टुक्का कविताको चौथो वार्षिकोत्सव सम्पन्न; आधा दर्जन बढी कृति विमोचन र सम्मान समर्पण

  • २८ श्रावण २०८०, आईतवार १०:५१ मा प्रकाशित
  • टुक्का कविताको चौथो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिवार भव्य रूपमा सम्पन्न भएको छ । टुक्का साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा आधा दर्जन बढी टुक्का काव्य कृतिहरूको विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईले उक्त कृतिहरूको विमोचन गर्नुभएको थियोे ।

    टुक्का साहित्य समाजका अध्यक्ष एवम् टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईकाे प्रमुख आतिथ्यता रहेको थियोे ।

    टुक्का साहित्य समाजका उपाध्यक्ष एवम् टुक्का प्रशिक्षक वसन्त अनुभवको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका, काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, प्राज्ञ हंसावती कुर्मी, प्राज्ञ चेतनाथ धमला, आविष्करण नेपाल तथा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थीले विशिष्ट आतिथ्यता प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा पदमा शर्मा आँचल, शरद प्रधान, अरुण बहादुर खत्री नदी, डा.सावित्री श्रेष्ठ, शर्मिला श्रेष्ठ लगायत नेपाल र भारतबाट गरेर २०० भन्दा बढी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।

    कार्यक्रममा समाजका सचिव जमुना आचार्य काेइरालाले संस्थाकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा टुक्का कविता लेखन अभियानमा याेगदान पुर्याउने ८४ जना टुक्काकार तथा ५ वटा संस्थालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

    उक्त कार्यक्रममा शुभकामना दिँदै कुलपति भुपाल राईले नेपालमा प्रवर्तन भएका लघु तथा लघुत्तम विधाहरूकाे बारेमा प्रष्ट बुझेर ती विधाहरूलाई स्थापित गर्ने कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।

    प्रज्ञा सभा सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान शुरु भएकाे चार वर्षकाे अवधिमा नै यति धेरै पुस्तक तथा हजाराैँ सर्जकहरूकाे सहभागिता हुनुले याे उपविधा छिट्टै स्थापित भएर संसारभर फैलन सक्ने अवस्था देखिएकाेमा खुसी व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले नेपालमा नै खाेज अनुसन्धान र प्रवर्तन भएका विधाहरूलाई स्थापित गर्न सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
    डा देवी पन्थीले अब नेपाली साहित्यमा विदेशमा प्रवर्तन भएका आयातित विधाहरू भन्दा पनि नेपालमा नै शुरुवात भएका माैलिक विधाहरूलाई नेपाली साहित्यले आफ्नाे विधाकाे रुपमा स्थापित गर्दै अब साहित्य आयात हैन निर्यात गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएकाे थियाे ।

    पदमा शर्मा आँचलले नेपालबाट शुरुवात भएकाे दुई हरफमा लेखिने टुक्का कविता भारत हुँदै बिस्तारै बिस्तारै संसारभर नै फैलिन लागेकाेमा शुभकामना व्यक्त गर्दै हिन्दी तथा नेपाली भाषाका टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।
    कार्यक्रममा विमोचित कृतिहरूमा ऐतिहासिक टुक्का यात्रा (संयुुक्त सङ्ग्रह, दाेस्राे संस्करण), व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह), म्यामराज राईको एकल टुक्का कविता सङ्ग्रह महक, पुष्पा राईको एकल टुक्का कविता सङ्ग्रह पुष्पाश्री, रामप्रसाद पुरीको एकल टुक्का कविता सङ्ग्रह टुक्का सुधा, भगवती दवाडी अधिकारीको एकल टुक्का कविता सङ्ग्रह बन्धन, राजेन्द्र पासाको एकल टुक्का कविता सङ्ग्रह तरङ्गित छालहरू र नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह कथरी रहेको छ ।

    उक्त कार्यक्रममा विगत लामो समयदेखि टुक्का कविता लेखन अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने निम्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे ।
    क) ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८०
    (१) श्री अरुण बहादुर खत्री नदी ( काठमाडाैँ )
    (२) श्री पदमा शर्मा आँचल (कालाचिनी, भारत)
    (३) श्री निमा छिरिङ्ग भाेटिया ( दार्जिलिङ)
    (४) श्री शर्मिला श्रेष्ठ ( ललितपुर )
    (५) श्री अच्युत घिमिरे (भुटान )

