
साउदी अरब ! पिडित दुर्गा बहादुर सुनार उद्दारको लागि नेपाली महावाणिज्यदूतावास, जेद्धाको सहयोगका लागि आफ्नो आधिकारिक पेजद्वारा गरिएको अपिलमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाको पहलमा संकलन गरेको रकम साउदी रियाल ८०७८/- नेपाली महावाणिज्यदूतावास, जेद्धाका का. वा. महावाणिज्यदूत श्री शत्रुध्वन पोखरेल लाई हस्तान्तरण गरेको छ ।
महाबाणिज्य दुतावासजेद्दाको यस अनुरोध अभियानलाई आरसिसी जेद्दाले बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली श्रमिक माझ पुर्याई सहयोग संकलन गरेको थियो ।
उक्त रकम संकलन गरि संस्थाका अध्यक्ष डीपि अर्याल, उपाध्यक्ष चिरञ्जिवि बस्नेत , सह-सचिव देवराज अर्याल तथा प्रमुख सल्लाहकार NRNA NCC उपाध्यक्ष राजकुमार गिरी,प्रमुख संरक्षक भिम गुरुङ, निवर्तमान सचिव तथा NRNA NCC साउदीका कार्यसमिति सदस्य ओमप्रकास काफ्ले र आरसिसि जेद्दाका सल्लाहकार तथा NRNA NCC साउदी अरबका युवा संयोजक विष्णु रावल हरू भौतिक रुपमा उपस्थित भई रकम हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम संकलन गर्न र आफ्नो सामर्थ्य अनुसार स्वेच्छिक रुपमा आफुले सकेको सहयोग गर्नु हुने सम्पुर्ण संस्थाका प्रतिनिधिहरु तथा पञ्जिकृत सदस्यहरूमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाले आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।





