साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ३८

  • १४ श्रावण २०८०, आईतवार १३:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ ११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३८[ अठत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन


    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
         चित्रमा पञ्चाङ्ग


    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग:०१
    सागर   तटमा   मुस्कुराएर   बसेकी  हरित परी।
    कसैकाे प्रतिक्षामा त्याे परेली कसेकी हरित परी।
    लाग्छ  संसारकै सुन्दर दृश्य अन्त देखिदैन कतै,
    ढुङ्गा  हैन सजिव भै धर्तीमा  खसेकी हरित परी।
    कस्ताे  मेराे  पागल मन भित्र पसेकी हरित परी।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    पानी माथि जहाजको चाल हेर्दैछु।
    तलमाथि लहरा झै छाल हेर्दैछु।
    म पहाड शान्त बसेको देख्छौ होला,
    मै माथि विपत्तिको यो जाल हेर्दैछु।
    कस्तो होला भविष्य त्यो हाल हेर्दैछु।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग ::०३
    अक्षर-२२

    कति सुन्दर मानव आकृति भएको ठाउँ जानू जस्तै लाग्यो।
    हेर्दा तलाउमा सजिएको नाउँ खियाउदै लानु जस्तै लाग्यो।
    प्रकृतिले कहीँ कहीँ त कतिसम्म सुन्दर दिन्छ ठाउँ पनि,
    हेर्दा लाग्ने मनो महक दृश्यमा बसि केही खानु जस्तै लाग्यो।
    पत्थर,रुप,लुगा हेर्दा लोभ लाग्दो आफैले तानु जस्तै लाग्यो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    प्रकृतिको छटा हेर्दा लाग्छ विचित्र।
    यही बसी केही केर्दा लाग्छ विचित्र।
    प्रकृतिको अनुपम दृश्यलाई म,
    आफै अंगालोमा बेर्दा लाग्छ विचित्र।
    प्राकृतिले चाल फेर्दा लाग्छ विचित्र।
    ह्यारिस

    पञ्चाङ्ग:०५
    जिन्दगीमा एकपेट पनि राम्रो खान नपाएकी।
    वर्षमा  एकदिन  मावल  पनि  जान नपाएकी।
    आँसुकै सागरमा जीवन बिताएकी मेरी आमा,
    आमा भएर नि आमाको कहिल्यै मान नपाएकी।
    जिउँदो  रहँदा पनि  जीवनको  भान  नपाएकी।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    आमा तिम्रा सपना पूरा गर्दै छु।
    येन केन प्रकारेण अघि सर्दै छु।
    जीवनमा दुखसुख जे परे नि,
    शुरूमा आमाको चरण पर्दै छु।
    संसारमा त्यो तिम्रो नाम छर्दै छु।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७
    मलाई नबुझि तिमी सँधै गाली गर्छौ किन।
    तिम्रो नजिक नै हुन खोज्दा टाढा सर्छौ किन।
    गरिब र धनि त यहीँबाट छुट्टिदोरैछ।
    जति नै सम्झाउँदा मलाई आँखा तर्छौ किन।
    यहाँ गरिखाको देखेर रिसले मर्छौ किन।।
    कमला पाण्डे पराजुली झापा

    पञ्चाङ्ग:०८

    पानी माथि निदाए जस्तो गरि रहेछु म।
    मनमा शान्तिको आभास भरि रहेछु म।
    नेपाल आमाको मुहार हेर त यसमा,
    आजभोलि त जन्जलमा परि रहेछु म।
    दिनानु दिन उँधो उँधो झरि रहेछु म।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९

    समुद्रकाे वारी तटमा बसेकी राम्री परी भन्छु ।
    तनमा हरियो फरिया चाेली शृङ्गार धरी भन्छु ।
    मुहार छैन खुलेको पानी बाेक्ने बादल झै देख्दा ,
    रहस्यमय बसाइँ भयाे शाेकाएकी चरी भन्छु ।
    अनुमान मेरो गलत भए अहिल्यै सरी भन्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१०

    सागर  वारिबाट    हेर्छु   तिमीलाई ।
    त्यही  आई  मनैले  घेर्छु तिमीलाई ।
    जति   गहिरो भए नि  डुङ्गा छँदै छ ,
    मायाले  अँगालोमा  बेर्छु तिमीलाई ।
    समुन्द्र जस्तो दु;ख फेर्छु तिमीलाई ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली

    पञ्चाङ्ग:११

    मेरो भित्री मनको पीडा सुन्नै चाहेनौ।
    सागर सरी आँसु बगे थुन्नै चाहेनौ।
    डुङ्गा चढी हेर्न आउँछन् आँसुको ताल,
    म सँग त मायाको जाल बुन्नै चाहेनौ।
    हाम्रो त्यो प्रेमको हिसाब गुन्नै चाहेनौ।

    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१२

    प्राकृतिक तवरले झरेकी परी।
    अाफ्नै अस्तित्व बाेकेर परेकी परी।
    प्राकृतिक सुन्दरता कति राम्रो छ,
    समुन्द्रि सुन्दरतामा सरेकी परी।
    सुन्दरताकाे सुगन्ध छरेकी परी।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१३

    आज फेरि बसेको छु ।
    प्रेम बेरी बसेको छु ।
    तिमी नै मनको माया ,
    सुन्दा खेरि बसेको छु ।
    बाटो हेरी बसेको छु ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग :१४
    एक अनकन्टारमा कुनै देशकी परी छन्।
    निकट नदी नाउ देखी पारी तर्न झरी छन् ।
    गाउँ शहर  सुनसान  कसैको   पर्खाइमा तस्वीर कसैले नचिन्ने नै हरियो भरी छन्।
    ऊनी एक्लै कसरी पारी बाट वारि तरी छन् ।
               बेदु न्यौपाने
                  काठमाडौँ ❤️

    पन्चाङ्ग:१५
    अक्षर-१६

    फलेको बृक्षकाे हाँगाे झैँ गरि झुलेकी तिमी।
    लाग्छ संसारकाे सुन्दरतामा घुलेकी तिमी।
    ढुङ्गा आकृति पनि परी झैँ सुन्दर देख्दा ,
    समुद्रि तटमा कति पाे राम्रो खुलेकी तिमी ।
    वरिपरि हरियाली वस्त्रले  फुलेकी तिमी।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१६
    श्राप  भोग्न  शिला बसेकी।
    नदी   पारी   टिला  बसेकी।
    प्रकृति    सङ्ग   मिसिएर,
    खम्बा जस्तै किला बसेकी।
    तटमा   दाखिला   बसेकी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹

    पञ्चाङ्ग:१७

    ढुङ्गामा कुदुएकि सुन्दर नारी चित्र तिमी।
    हरियो वस्त्रमा लगाएको सारी भित्र तिमी।
    कला र कौशलमा  कुदिएको  मनमोहक,
    दृश्यहेर्दा लाग्छ मस्त निद्रामा बिचित्र तिमी।
    बोलाउँदा उठछौकि जस्तोलाग्ने मित्र तिमी।

    सीता शर्मा पन्थी
    विरगञ्ज पर्सा

    Leave a Reply