एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ओम बहादुर थापा नेपाल फर्के

  • १७ श्रावण २०८०, बुधबार १५:२४ मा प्रकाशित
  • २ अगस्ट २०२३, साउदी अरब ! ७ बर्ष अघि साउदी आएर नेपाल फर्कन नसकेका नवलपरासीका ओम बहादुर थापा, नेपाली दुतावास रियादका प्रतिनिधी तथा नव निर्वाचित एनआरएनए आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिमको अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्किएका छन्।
    पीडित थापा २०१६ मा अल जाफर इन्टरनेशनल प्रा.ली कुपन्डोल मेनपावर एजेन्सी मार्फत साउदी अरबको एक कृर्षि फार्ममा काम गर्न भनी आएका थिए । कम्पनीको मालिकले साउदिको आइडी अकमा नबनाई गैरकानुनी रुपमा काम लगाईरहेको र नेपाल फर्कन नदिएको अबस्थामा समाजसेवी बिशाल कुमार श्रेष्ठको सम्पर्कमा आएर सहयोगको लागि अनुरोध गरेका थिए ।
    थापाको अनुरोध पछि श्रेष्ठको पहलमा नै साउदी अरबको अनैजा शहरको श्रमिक अदालतबाट बहिर्गमन भिसा प्रात गरेका थिए । तर थापाको बहिर्गमन भिसा प्राप्त गरेको सुचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनी मै थुनेर राखेको श्रेष्ठले जानकारी दिए । यस्तो अबस्थामा थापालाइ नेपाल पठाउने उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमको सहयोगमा थापालाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी नेपाल पठाइएको छ । कोभिड १९ को खोप पनी नलगाएका उनीलाई पिसीआर गर्न एनआरएनए आरसीसी अलकासिमका सदस्य धन कुमार आचार्यले सहयोग गरेको कुरा आरसिसी अल कासिम सह सचिब सिद्धीलाल श्रेष्ठले जानकारी गराए ।

    Leave a Reply