साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १११ सम्पन्न

  • २३ असार २०८०, शनिबार १९:०४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १११ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १११ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    यात्रा
    हिलाम्मे बाटो
    चिप्लो नेपाली माटो !

    • वसन्त अनुभव

    [२]
    विकाश
    हिलाम्मे बाटो
    नेताले भाषण छाँट्यो !

    • रमा पन्त, पाल्पा

    [३]
    बाटो
    हिलो आहाल
    सवारी साधनको काल !

    • भवानी घिमिरे, सर्लाही

    [४]
    सडक
    हिलाम्य भयो
    बजेट कता गयो ?

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [५]
    बाटो
    खन्छ बनाउँछ
    विकास गरें जनाउँछ !

    • सरिता सेढाई, धादिङ

    [६]
    वर्षा
    चिप्लो बाटो
    चौतर्फी हिलाम्मे माटो !

    • बेदु न्यौपाने, काठमाडौँ

    [७]
    यात्रा
    सडकको गति
    हुन्छ ज्यानको क्षति !

    • पूर्णबहादर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा-३, काभ्रे

    [८]
    बाटो
    हिॅउदमा धुलो
    बर्षामा अति हिलो !

    • घनश्याम पौडेल, पोखरा

    [९]
    भ्रष्टाचार
    हिलाम्मे बाटो
    लज्जित देशको माटो !

    • यानेन्द्र जोशी
      पहलमानपुर, कैलाली

    [१०]
    बाटाेमा
    हिलै हिलाे
    अषाढ महिना भरिमा !

    • नवराज भट्ट, कञ्चनपुर

    [११]
    नाली
    नभएको कतै
    बाटो विकास जताततै !

    • किशोर खनाल ‘अनुपम’
      तानसेन १, पाल्पा

    [१२]
    सडक
    हिलाेकाे राज
    यात्रुकाे सधैँ बिचल्ली !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [१३]
    असार
    चारैतिर वर्षा
    हिलोमा हराएको हर्ष !

    • आर्त अकुलीन, कैलाली

    [१४]
    विकास
    बजेट निकास
    भ्रष्टाचार मात्र खास !

    • म्यामराज राई, भोजपुर

    [१५]
    अन्यौलता
    छलछाम मात्र
    कठिन जीवनको यात्रा !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [१६]
    बजेट
    राजनीतिक खिचातानी
    सास्ती निमुखा जनता !

    • प्रभा देवी पौडेल, चितवन

    [१७]
    रहर
    कुदाउने मोटर
    भेटियो हिलोको जहर !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१८]
    विकास
    असारे भेल
    अदूरदर्शी विकास परिणाम !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [१९]
    वर्षा
    अवरुद्ध बाटो
    सकिदै विकाशको साटो !
    टीकाराम पुन ‘टिपु’, सल्यान

    [२०]
    बजेट
    पैसा गोजीमा
    विकास देखावटी खोजीमा !

    • अम्बिका अधिकारी
      झापा, विर्तामोड

    [२१]
    विकास
    हिलाम्मे सडक
    जनता दुर्घटनाको शिकार !

    • देवकी केसी

    [२२]
    असाढ
    हाडीगाउँको यात्रा
    यात्राको असारे जात्रा !

    • मनाेज थापा, कैलाली

    [२३]
    वर्षात्
    स्वार्थपुर्ण विकास
    कठिन भाैगाेलिक यात्रा !

    • नारायणप्रसाद उपाध्याय , कैलाली

    [२४]
    वर्षा
    हिलाम्मे बाटो
    यात्रा गर्नमा सकस !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२५]
    झरी
    बाढी पहिराे
    बाटाेकाे अवस्था नाजुक !

    • श्रद्धा आचार्य, पोखरा

    [२६]
    सडक
    डोजरे विकास
    भ्रष्टाचार गर्ने योजना !

    • पशपती राई, खोटाङ

    [२७]
    यात्रा
    कठिन हेर
    हिलो बाटोमा धेर !

    • मङ्गला उपाध्याय, बारा

    [२८]
    भूगोल
    उकाली ओराली
    विकास बजेटले उप्किँदो !

    • कमला देवकोटा, पाल्पा

    [२९]
    यात्री
    दलदले बाटो
    भीषण कठीन गन्तव्य !

    • वासुदेव ज्ञवाली, तानपा-१, ध्रुवघाट, पाल्पा

    [३०]
    यात्रा
    पहिरोको डर
    बिकास बिदेशीको भर !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    [३१]
    बाटो
    अदूरदर्शी विकास
    सुविधाको गलत प्रयोग !

