
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[
[१]
जिन्दगी
तुइनको भर
मेटेर मनको डर !
- वसन्त अनुभव
[२]
तुइन
जीवनको सेतु
चुँडिए खतराको बाटो !
- आर्त अकुलीन, कैलाली
[३]
तुइन
झुन्डिएको तार
डोरिमा झुन्डिएर वारपार !
टीकाराम पुन टिपु, सल्यान
[४]
तुइन
चल्छ सरर
कत्ती नपर्नु भर !
- चेतन खनाल, दाङ
[५]
तुइन
गरेर वारपार
चुुडिन्छ जिन्दगीको तार।
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा-३,काभ्रे
[६]
तुइन
जीवनकाे तार
कहिले चुडिन्छ त्रास !
- गङ्गा अभिलाषी
[७]
यात्रा
तुइनको सहारा
जिन्दगी उत्तिकै जोखिम !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[८]
तुइन
फलामको तार
त्रासमा गर्छ वारपार !
- बेदु न्यौपाने, काठमाडौँ
[९]
प्राण
झुन्डिएको तार
कहिले चुडिन्छ बार ।
- भवानी घिमिरे, सर्लाही
[१०]
बाध्यता
मरेर पनि
मानिसको जिउने रहर !
- सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
[११]
कहालीलाग्दो
दोसाँधमा तन
डोरी जस्तै जीवन !
- प्रेम थापा ‘मन’, बागलुङ
[१२]
डोरी
ज्यान जोखिम
मोलेर जिवन भरी !
- सरिता सेढाइ, धादिङ
[१३]
तुइन
फलामे डोरो
दृश्य देख्दा एकोहोरो !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा, संखुवासभा
[१४]
तुईन
मृत्यु कमारा
डोरी मान्छेको सहारा !
- डुकछिरिङ लेपचा
मिरिक -भारत
[१५]
जिन्दगी
तारमा अल्झेको
पटक पटक बल्झेको !
- घनश्याम नौडेल, पोखरा
[१६]
तुइन
जिन्दगीको तार
गर्नुपर्ने दैनिक वारपार !
- सम्झना थापा मगर
[१७]
जिन्दगी
बाँच्नलई सङ्घर्ष
कष्टकर तुइनको यात्रा !
- मङ्गला उपाध्याय, बारा
[१८]
तुइन
हत्केलामा ज्यान
जाँदैन सरकारको ध्यान !
- यानेन्द्र जोशी
[१९]
तुइन
तल खाडी
ज्यान जोखिम पारी !
- धनमाया चौधरी, कैलाली
[२०]
मर्न
निडर छाैँ
नेपाली जनता हाैँ
- निरज कोइराला, इटहरी
[२१]
यात्रा
जिन्दगीको बाटो
कहिल्यै नहोस् फाटो !
- गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौ
[२२]
तुइन
यताउता झाडी
यात्रा जोखिम पारी !
- चक्र शाही, लम्की, कैलाली
[२३]
बाध्यता
चुनौतिको यात्रा
प्रविधिको सधै जात्रा !
- ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[२४]
तुइन
बाध्यताको यात्रा
जीवन नहोस् खतरा।
- तोयानाथ चापागाईं
दमक, झापा
[२५]
जिन्दगी
तुइनको यात्रा
सहज कतै खतरा !
- म्यामराज राई
[२६]
जिन्दगी
कसैको धारमा
नेतृत्व कमाउने हतारमा !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२७]
तार
नादान सरकार
नदी तर्ने आधार !
- विवश पारदर्शी, झापा
[२८]
जीवन
डोरीको भर
बहादुर महिला निडर !
- दुर्गा अधिकारी भमरकोटे
[२९]
प्रदेश
संघीयताको उपहार
घर घरमा सिंहदरबार !
- पशपती राई, खोटाङ
[३०]
कमजोरी
बजेट सोरी
विकास नामक डोरी !
- अच्युत घिमिरे, भुटान
[३१]
विकास
नारामा सिमित
तुइनमा झुण्डिएको जीवन !
- कण्ठराज गिरी, काठमाण्डु
[३२]
निर्भिकता
नेपाली गुण
प्रकृति पहिलाे पाठशाला !
- टीकाराम जाेशी, टीकापुर
[३३]
तुइन
पुलमा डोरी
आऊ तारिदिन्छु छोरी !
- बुद्धिप्रसाद सापकोटा
गैँडाकोट-७,नवलपुर
[३४]
तुइन
जिउने सहारा
कहिले चुडिन्छ अनभिज्ञ !
- त्रिलोक रामदम
[३५]
तुइन
चढेर यात्रा
जाँदैछ ज्यान जोखिममा !
- सुशिला पौडेल
[३६]
जङ्घार
जीवनको तर्ने
भर त्यान्द्रोको पर्ने !
- मधुसुदन शर्मा
[३७]
हुन्थ्यो
नुहाउनु खै
साबुन छाडियो घरमै !
- युगल त्रिन
[३८]
जिन्दगी
बगेको पानी
झुन्डिएर रहेको जीन्दगानी !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[३९]
सरकार
मरेको देशमा
जनता मृत्युको मुखमा !
