विनेसामको दाङ शाखा गठन; अध्यक्षमा सुरेशकुमार पाण्डे

  • २९ असार २०८०, शुक्रबार ०८:०६ मा प्रकाशित
  • विश्व नेपाली साहित्य महासंघको दाङ शाखा गठन गरिएको छ । जसको अध्यक्षमा साहित्यकार सुरेशकुमार पाण्डे रहनुभएको छ ।

    हिजो असार २८ गते २१०औँ भानुजयन्तीको अवसर पारेर  विनेसाम नेपाल शाखाको मूल आयोजनामा आयोजित कार्यक्रममा दाङ शाखाको घोषणा गरिएको थियोे ।

    भर्चुअल रूपमा आयोजित कार्यक्रममा दाङ शाखाको घोषणा गर्दै विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले दाङ शाखा घोषणा गर्न पाउँदा अत्यन्त खुसी लागेको भन्दै नव गठित कार्यसमितिलाई कार्य सफलताको शुभकामना प्रकट गर्नुभएको थियोे ।

    नवगठित विनेसाम दाङ शाखाका पदाधिकारीहरूमा सुरेशकुमार पाण्डे (अध्यक्ष), रेशम बि. सी.(उपाध्यक्ष), वसन्त अनुभव (सचिव), नागेन्द्रप्रसाद यादव (उपसचिव), वीना रोका (कोषाध्यक्ष), काशिराम जि.एम. (सदस्य), म्याटर कपाली (सदस्य), चेतन खनाल (सदस्य), सुनिता आचार्य पाण्डे (सदस्य) र शर्मिला गिरी (सदस्य) रहनुभएको छ । ११ सदस्यीय कार्यसमितिमा एकजना सदस्य पद भने पछि पूर्ति गर्नेगरी रिक्त राखिएको छ ।

    घोषणापछि कार्यक्रममा नवगठित दाङ शाखा कार्यसमितिका अध्यक्ष सुरेशकुमार पाण्डेले विनेसामको अभिन्न अङ्ग बन्न पाएकोमा खुसी व्यक्त गर्दै सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

    Leave a Reply