    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली

    [३२]
    समृद्धि
    असारे विकास
    जनता सधैँ निराश !

    • बलराज गिरी, कैलाली

    [३३]
    विकास
    डोजर आतङ्क
    गरेर पर्यावरण भङ्ग !

    • राम न्यौपाने, घोडाघोडी, कैलाली

    [३४]
    हिलाम्मे
    बाटो गाउँमा
    रोपाइँ गर्ने ठाउँमा !

    • दुर्गा अधिकारी ‘भमरकोटे’

    [३५]
    बाटो
    भल पहिरो
    बिकट हिलाम्य माटो !

    • विवश पारदर्शी, झापा

    [३६]
    बाटो
    असार महिनाको
    ध्यान जाओस् नेताको !

    • धनमाया चौधरी, कैलाली

    [३७]
    राजनीति
    हिलोमा डुबेर
    झन्डै नचिन्ने भएको‌ !

    • देवी पन्थी

    [३८]
    वर्षा
    उर्लेको पहिरो
    मनमा पिर गहिरो !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [३९]
    बाटो
    हिलोको भेल
    सवारी साधन ठेलमठेल !

    • सरिता काफ्ले, कोहलपुर-८, पिपिरी, बाँके

    [४०]
    भूक्षय
    हिलाम्य बाटा
    बल्झिरहे घाउका खाटा।

    • बाबुराम आचार्य, धनगढी, कैलाली

    [४१]
    विकास
    बाटो पैदलको
    रहर मोटर साइकलको !

    • तोया घिमिरे, शङ्खमूल, काठमाडौँ

    [४२]
    झरी
    परेर अति
    हिलाम्मे भो कति ?

    • साहित्य प्रेमी सलिन

    [४३]
    हिलाेमाटो
    उपयुक्त वर्षा
    सबैको कठिन यात्रा !

    • मीना देवकाेटा, सर्लाही

    [४४]
    हिलो
    सरकारले गरेको
    दूरदर्शिता विकासको पिलो !

    • दुर्गा आचार्य, मोरङ

    [४५]
    जन्मेको
    ठाउँमै आएकोे
    माटोसँगै प्रित लाएको !

    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी

    [४६]
    गोेरेटो
    सवारी साधन
    खतरामा पर्छ जीवन !

    • होम प्रसाद
      धरान, सुनसरी

    [४७]
    बाटो
    हिलाम्मे असारमा
    नहिँडौँ मोटर सवारमा !

    • शारदा गौतम आचार्य, ललितपुर

    [४८]
    गरिब
    देशै गरिब
    नेता भए हरिप !

    • जमुना कायस्थ, पोखरा

    [४९]
    हिलाम्मे
    वर्षाको बाटो
    साधन भएर आजित !

    • सोमनाथ लुइटेल ‘रबि पाल्पाली’

    [५०]
    यथार्थ
    असारे बाटो
    विकास नेतालाई कमिसन !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [५१]
    विकास
    मनमा फोहोर
    प्रत्येक पटक पहिरो !

    • कविता आचार्य, कैलाली

    [५२]
    डगर
    एक सफर
    अनेक अनेक रहर !

    • सागर कुस्मी, कैलाली

    [५३]
    हिलेदुरुहता
    अविवेकी यात्री
    द्रुत लक्ष्यको आकाङ्क्षा !

    • कण्ठराज गिरी, टीकापुर

    [५४]
    बजेट
    कता गयो
    जनतालाई सास्ती भयो !

    • तेजप्रसाद खनाल, दाङ

    [५५]
    विकास
    हिलाम्य पथ
    जोखिम जीवन यात्रा !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३

    [५६]
    विकास
    अभावकाे आभाष
    बाटाे घाटाे सत्यानास !

    • राेशन पराजुली, धरान

    [५७]
    चुनाैती
    सहर्ष स्वागत
    आफ्नाे माटाेकाे माया!

    • टीकाराम जाेशी, टीकापुर

    [५८]
    असार
    खेतीको समय
    गाडीको यात्रा असान्दर्भिक !

    • त्रिलोक रामदाम, सि.न.न.पा.-८, भैरहवा

    [५९]
    आश
    मुखको विकास
    ज्यान जोगाउन त्रास !

    • अच्युत घिमिरे, भुटान

    धन्यवाद

    One thought on “साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १११ सम्पन्न

    Leave a Reply