराली गर्दै बित्छ दिन ,
    कहिले जिन्दगीको दौडमा खेला हुन्छ।
    राम्ररी  ब्यवहार नहुदा पेला हुन्छ ।

    ✍️दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१७
    कसैका हातमा ठेला साउनमा।
    संस्कृतिमा भयो झेला साउनमा।
    चाड र परिश्रम तुलना गर्दा,
    विकृतिले पार्छ फेला साउनमा।
    श्रम गरौँ हुन्न हेला साउनमा ।

    ✍️दाहाल कल्पना

    पञ्चाङ्ग:१८
    कसैको हातमा बुट्टा भरेको छ।
    कसैको छालाको ठुट्टा झरेको छ।
    यो संसार पनी बिचित्रको छ नि,
    सहि सत्य बोल्दा झुट्टा परेको छ।
    खराब बाटोमा खुट्टा सरेको छ।

    ✍️सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१९
    याे असार साउकाे कामै कामकाे बेला हजुर।
    हातै भरी परेका छन् किसानकाे ठेला हजुर।
    प्रकुति कति साह्रो निष्ठुरी भए पछि यहाँ त,
    काम नगरी बस्दा सबैकाे भईन्छ हेला हजुर।
    जिन्दगीको भयाे यहाँ सुनाैलाे याे खेला हजुर।

            ✍️सहयात्री शाेभा अर्याल
               बुटवल रुपन्देही नेपाल

    पञ्चाङ्ग:२०
    यो साउनको महिनाले महिमा हरियो भन्छ।
    कोही गाउँले त कोही सहरीया परियो भन्छ।
    महिना र महिमा यौटै हात पो फरक भयो,
    चिल्ला चिल्ला  हातले मेहेन्दी मात्रै  भरियो भन्छ।
    ठेला उठेका हातले बीउ मात्रै छरियो भन्छ।

    ✍️पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:२१
    कसैको हातमा मेहन्दी त कसैकाे हातमा ठेला भयाे।
    काम गरि खाने निमुखा मान्छे यहाँ सवैकाे  हेला भयाे।
    दु:खी गरिबहरुकाे मर्म यहाँ कसले पाे बुझ्छ र नै,
    राम्रो कर्म गर्दा पनि हजुर आज अरुकाे खेला भयाे।
    साँचाे कुरा गर्दा पनि हुन्न यहाँ सवैकुरा रेला भयाे।

    ✍️उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:२२
    विदेशमा दु:ख गर्दा श्रीमानका हातमा ठेला छन् ।
    यता श्रीमतीका हातमा रंगिन मेहनदी खेला छन् ।
    जिन्दगी सुख दु:खकाे दुई पाटाे  भनि जान्दाजान्दै,
    सुखी सधैं सुखी हुन्छन् कठै दु: खी त्यो हेला हेला छन् ,।
    घर चलाउन लेकाे  ऋणको व्याज  तिर्ने वेला छन् ।

    ✍️ पारू अर्याल नेपाल, भरतपुर चितवन ।

    पञ्चाङ्ग:२३
    स्वास्नीका हातमा मेहदी पुरुषको ठेला छ ।
    चुपचाप बसी हेर्नोस् अहिले यस्तै बेला छ ।
    रातदिन  नभनी  खट्दछ  पुरुष  खाडीमा,
    तैपनि  पैसा  थोरै   पठायो  भनेर हेला छ ।
    घरमा त पार्टी भोज भ्याइनभ्याई मेला छ ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ

    Leave a Reply