
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९८ औँ शृङ्खला यही भाद्र २ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
न कुनै डर, ~~~~न कुनै सन्ताप,
खाडीमा लोग्ने, स्वास्नी चाहिँ टाप ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
जब उनले सकेनन् मेरो खर्च धान्न,
लागे म अर्कैसँग, छोडेर पति मान्न ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
घर-परिवार नातागोता मध्येको, पुत्र परेँ एक्लो सन्तान,
अर्काको श्रीमती भगाएर भित्र्याउँदा, अझ गर्छन् पो सम्मान।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[३]
गरेर गलत काम देखाउँछन् अझै शान,
मैले भनु पर्दैनँ अपराधी हो भनी जान ।
✍️
Prem Sunar
[४]
खाडीमा पसिना बगाई उता श्रीमान दुःख भोग्ने
श्रीमती अर्कैसॅंग मोजमस्ती के गरोस् अब लोग्ने।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[५]
दुईचार जना बिग्रदा सबै घानमा परे,
तिनै लाज पचेकाहरूले गर्नसम्म गरे ।
✍️
सरिता सेढाइ धादिङ
[६]
अर्काको घर भत्काएर, भन्दै हिँड्छौ रे नामी,
टुनामुना के लगायौ, पहिला थियौ कि धामी?
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[७]
धेरै छाडा भयो समाज कसैको भएन डर,
विकृति र विसङ्गति बाहेक अरू छैन कर।
✍️
सुरेशकुमार पाण्डे दाङ घोराही १८
[८]
पतिव्रता, पत्नीव्रता हिजोआज त यहाँ गए कता,
लाज,डर रत्तिभर छैन कस्ताे हाे याे आधुनिकता ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[९]
पुरुषले जस्तो अपमान भो ! गरेको छैन,
घरमा तिमी हुँदाहुँदै अर्को ल्याएको हैन।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[१०]
बुढा विदेश कमाउने आस बोकेर,
यता घरकी भौतारिन्छे, ओठ टोकेर।
✍️
शंकर मकवानपुर,
[११]
धनले मात्रै रमाउन नसकेपछि मन,
बाटो मोडी हिँडे म पनि जेजे भने नि भन।
✍️
चन्द्रप्रकाश `कमल´
तिनाउ-1,कचल,पाल्पा
[११]
साथमा लाेग्ने हुँदाहुँदै बाहिर आँखा तर्ने,
लाेग्नेले पनि त्यस्तै गरे आखिर के हाे गर्ने?
✍️
भवानी पाेखरेल (बाबु विराज)
कपिलवस्तु
[१२]
बुढाले चैँ उतै बसी, गर्ने माेजमस्ती,
घर बसी सहने त्याे बुढी हाेली कस्ती ?
✍️
माधवप्रसाद पाैडेल, अर्घाखाँची
[१३]
विदेश बस्दा श्रीमानले पत्नीव्रता खै कति पालना गरे ?
यहाँ एक्लै देखी मेरो मन बिगार्न धेरै जना लागि परे ।
✍️
Sushila Thapa
काठमाडौं कागेश्वरी मनोहरा
[१४]
खोरिया खनौँ है भन्दा नमानेर खाडी मुलुक छिर्यौ,
पठाएको गुट्मुट्यायो अर्कैले आई रित्तो झोला भिर्यौ ।
✍️
जमुना आचार्य सिन्धुपाल्चोक
[१५]
श्रीमान खाडीको घाममा, श्रीमती अर्कै काखमा,
पैसा काँढी गएको श्रीमान, फर्किन्छ लौ लासमा।
✍️
एवाइ प्रभात
छेन्ताङ धनकुटा
[१६]
आधा सम्पत्ति मलाई ले, नत्र केश हाल्दिन्छु,
मलाई केही गरिस् भने तेरो शाखा ढाल्दिन्छु ।
✍️
समुद्र
[१७]
बुढो विदेश जान्छ बरा गर्दै धनको खोजी,
बुढी गाउँमा डुल्दछे खाइलाग्दो केटो रोजी ।
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
[१८]
श्रीमान खाडीमा थिए, सल्के अर्कैतिर
समातेँ हात अर्कैको, कति मान्नु पीर ?
