पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ५३

  • १० श्रावण २०८०, बुधबार २१:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिपनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५३ (त्रिपन्नौं) ————————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०४/०८ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    राम्रो सम्बध त जुटाउनु छ।
    देखावटी माया टुटाउन छ।
    मानिसको ब्यबहार देख्दा त,
    जिन्दगी भर नै छुटाउनु छ।
    कुरौटे टाउको फुटाउनु छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    सुन मेरो कुरा अझै मन गलेको छ आज।
    दिल पनि आज किन किन जलेको छ आज।
    अचानो बन्यो मेरो मुटु साट्न सकिन पीडा ,
    मुटु पनि किन सुस्त सुस्त चलेको छ आज ।
    उनकै कुराले यो हृदय बलेको छ आज ।

    ✍️सोमनाथ लुइटेल रवि पाल्पाली” पाल्पा
    हाल :- बर्दिया ।

    पञ्चाङ्ग:०३
    अन्जान भएर नै गरेको कर्म भोग्दैछु आज।
    खै कसरी छुट्याउने पाप धर्म भोग्दैछु।
    धनी न गरीब जीवनको त्यो कर्म भोग्नै पर्छ,
    मानव भएको नामको त्यो सर्म भोग्दैछु आज।
    आफैँले गरेको कामको हो मर्म भोग्दैछु आज।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०४
    अक्षर१६

    देशभक्तको देशका लागि तन मन हुन्छ।
    देशको अघात मायाँ माटो हाम्रो धन हुन्छ।
    दुष्टले देशलाई कब्जा गर्ने कोसिस गर्दा,
    दुश्मन सँग नै सधै हाम्रो भनाभन हुन्छ।
    चुप नलागौं अब त चिन्ता जनजन हुन्छ।
    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:०५
    रातदिन नभनी काम गर्नु छ।
    भोको पेट संघर्ष गरि भर्नु छ।
    मानिस मानिसको फरक देख्दा,
    सबैको हृदयमा खुसी छर्नु छ।
    भएका दुःखी आत्म जति हर्नु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    मायाको डोरो कसैले नबाटे आफैँ बाटिँदो रहेछ ।
    झिना मसिना कुरा नढाँटे तापनि ढाटिँदो रहेछ ।
    तीतो कुरालाई चाख्दै नचाख्ने मानवीय स्वभावमा ,
    मिठो पाए हात चाट्यो भाँडो समेत चाटिँदो रहेछ ।
    कसैले च्वास्स भन्दा झट्ट आफ्नो चित्त काटिँदो रहेछ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७

    स्वास्थ्यकाे लागि अर्गानिक माग बढी छ।
    खाद्यान्न वस्तुमा विषादी भाग बढी छ।
    कहाँ पाउनु खै जमिन बस्तीले ढाक्याे,
    जुनै तरकारी रङको राग बढी छ।
    भाेग्नु पर्दा नागरिकमा अाग बढी छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०८
    भाग्यमा जे जे लेखेकाे छ यही पाइने रहेछ।
    दु:ख परेेपछि नमिठाेे पनि खाइने रहेछ।
    जीवन बिताउन त्यति सजिलाे कहाँ छ यहाँ,
    पेट भर्नकाे अनेक ठाउँमा धाइने रहेछ।
    स्वार्थकाे लागि त नजाने पनि गाइने रहेछ।
    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०९
    अक्षर-१७

    यहाँ वृक्ष काटि सबै उजाड बनायो दैवले।
    बाढी पहिरो आई खेतबारी हनायो दैवले।
    समयको घडी साथमा हुदा खेरि पनि यहाँ
    भए भरको दु:ख पीडा सबै खनायो दैवले,
    पीडामा यस्तै भो जीवन भन्ने जनायो दैवले।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१०
    उमेरले काम गर्ने जाँगर हराई दियो।
    समयले कसो गर्छ भनेर डराई दियो।
    आखिरमा पर्खदैन कसैलाई पनि यस्ले,
    बिनासित्तै आशंका मात्रै बढी गराई दियो।
    आलो घाउमाथि नुनखुर्सानी छराई दियो।

    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:११

    तिमीले आफ्नो अधिकार त चलाउन सक्छौ।
    अधिकार चलाएर सत्ता ढलाउन सक्छौ ।
    तर तिमीले फेर्ने सास त आफै उडि जान्छ,
    सास गएपछि मुर्दालाई जलाउन सक्छौ।
    अथवा जमिनमा गाडेर गलाउन सक्छौ ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:१२

    दैव लागेथ्यो थाहा थिएन सयो कुन बाटो।
    कर्म यो सहज पार्न खोज्दा भयो कुन बाटो।
    जानीनजानी किन फेरेछु सोच्छु घरीघरी,
    त्यो आत्माले त बुझेको छ नि लयो कुन बाटो
    देख्नेका लागि भएन भन्छन् गयो कुन बाटो ।

    जमुना आचार्य

    पञ्चाङ्ग:१३

    माया थिएन भने किन आँखामा खिलायाै तिमीले।
    छिया छिया भै फाटेकाे मनलाई सिलायाै तिमीले।
    कपटी रहेछ तिम्रो त चाल बुझ्नै सकिन मैले,
    मनभित्र पसी अनेक भराेसा दिलायाै तिमीले।
    देखायाै अमृत तर जहरनै पिलायाै तिमीले।

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:१४

    आज तिम्रो नाममा व्रत बसेकी छु।
    तिम्रो मन मुटुमा म त पसेकी छु।
    भगवान मेरो आयु नि थपि दिनु है,
    भगवानको नजरबाट खसेकी छु।
    प्रभु तिमीलाई मनमा कसेकी छु।
    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१५
    तिमीले माया मारेर के भो ?
    मलाई एक्लो पारेर के भो ?
    सक्छु बाँच्न तिमी बिना पनि,
    छेकेर बार बारेर के भो ?
    बसाइँ अन्तै सारेर के भो ?
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    Leave a Reply