साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-११२

  • ३० असार २०८०, शनिबार १८:३७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    भानुभक्त
    नेपाली आदिकवि
    भाषा साहित्यका रवि !

    • वसन्त अनुभव, दाङ

    [२]
    भानु
    महिमा अनुपम
    साहित्यमा थुप्रो योगदान !

    • सुरेशकुमार पाण्डे, दाङ, घोराही

    [३]
    नेपाली
    शिर हाम्रो
    देशको अमिट छाप !

    • डुकछिरिङ लेपचा, भारत, दार्जिलिङ

    [४]
    भानुभक्त
    महिमा अपार
    नाम अटल अमर !

    • धनमाया चौधरी, कैलाली

    [५]
    भानु
    नेपाली साहित्यका
    एक प्रखर व्यक्ति !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [६]
    भानु
    घाँसीको अर्ती
    रामायण नमो नम: !

    • किशोर खनाल
      तानसेन-१,पाल्पा

    [७]
    भानु
    चम्किला तारा
    आखिरी सबैका प्यारा !

    • आर्त अकुलीन, कैलाली

    [८]
    भानु
    घाँसीबाट प्रेरित
    नेपाली साहित्यको छानु !

    • पशपती राई, खोटाङ

    [९]
    भानु
    सदैव रहनेछौ
    नेपाली भाषाका ध्रुवतारा !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [१०]
    भानुभक्त
    कवि शसक्त
    सामाजिक आदर्श दृष्टान्त !

    • निरज कोइराला, इटहरी

    [११]
    प्रणेता
    आदिकवि भानु
    साहित्यको फाले गानो !

    • ऋजु दिल्पाली, इटहरी-१, सुनसरी

    [१२]
    प्रेरणा
    घाँसीबाट पाएका
    साहित्य क्षेत्रमा उदाएका !

    • सावित्री अधिकारी, काठमाडौँ

    [१३]
    आदिकवि
    नेपालका रवि
    उठाए साहित्यकाे छवि !

    • ईश्वर लामिछाने, धरान

    [१४]
    रामायण
    साहित्यका महारथी
    भानुभक्त हुन आदिकवि !

    • पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
      पनौती-३, काभ्रे

    [१५]
    भानुभक्त
    काव्यका सशक्त
    साहित्यका अमूर्त रक्त !

    • टिकाराम पुन टिपु, सल्यान

    [१६]
    आदिकवि
    नेपाली भाषामा
    दियौ अमर कृती !

    • समुन्द्रा शर्मा, सुनसरी

    [१७]
    भानु
    साहित्यका रवि
    प्रेरणाले उदाएका कवि !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [१८]
    सारा
    उदाए साहित्यमा
    भानु सबैका प्यारा !

    • सरस्वती वली, बर्दिया, नेपाल

    [१९]
    कवि
    पहिलेका शसक्त
    अहिलेका चाहिँ परित्यक्त !

    • नन्दलाल आचार्य, उदयपुर

    [२०]
    आदिकवि
    बनाए छवि
    नेपाली कविका रवि !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [२१]
    भानु
    साहित्यका तारा
    जनका मनमा बसेका !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३

    [२२]
    महिमा
    भानुभक्तको गरिमा
    नेपाली साहित्यको उत्थान !

    • होमप्रसाद नेउपाने, धरान, सुनसरी

    [२३]
    भानुभक्त
    नेपालका तारा
    नेपाली भाषा एकीकरण !

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [२४]
    आदिकवि
    भानुभक्त जयन्ती
    लाेकप्रिय नेपाली रामायण !

    • नवराज भट्ट, कञ्चनपुर

    [२५]
    आदिकवि
    नेपाली साहित्याकाशमा
    भाषिक एकीकरणका रवि !

    • कण्ठराज गिरी, काठमाण्डु

    [२६]
    रामायण
    संस्कृतमा रहेको
    भरे नेपालीमा प्राण !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [२७]
    भानुभक्त
    साहित्यका बीज
    फैलियाे नेपालमा सशक्त !

    • यशोदा सुवेदी ‘यसु’
      धरान, सुनसरी

    [२८]
    भानु
    चम्किला तारा
    नेपाली साहित्यका सहारा !

    • चेतन खनाल, दाङ

    [२९]
    भानुभक्त
    रामायण अनुवादक
    आदिकवि नेपाली सशक्त !

    • पुस्पा सायरा, विराटनगर

    [३०]
    भाषिक
    एकताका कवि
    साहित्य क्षितिजका रवि !

    • परमेश्वरराज कार्की, कैलाली

    [३१]
    रवि
    नेपाली भाषामा
    उनको ठुलो छवि !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [३२]
    भानु
    उदायौ नेपालमा
    गोड्यौ साहित्यको बगैँचा !