    ख) टुक्का साहित्य संवृद्धि सम्मान २०८०
    (१) श्री राजेन्द्र प्रधान पासा ( दार्जिलिङ, भारत)
    (२) श्री म्यामराज राई ( भाेजपुर )
    (३) श्री राम प्रसाद पुरी ( खाेटाङ )
    (४) श्री पुष्पा राई ( खाेटाङ )
    (५) श्री भगवती दवाडी (झापा)

    ग) टुक्का साहित्य प्रवर्धन सम्मान २०८०
    (१) डा.सावित्री श्रेष्ठ (काठमाडाैँ)
    (२) डा.देवी पन्थी ( बिराटनगर )
    (३) श्री वसन्त अनुभव (दाङ)
    (४) श्री रचना शर्मा प्रतीक्षा (ललितपुर )
    (५) श्री राजेशराज गड्ताैला (माेरङ)
    (६) श्री चूडा निर्भीक (गाेरखा)
    (७) श्री जमुना आचार्य (सिन्धुपाल्चाेक)
    (८) श्री हाेम प्रसाद नेउपाने ( धरान )
    (९) श्री बेदु न्याैपाने (काठमाडाैँ)
    (१०) श्री शाेभा आचार्य गाैतम (पाल्पा)
    (११) श्री रामशरण न्याैपाने (भक्तपुर)
    (१२) श्री अनिल खग्रास (पर्वत )
    (१३) श्री नानीबाबा अधिकारी ( काठमाडाैँ )
    (१४) श्री जगत थापा ( बझाङ )
    (१५) श्री उषा केसी ( ललितपुर )
    (१६) श्री श्रीकृष्ण शर्मा ( पाेखरा )
    (१७) श्री विमुन्स पाैडेल ( पाेखरा )
    (१८) श्री रुपा रिसाल ( काठमाडाैँ )
    (१९) श्री रुपा पाैडेल ( ललितपुर )
    (२०) श्री नरेशलाल अमात्य ( ललितपुर )
    (२१) श्री सुमिना तिमल्सिना (भक्तपुर )

    घ) टुक्काश्री साहित्य सम्मान २०८०
    (१) श्री अनुग्रह राना मगर ‘पुष्प’ (सङ्खुवासभा )
    (२) श्री अम्विका अधिकारी (झापा)
    (३) श्री अर्जुन प्रसाद चौलागाई (अमेरिका)
    (४) श्री कमला देवकोटा (पाल्पा)
    (५) श्री केशवप्रसाद ढकाल ‘प्रीतबीज’ (गाेरखा)
    (६) श्री कृष्ण कुमारी छेत्री (दार्जिलिङ)
    (७) श्री गुणनिधि घिमिरे (अमेरिका)
    (८) श्री डम्बर थामी ‘अनुपम’ (दाेलखा)
    (९) श्री दुर्गा आचार्य (माेरङ्ग)
    (१०) श्री दुर्गा भट्टराई (माेरङ्ग)
    (११) श्री नवशिला (माेरङ)
    (१२) श्री नागेन्द्रप्रसाद यादव (दाङ )
    (१३) श्री पवन कुमार बुढाथेाकी (काठमाडाैँ)
    (१४) श्री पुष्पा सुवेदी (बाँके)
    (१५) श्री प्रद्युम्न चालिसे (भक्तपुर)
    (१६) श्री प्रमोद भट्टराई ‘प्रतीक'( भक्तपुर)
    (१७) श्री प्रेम थापा “मन” (बागलुङ)
    (१८) श्री बाबुराम गौतम (गुल्मी)
    (१९) श्री बाबुराम पाण्डे (अर्घाखाँची )
    (२०) श्री बुद्धिमान दनुवार (झापा)
    (२१) श्री भेष कुमारी लामीछाने (रुपन्दही)
    (२२) श्री मन्दिरा सेढाई (धादिङ)
    (२३) श्री मित्र ‘उराठी’ गाैतम (गुल्मी )
    (२४) श्री रचना मोक्तान “यात्री” (काभ्रे)
    (२५) श्री रश्मी रिमाल (झापा)
    (२६) श्री राज कुमार राजभण्डारी खाेटाङ्ग
    (२७) श्री राजेश्वरी राजाेपाध्याय (ललितपुर)
    (२८) श्री रुना कर्माचार्य दाहाल (भक्तपुर)
    (२९) श्री सन्जना शर्मा ( दाङ)
    (३०) श्री सरिता सेढाई (धादिङ)
    (३१) श्री सहयात्री शाेभा अर्याल (रुपन्देही)
    (३२) श्री सुरेशकुमार पाण्डे (दाङ)
    (३३) श्री साधना पाैडेल (ओखलढुंगा)
    (३४) श्री हन्नाह क्षेत्री ( दार्जिलिङ)
    (३५) श्री त्रिलाेचन भण्डारी (झापा)
    (३६) श्री गंगा खड्का (काठमाडाैँ)
    (३७) श्री बिक्रम तिरुवा सलिन (जुम्ला)
    (३८) श्री बिनिता विश्वकर्मा (बाजुरा)
    (३९) श्री अरुण कुमार भुजेल ( गाेरुवथान, भारत)
    (४०) श्री सुशीला पाैडेल (अर्घाखाँची )
    (४१) श्री रामकृष्ण दुवाडी (कास्की)
    (४२) श्री गोपाल कृष्ण डङ्गोल (काठमाडाैँ)
    (४३) श्री लक्ष्मी श्रेष्ठ (झापा)
    (४४) श्री परिक्रमा श्रेष्ठ (सुनसरी)
    (४५) श्री धनुष न्यौपाने (जुम्ला)
    (४६) श्री ललिता अभागी ( सिन्धुली)
    (४७) श्री पुष्पाशायरा (माेरङ्ग)
    (४८) श्री विनाेद रिजाल (माेरङ्ग)
    (४९) श्री चिरञ्जीवी ढकाल (बाँके)
    (५०) श्री इन्दिरा देवकाेटा (कपिलवस्तु)
    (५१) श्री घनश्याम पाैडेल (कास्की)
    (५२) श्री पूर्ण बहादुर श्रेष्ठ (काभ्रे)
    (५३) श्री कल्पना भण्डारी (सिन्धुपाल्चाेक)