- नन्दलाल आचार्य, सिद्धार्थ टोल, उदयपुर
[४०]
बाँदर
शासन देशमा
तस्बिर देखिन्छ तुइनमा !
- नारायण कोइराला, तानसेन, पाल्पा
[४१]
कठै
झुटको खेती
जिन्दगी तुइनको नेती !
- रमा पन्त, पाल्पा
[४२]
अफ्ट्यारो
अव्यवस्थित बाटो
जनतालाई धेरै घाटो !
- अम्विका अधिकारी
झापा, विर्तामोड
[४३]
जिन्दगी
तुइनकाे यात्रा
बनेको छ खतरा !
- राज कुमार राजभण्डारी “‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[४४]
पुल
पुग्नुपर्ने नदीपारी
बिजोग नेपाली नरनारी !
- तोया घिमिरे, शंङ्खमुल, काठमाडौँ
[४५]
सरकार
लाचारी भएसी
तुइन नै पुल !
- गीता खनाल
तिलोत्तमा न.पा.-१५, रुपन्देही
[४६]
मन
कठोर हुने
नदीमा लामो तुइन !
- बि के विरही, टीकापुर, कैलाली
[४७]
दु:ख
कर्णाली सुदुरका
राज्य मौनतामा ढुक्क !
- साहित्य प्रेमी सलिन
[४८]
हाम्रो
नियति चाम्रो
नेताले छाडेको माम्रो !
- लक्ष्मी रिजाल
कञ्चनरूप-१२, रूपनगर, सप्तरी
[४९]
वर्षा
छैनन् पुल
बढेर गए मूल !
- तेजप्रसाद खनाल, दाङ।
[५०]
यात्रा
खोलाको डर
तर्न तुइनको भर !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५१]
बाध्यता
भएन सुधार
हाम्रो देशको अवस्था!
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[५२]
यात्री
तुइन यात्रा
तर्न भाे महाजात्रा !
- राेशन पराजुली, धरान
[५३]
रहर
होइन बाध्यता
खतरा तुइन यात्रा !
- मङ्गला उपाध्याय, बारा
[५४]
जिन्दगी
सङ्घर्षपूर्ण यात्रा
कहिलेसम्म तुहिनको भर !
- वासुदेव ज्ञवाली
पाल्पा, तानपा -१, ध्रुवघाट
[५५]
जिन्दगी
यात्रा तुइनको
भर छैन जुनीको !
- दुर्गा भट्टराई, मोरङ
[५६]
सङ्घर्ष
बिकट जिल्ला
तुइनको भरमा जीवन !
- दुर्गा आचार्य, मोरङ
[५७]
बन्दैन
किन पुल
ट्वाल्ल नहेरौँ भन्दैन !
- जमुना आचार्य
[५८]
यात्रा
तुइनको भर
कहाँ छ सरकार ?
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा, हाल: बर्दिया
[५९]
जीवन
तुइनको यात्रा
हत्केलामा प्राण जनको !
- इन्दिरा देवकोटा
कपिलवस्तु नपा-३
[६०]
तुइन
नागरिकको पीडा
दैनिक कष्टकर यात्रा !
- समुन्द्रा शर्मा, सुनसरी
[६१]
बाध्यता
करको जिन्दगी
मारेर मनको रहर !
- रुपा गौतम, बारा, मधेस प्रदेश
[६२]
बाटो
तुइन डोरी
बुद्धि नभएका तोरी !
- सविता के.सी.
[६३]
वर्षा
तुइनको बाटो
आखिर कष्टकर जीवन !
- कविता आचार्य, कैलाली
[६४]
बाध्यता
साउने भेल
भाग्यको नराम्रो खेल !
- शारदा गौतम आचार्य, ललितपुर
[६५]
तुईन
जीवन मृत्यु
उर्लँदो भेल सत्रु !
- जमुना कायस्थ, पोखरा
[६६]
तुइन
जिन्दगीको धागो
नटुटुन्जेल ढुक्कले तरौँला !
- होम प्रसाद
धरान, सुनसरी
[६७]
नेपाल
पहाडी मुलुक
तुइन ज्यानहरण यात्रा !
- प्रद्युम्न चालिसे, भक्तपुर
[६८]
जीवन
तुईनको बाटो
सहयोगी मनै फाटो !
- मिलन के. सी.(थापा), पोखरा
[६९]
जीवन
दुई धारको
जीवन मरण दोसाँधको !
- कमला देवकोटा, पाल्पा
[७०]
तुइन
जीवन यात्रा
जीवनकै छैन भरोसा !
- सुमित्रा पोखरेल, काठमाडौं
[७०]
सरकार
नहुदाँ विकास
जिन्दगी तुइनमा त्रास !
- श्रद्धा आचार्य, पोखरा
[७१]
दृश्य
बाटो नभएको
तुइनको सहायता लिएको !
- रिता खराल, रुपन्देही
[७२]
तुइने
सपनाहरू तुइनमै
वर्षे भेलमा चुँडिएर !
- बाबुराम आचार्य, धनगढी
[७३]
तुइन
फुस्केको देशमा
बाढीले बगाएको मान्छे !
- डा. देवी पन्थी
[७४]
हैट
डर लाग्दो
तुइनको जीवन यात्रा !
- तिला लेकाली