
कुवेत – वैदेशिक रोजगारीका लागि कुवेतमा घरेलु कामदारको रुपमा रहेका दुई नेपाली महिलाहरुको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षकी मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९का दिलकुमारी तामाङ रहेकी छिन् ।
घरेलु कामदारको रुपमा कुवेत आएका मृतकद्वय गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका र बिरामी भएर आदान हस्पिटलमा उपचारको क्रममा शनिबार मध्य राती मृत्यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान र सचिब पासाङ थोकरले परदेशी खबरलाई जानकारी दिएका छन ।
मृतकहरुको बारेमा नेपाल राजदूतावास कुवेतमा बुझ्दा पुरा जानकारी आई नसकेको दूतावासले जनाएको छ ।
मकवानपुरकी मायादेवी ७ महिनासम्म कुवेतीको घरमा काम गरेको र त्यस पछि अवैधानिक रुपमा कुवेत रहेको र केही समय देखि पेट र मृगौला रोगबाट बिरामी भएको श्रोत बताउछन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आदान हस्पिटलमा कसैले भर्ना गरी दिएको जानकारी प्राप्त भएको छ । मृतकको साथमा केही कागाजात नभएको र कस्ले र कसरी अस्पतालमा भर्ना गरी दियो सबै विवरण खुल्न अझै बाँकी रहेको छ ।
चितवन भरतपुरकी दिलकुमारी तामाङको मृत्युको कारण अझै खुल्न सकेको छैन । अहिले दुबै मृतकहरुको लास आदान हस्पिटलमै रहेका छन ।