
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बाउनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५२ (बाउन्नौं) ————————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०४/०१ गते
भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१
हातमा हात मिलाएर अघि बढ्नु छ।
फाटेको मन सिलाएर अघि बढ्नु छ।
दुःख र सुख एक अर्कोको सारथी हुन्
दुःखमा हाँसो पिलाएर अघि बढ्नु छ।
परेको दुःख जिलाएर अघि बढ्नु छ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
अक्षर-१८
सागर आँखामा छ मेरो तलाउ किन चाहिन्छ र?
मनैदेखि झन्कार छ त चलाउ किन चाहिन्छ र?
सारथि बनि हिडने जुवानै भाचियो जिन्दगीको
हिलोमा गाडिएको लाई थलाउ किन चाहिन्छ र ?
जीवनमा थकेकोलाई गलाउ किन चाहिन्छ र?
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
कतै शब्दले मन छुन्छ तिम्रो ।
कतै भावले मन रुन्छ तिम्रो ।
यस्तै हुन्छ जिन्दगीमा कहिले ,
कस्ले मनको कुरा सुन्छ तिम्रो ।
तगारो हाल्ने जाल बुन्छ तिम्रो ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
समपञ्चाङ्ग :१
१.
गन्थन् लौ कति हो गर्न सकेको।
प्रेम बिलाप मात्र भर्न सकेको।
जिन्दगी यसरी नै बित्छ कि के हो?
कति यताउता चैँ सर्न सकेको।
सबै सँग ठिक्क नै पर्न सकेको।
२.
कति सबैको मन हर्न सकेको।
सबैमा माया जाल छर्न सकेको।
कृष्णजी कै लीला नै पो होकी के हो,
कति गोपी सँग नै चर्न सकेको।
मानव प्रेम नदी तर्न सकेको।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:०४
कतै सामु जाँदा कुरा गर्न आयाै।
कुनै स्वार्थ तिम्राे पुरा गर्न आयाै।
फसायाै मलाई मिठाे बात गर्दै,
अकस्मात् तिमीले बुरा गर्न आयाै।
विषादी भरेकाे मुरा गर्न आयाै।
ताेयानाथ सुवेदी
काँडाघारी
पञ्चाङ्ग:०५
कुरितीले भरिएको दुष्टको बास भयो।
देशभित्र दु:खै दु:खको धेरै रास भयो।
समाजबाद र समाबेसी अन्मुख भन्छन्
जनता देशको समस्या झनै खास भयो।
सहिदको सम्मान हुन्छ भन्ने आस भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:०६
फुल्नु भन्दा पहिला फूल कलि रहन्छ।
विश्वासको दियाे नै सदा बलि रहन्छ।
परिवर्तनशील छ मान्छेको जीवन,
आउने जाने क्रम धेरै चली रहन्छ
समय सधैं सबैलाई छलि रहन्छ।
ह्यारिस
पञ्चाङ्ग:०७
भाग्यमानी थिए म छोरी हुँदा।
मनखुसी जिए म छोरी हुँदा।
घर छुट्यो खुशी नि लुट्यो,
कती आँसु पिए म छोरी हुँदा।
फाट्यो मन सिए म छोरी हुँदा।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:०८
भक्तालुहरू शिव मन्दिर धाएका छन्।
श्रावण मास हरियो बस्त्र लाएका छन।
साउन मासमा हरियो हुन्छ मान्यता,
मन्दिरमा भजन किर्तन गाएका छन् ।
हरियो रङ्ग व्यापार धेरै पाएका छन् ।
शाेभा अाचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग:०९
परिस्थिति बनाउने मन हाे ।
अलिकति मिसाउने धन हाे ।
समय त आउँछ सधैँ जान्छ,
बाँच्ने कला आफ्नो आफ्नो पन हाे ।
सुखी त्याे सहनशील जन हाे ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:१०
सत्य बोलेर नै सहि बाटो बन्छ साथी ।
हिड्नलाई श्रमिकले सधैँ खन्छ साथी ।
पृथ्वीमा सोझो भएर बाँच्न जानिएन,
लुटको धन कसरी पैसा गन्छ साथी ।
हात पसारेर खाली देउ भन्छ साथी ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग:११
तिमीसँगै हाँस्न रुन मन छ ।
मायाले ती हात छुन मन छ ।
घटाएर दुरी हामी बीचको,
धुलो अनि मैलो धुन मन छ ।
सातै जन्म तिम्रै हुन मन छ ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