
उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू –
१.
कविता
उत्कृष्ट सृष्टि
उच्च मनोबलको विकास !
२.
कविता
मनको भाव
प्राणी जीवनको लगाव !
३.
रचना
प्रकृतिको चित्र
प्रवेश ब्रह्माण्डको भित्र !
४.
कविता
कलमको मित्र
पस्किन्छन् भाव विचित्र !
५
कृति
भावनाको सृष्टि
अमर कविको चिनारी !
- सुस्मिता अधिकारी
काठमाडौँ