उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ५ भाद्र २०८०, मंगलवार २०:१५ मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –

    १.
    भदौरे
    घाम चर्को
    चिन्ता रोग शोकको !

    २.
    मकै
    पाक्ने याम
    पेटको अग्निमा आराम!

    ३.
    नाग
    मित्र प्रकृतिको
    डस्नु स्वभाव उसको !

    ४.
    जीव
    जन्तु पुजन
    आत्मियताको ज्वलन्त उदाहरण !

    ५.
    आगो
    पोल्नु नाश
    स्थलचर संरचनाको सत्यानास!

    ६.
    नमरी
    स्वर्ग देखिन्न
    भावीको लेखा मेटिन्न !

    ७.
    दृढता
    जनको आस्था
    स्वार्थी तस्कर नेता !

    ८.
    देश
    बेच्ने कला
    अन्ततः जीवन कठघरा !

    ९.
    पृष्टपोषण
    चारित्रिक शोषण
    अशान्त मनमा स्थिरता !

    १०.
    डङ्गुर
    पन्छ्याउने धोको
    घण्टी बजाउनेको खोजी!

    ११.
    आमा
    साटो मामा
    तीजमा पोलेका तामा !

    १२.
    बाबा
    छाहरी रुखको
    सदा बक्षस्थल सन्ततीको !

    • कमला देवक्कोटा, पाल्पा

    Leave a Reply