    त्यस्तै उक्त अवसरमा शुरुवाती समयदेखि टुक्का कविताकाे उन्नयनमा निरन्तर सहयाेग पुर्‍याउने निम्न पत्रिकाहरूलाई सम्मान प्रदान गरिएको थियो ।
    १) हिमालयन दृष्टि डट कम
    २) साहित्यपाेष्ट डट कम
    ३) प्रभातफेरी साप्ताहिक
    ४) कल्पतरू द्वैमासिक
    ५) संसार न्युज डट कम

    कार्यक्रमका सभापति, प्रमुख अतिथी, विशेष अतिथी, पुस्तकका सर्जक तथा प्रकाशहरूबाट क्रमश: ऐतिहासिक टुक्का यात्रा दाेस्राे संस्करण, व्यङ्ग्य कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रह, राजेन्द्र पासाकाे तरङ्गित छालहरू, म्यामराज राईकाे महक, पुष्पा राईकाे पुष्पाश्री, रामप्रसाद पुरीकाे टुक्का सुधा, भगवती दवाडीकाे बन्धन टुक्का कविता सङ्ग्रहका साथै नागेन्द्रप्रसाद यादवकाे अवधि भाषाकाे कविता सङ्ग्रह कथरीकाे पनि विमाेचन तथा समिक्षा गरिएकाे थियाे ।

    टुक्का साहित्य समाजकाे तर्फबाट प्रमुख अतिथि विशिष्ट अतिथि, प्रशिक्षक तथा विशिष्ट व्यक्तित्वहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

    अन्त्यमा, सभाध्यक्ष चापागाईँले नेपालमा नै प्रवर्तन भएका साहित्यिक विधाहरूलाई माया गर्न आव्हान गर्दै कार्यक्रम सफल बनाउन सहयाेग पुर्‍याउने संघसंस्थाहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत नेपाल तथा भारतबाट टुक्का कवितालाई माया गरेर पाल्नु भएका सबै साहित्यप्रेमी व्यक्तित्वहरूलाई धन्यवाद प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन समाजका महासचिव चूडा निर्भीकले गर्नुभएको थियोे ।

    One thought on “टुक्का कविताको चौथो वार्षिकोत्सव सम्पन्न; आधा दर्जन बढी कृति विमोचन र सम्मान समर्पण

    1. धन्यवाद यो महत्वपूर्ण खबरका लागि हिमालयन दृष्टि डट कम र सम्पादक तथा खबर संवाहक व्यक्तित्वज्यूहरू प्रति ।

    Leave a Reply