पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-५१

  • २८ असार २०८०, बिहीबार ०६:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकाउन्नौँमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५१ (एकाउन्नौँ) ————————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०३/२५ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- अनिवार्य
    ………………………………………………

    पञ्चाङ्ग:०१

    डाह गर्नेहरूले गर्दै गरून् फरक पर्दैन।
    सुखमा जल्ने जल्दै मरुन् फरक पर्दैन।
    बुझेर बोल्नु हे मानव नत्र  दानव हो,
    खुट्टा तान्ने पछाडि परुन् फरक पर्दैन।
    त्यसैको लागि अघि सरुन् फरक पर्दैन।
    -सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    सानो भए नि त्यो मायालु अाेट थियो।
    नजिकै वर, पिपलकाे बाेट थियो।
    सबै कुराहरू सम्झना मात्र  भयो।
    विश्वास नलाग्ने  त्यो कस्तो  खाेट थियो,
    नदेखिएको  अनगिन्ती चाेट थियो ।
    -शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३

    हिजो गल्लीमा हिड्दै थिए आज भाषण दिँदै गए।
    हेर साथी  हो  प्रगतिको  बाटो  आफैंले लिदै गए।
    रहरले   फरक   पार्छ,   अरुको    करले   होइन,
    मेहनत   गरेर   पसिना   कति   त   अनिदै   गए।
    हातका  नङ्ग्रा  समेत  बिस्तारै  गरेर  खिँदै  गए।
    -अच्युत घिमिरे-भुटानबाट🇧🇹

    पञ्चाङ्ग:०४ (अक्षर-१७)

    यहाँ वृक्ष काटि सबै उजाड बनायो दैवले।
    बाढी  पहिरो आई खेतबारी हनायो दैवले।
    समयको घडी साथमा हुदा खेरि पनि यहाँ,
    भए भरको दु:ख पीडा सबै खनायो दैवले।
    पीडामा यस्तै भो जीवन भन्ने जनायो दैवले।
    -दुर्गा आचार्य
    मोरङ

    पंञ्चाङ्ग : ०५

    तिमिले आफै लडाएकी हौ प्रेम भिर बनेर ।
    कतिन्जेल सहला मुटुले पनि थिर बनेर ।
    कसम अब तिमिलाई भुल्छु भन्दा भन्दै पनि ,
    तिम्रा यादहरु दुखाउछन् किन पिर बनेर ।
    किन  शब्दहरुले  घोचि रहन्छन्  झिर बनेर ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:०६ (अक्ष्रर_ १५)

    माया प्रिती दुई दिने खेल भयो जिन्दगी।
    असार र साउनको भेल भयो जिन्दगी ।
    उर्लिदै आउने खहरे खोला बौलाएँ झैं,
    समाल्न नसकेमा त नेल भयो जिन्दगी।
    घुमाउरो पारा जस्तो सेल भयो जिन्दगी।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०७

    असार पन्ध्रमा हातमा बीउ समाए नेताले
    एकछिन त  तस्बिर  खिचेर  रमाए नेताले
    किसान भने मल नहुदा चिन्तित थिए हेर
    त्यै मल बीउमै घोटाला गरि कमाए नेताले
    मुखले भने मीठो आश्वासन थमाए नेताले ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८

    सुरुमा तिमीले ओट दियौ।  
    बिचमा  गएर  खोट दियौ।  
    जानीजानी किन छल गर्छौ,
    अहिले  आएर  नोट   दियौ।
    आएर  फेरि त्यो चोट दियौ।
    -बेदु न्यौपाने 
    काठ्माडौँ ❤️

    पञ्चाङ्ग:०९

    पानी परेर  नयाँ पालुवा   पलाए छन्।
    बिकासको बाटाले जमीन गलाए छन्।
    बिकासको  नाउँमा गाउँ  उजाड बन्दै,
    पानी पालाउने  रूख सबै ढलाए छन्।
    हेर  त प्रभु कौसीमा खेती फलाए छन्
    -सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१०

    अरूको प्रगतिको पाइला रोक्नु हुँदैन।
    झगडा गर्दै बेला बेलामा टोक्नु हुँदैन।
    सबैको आ आफ्नो इच्छा,आवश्यकता हुन्छ,
    यहाँ यस्ता कुरामा कसले बोक्नु  हुँदैन।
    तह लगाउँछु भन्दै मिति तोक्नु हुँदैन।
    -ह्यारिस

    पञ्चाङ्ग:११

    मुखले बाेल्छ भन्दथे आँखा पनि बाेल्दाे रहेछ ।
    नजानिदाे पाराले मनको वह खाेल्दाे रहेछ ।
    प्रेमकाे गहिरो पाेखरीमा चुर्लुम्म डुब्दै गर्दा ,
    शीतलता दिने जूनले भत्भति पाेल्दाे रहेछ ।
    जीवनमा आउने सारा जाेखिम माेल्दाे रहेछ  ।
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१२

    म  पुरा   गरि   दिन्छु  तिम्रो घाटो भन्नुहुन्थ्यो।
    नउक्काउनु    है   घाऊको  खाटो भन्नुहुन्थ्यो।
    जे बोल्नुहुन्थ्यो त्यो पुऱ्याएको हुन्थ्यो बुवाले,
    आफैँ  खन्छु  सबै  बारीको पाटो भन्नुहुन्थ्यो।
    मै   दुःख  गर्छु  बरु  तिम्रो  साटो भन्नुहुन्थ्यो
    -गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग : १३

    जति गरे  नि ! फूल बन्न सकिनँ ।
    तिम्रो खुसीको मूल बन्न सकिनँ ।
    तिमीले  मलाई  पीडा  दिएपनि,
    निर्दयी  तिम्रो शूल बन्न सकिनँ ।
    व्यर्थ पीडक भूल बन्न सकिनँ ।
    -वसन्त अनुभव
    घोराही, दाङ

    Leave a Reply