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- काँडाघारी, काठमाण्डौ
[१९]
बुढाको कमाई बुढीको रमाई पुगेन घरमा,
मन छुट्टियो तन छुट्टियो लागेँ म परपरमा।
✍️
टिकाराम पुन टिपु
सल्यान
[२०]
यता घर चलेको छैन, उता पोई रक्सी धोक्ने,
माया गर्ने मान्छे आउँदा मलाई कसले रोक्ने?
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२१]
विश्वासको पात्र बुढी अर्कोतिर जुट्ने,
घुच्चुकमा बुद्धि राखेर श्रीमान लुट्ने ।
✍️
भुपेन्द्र राना मगर
धादिङ
[२२]
खाडीको लोग्नेको पसिना अर्कैलाई पोस्न थाली,
घरमा फर्की आयो, लोग्ने तब तालाचाबी हाली ।
✍️
कमला देवकोटा, पाल्प्पा
[२३]
कुन चाहना पुरा गर्न उनी लागिन् टाप ?
घरमा बुढो भयो एक्लो, न धर्म न पाप ।
✍️
प्रेम थापा “मन”बागलुङ
[२४]
लोग्ने भने विदेशमा खाडल भर्दैछन्
श्रीमती चाहिँ अर्कैसँग डेरा सर्दैछन्।
✍️
सरस्वती श्रेष्ठ इटहरी
[२५]
पोइल जाने सबको लोग्ने खाडी गएको छैन,
बिग्रन्छ मति पुरुषको नि मात्र नारीको हैन ।
✍️
ध्रुव श्रेष्ठ
खोटाङ वजार ।
[२६]
सँगै बसौँ भनेकै हो, मानेनौ खेदियौ पर,
जवानीले दियो धोका, चोरियो बैँस सुन्दर।
✍️
रामशरण न्यौपाने, भक्तपुर
[२७]
उमङ्गता वैलिई जान्छ आफ्नो आयु घटेसी,
कति कुरुँ रमाउँला भनी चालीस कटेसी।
✍️
मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
[२८]
सोझोपनको फाइदा उठाई गर्छन् घात,
यस्ताको त जीवनमा दिउँसै परोस् रात ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[२९]
पुरुष कमाउन खाडी गए नारी घर धान्छ्न्,
एक नारीको दोष भएपनि सारा दोषी ठान्छन् ।
✍️
चिरञ्जीवी श्रेष्ठ,
धनकुटा ।
[३०]
श्रीमान चैँ खाडी मुलुकमा पसिना बगाउने,
श्रीमती यता अर्कैकाे सिन्दूर पाेते लगाउने ।
✍️
राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
[३१]
पसिना बगाई कमाएर पठाइयो बस्दै नबसी विदा,
श्रीमतीहरू मात्तिने रहेछन् जे भन्यो त्यही पुर्याइदिदा ।
✍️
रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल !
[३२]
पसिना बगाउन बुढा चैँ विदेश गएको,
घरमा मस्ती गर्दै बुढी चैँ अरूकै भएको ।
✍️
राजेन्द्र प्रधान ‘पासा,, दार्जीलिङ ।
[३३]
परिवारकाे निम्ति दुःख गर्दैछन् पुरुष खाडी,
श्रीमती यता मोजमज्जामा लौ आफ्नै घर भाडी।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[३४]
जसलाई पर्छ आजीवन नारी जातकै हर्जा,
उसले नै दिन्छ नारीलाई सदैव दोश्रो दर्जा l
✍️
बाबुराम गौतम, गुल्मी
[३५]
पर स्त्री जानीजानी किन अँगाल्नु पर्यो ?
पतिव्रता नारी पनि किन तल झर्यो ?
✍️
बिके मुखिया
दार्जीलिङ, भारत।
[३६]
ख्याल हैन यो बाक्लै भेटिन्छन् यस्ता कहानी,
दिगो बस्ने भए हुन्न नारीको मानहानि ।
✍️
Chudamani Dhurba Devkota
[३७]
नारी पुरुष बराबरी बन्नुहुन्न छाडा,
मती बिग्रे जीवनरुपी चल्दैन है गाडा।
✍
नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[३८]
दयामाया बिना नै छाेडेर छाेराछाेरी,
बैँसले मात्तिएर भागेकी थिई माेरी ।
✍️
खुनराज काेईराला
सिद्दलेक ३ गैरीगाउँ,धादिङ
[३९]
जवानी बेचेर समृद्धि खोज्दाको परिणाम,
नेपालमा सुनिन्थ्यो गीत पोइल जान पाम ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[४०]
छाडेर आउँ है खाडीलाई,
ठेगान लगाउँ राडीलाई ।
✍️
Anmol Rai
[४१]
दुःख परे सहिन्छ आफैँ अरू कसैले हर्दैन,
भगुवा श्रीमतीका लागि खाडी नै हुनुपर्दैन।
✍️
सुस्मिता पौडेल अधिकारी
काठमाडौँ
[४२]
पोइ गए खाडीमा घर व्यवहार धान्न,
यता छोडे जोईहरू श्रीमानलाई मान्न ।
✍️
दुर्गा भट्टराई
मोरङ
[४३]
तिमीजस्ता सोझालाई कति पर्खनु ?