    • त्रिलोक रामदाम, सिद्धार्थनगर-८, रुपन्देही

    [३३]
    उज्यालाे
    भाषा सारथि
    आदिकवि ज्ञानकाे ज्याेति !

    • राेशन पराजुली

    [३४]
    भानुभक्त
    असल संस्कार
    हर घरघरमा रामायण !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [३५]
    भानु
    रामायण लेखी
    ज्ञान बाँड्यौ सारा !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३६]
    भानुभक्त
    चर्चा सर्वत्र
    साहित्यका उदयमान नक्षत्र !

    • प्रभादेवी पौडेल, चितवन

    [३७]
    भानुभक्त
    निर्मल नक्षत्र
    बिख्यात् छन् सर्वत्र !

    • तोयानाथ चापागाईं
      दमक, झापा, नेपाल

    [३८]
    महान
    भानुभक्त कवि
    चिनाए अमुल्य छवि !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [३९]
    भानुभक्त
    भाषा फैलाएर
    विश्वमा नेपाल चिनाएका !

    • रमा पन्त, पाल्पा

    [४०]
    भानुभक्त
    रामायणका रचयिता
    नेपाली साहित्यमा पोख्त !

    • विवस पारदर्शी, झापा

    [४१]
    भानुभक्त
    तीक्ष्ण बुद्धिका
    एउटा सशक्त कवि !

    • शेाभा आचार्य गाैतम, काठमाडौँ

    [४२]
    भानु
    साहित्यका सारा
    एउटा चम्किला तारा !

    • बेदु न्यौपाने, काठमाडौँ

    [४३]
    भानु
    रामायणका तारा
    भएका सबैका प्यारा !

    • दुर्गा आचार्य, मोरङ

    [४४]
    भानु
    आँगनमा आएका
    खोलेर पूर्वको द्वार !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    [४५]
    रामायण
    भानुको समर्पण
    नेपाली भाषिक एकीकरण !

    • तोया घिमिरे
      शङ्खमूल, काठमाडौँ

    [४६]
    आदिकवि
    घाँसीबाट प्रेरित
    पुस्तक रामायण चर्चित !

    • श्रद्धा आचार्य, पोखरा

    [४७]
    भानुभक्त
    आए सशक्त
    साहित्य जगतै पोख्त !

    • जमुना कायस्थ, पोखरा

    [४८]
    वाल्मीकि
    रामायणलाई सरल
    बनाउने भानुभक्त अमर !

    • मङ्गला उपाध्याय, बारा

    [४९]
    एकता
    भाषिक एकीकरण
    आदि कविको महानता !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [५०]
    खुसी
    नेपाली भाषी
    भानुभक्तकाे रामायण पाएसी !

    • टीकाराम जाेशी, टीकापुर

    [५१]
    भानु
    साहित्यमा खरो
    भाषाका मूल जरो !

    • मिलन के. सी.(थापा ), पोखरा

    [५२]
    आदिकवि
    साहित्य लेखेका
    रामायण अनुवाद गरेका !

    • रिता खराल, रुपन्देही

    [५३]
    भानु
    भाषाका पुजारी
    भाषिक एकताका पिता !

    • चन्द्रावती अधिकारी
      काेहलपुर, बाँके

    [५४]
    माेती
    चम्काए भानु
    साहित्य आकाशका रानु !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [५५]
    भानुभक्त
    मृदुभाषी साहित्यकार
    नेपाली छविका अभिभार !

    • अम्विका अधिकारी
      झापा, विर्तामोड

    [५६]
    भानु
    साहित्यकार कवि
    छाडे अनेकौँ छवि !

    • सहयात्री शाेभा अर्याल
      बुटवल, रुपन्देही , नेपाल

    [५७]
    भानुभक्त
    साहित्यका मोती
    सुरम्य कलामा सशक्त !

    • शारदा गौतम आचार्य, ललितपुर

    [५८]
    भानु
    साहित्यका आदिकवि
    नेपाली भाषाका रवि !

    • कल्पना पहाडी, सिन्धुली

    [५९]
    भानु
    साहित्यका रारा
    भाषा संस्कृतिको ध्रुवतारा !

    • राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [६०]
    भानुभक्त
    पहिलो महाकाव्य
    लोकप्रिय रामायण आदर्श !

    • पं. ज्यो. तोयनाथ सुवेदी
      हेटौंडा -८, कमाने, मकवानपुर

    [६१]
    भानु
    साहित्यका अग्रज
    नेपाली भाषिक धरोहर !

    • कविता आचार्य, कैलाली

    [६२]
    आदिकवि
    भावका छवि
    नेपाली साहित्यका रवि !

    • अच्युत घिमिरे, भुटान

    [६३]
    भानु
    हुन खोजे
    भयो घमण्ड चकनाचुर !

    • देवी पन्थी

    One thought on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-११२

    Leave a Reply