दुःख गरी कमाएको बकति खर्चनु ?
✍️
नन्दलाल आचार्य,
सिद्धार्गटोल, उदयपुर ।
[४४]
वर्षौँ बित्दा पनि तिमी आएनौ खै फर्किएर,
म पनि लागेँ आफ्नै बाटो नबसी तड्पिएर ।
✍️
प्रविना प्रयासी
ओखलढुंगा
[४५]
घर छोडी जो हुन्छ अर्कैसँग टाप,
कहिले हुँदैन यस्ताको फलिफाप ।
✍️
सागर मल्ल
कपिलवस्तु,कृष्णनगर।
[४६]
आँखामा आँसु बगेको हेर बगायो रहर,
पीडामा जन रोएका सारा गाउँ र सहर !
✍️
आर्त अकुलीन, कैलाली
[४७]
माया र ममता पैसामा बिकाए,
एउटाले जे गर्यो त्यही सिकाए ।
✍️
अम्बका अधिकारी
झापा बिर्तामोड
[४८]
जब म घर जान चढेँ गाडीमा,
सिन्दूर हालेछ राखेर राडीमा ।
✍️
प्रदीप के रिमाल।
[४९]
लोग्नेस्वास्नी समेत नेपालमा जिन्दगीभर सँगसँगै बस्न पाएनन्,
नेपालका युवाले जस्तो अरू ठाउँका युवाले बढी हण्डर खाएनन् ।
✍️
पवनकुमार बुढाथेाकी
काठमाडौं
[५०]
कथा भन्थेँ उसकै व्यथा बताउँथेँ त्यसकै,
उसको अभाव खड्कन्थ्यो माया लाग्थ्यो केशकै ।
✍️
लक्ष्मी रिजाल, सप्तरी
[५१]
जुन औँलामा विष लाग्छ त्यहीँ औँलो काटिन्छ,
पति पत्नी सँगै मिली दु:ख र सुख साटिन्छ ।
✍️
पद्मा पाण्डे
पथरी मोरङ
[५२]
परदेशीए युवाहरू बदलियाे संस्कृती,
इमान्दारिता हराएर गुमाउँदै छन् धृति ।
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
[५३]
श्रीमानको परदेश कमाइ श्रीमतीको छ श्रृङ्गार झाँकी,
दुई वर्ष नभई पाउदैन आउन अझै धेरै छ बाँकी ।
✍️
जिज्ञासु पन्त
लमजुङ ।
[५४]
घर छोडेँ परिवार पाल्ने ~ कमाउने रहरमा,
भाँडियो घर रुँदैछु आज बालुवाको सहरमा ।
✍️
लक्ष्मण लक्ष्मण
दोलखा
[५५]
संस्कार र संस्कृति भाँचेर भित्र्यायाै विकृति,
सरकारकाे नियत कस्ताे ? खुशीले स्विकृती ।
✍️
प्रद्युम्न चालिसे
[५६]
विदेशमा श्रीमान पसिना चुहाउँदै पैसा कमाउने,
गाउँघरमा श्रीमती नाँठोसँग खुशी खुशी रमाउने ।
✍️
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[५७]
आफ्नै परिवारकाे लागि खाई नखाई दु:ख गर्छन् खाडीमा,
यता भने छाेराछाेरीकाे बिचल्ली पारी हिँड्छिन् स्वास्नी गाडीमा ।
✍️
सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही नेपाल
[५८]
विदेशमा दाजुभाइ कति बस्छौ घर छोडी ?
हिँड्न लागे श्रीमतीहरू आआफ्नो बाटो मोडी।
✍️
बेदु न्यौपाने
काठमाडौँ