
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैंतीसमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०३/ २१ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३५[ पैत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
—————–
सुशीला पाैडेल

शुद्धीकरण
————–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~~~~~~~
पञ्चाङ्ग:०१
मानवको बनाउने कला मान्नु पर्छ।
यसरी बनाए भगवान ठान्नु पर्छ।
मानिसले गर्दा नहुने के नै छ यहाँ,
आफ्नो कला प्रदर्शन गर्न जान्नु पर्छ।
मान्छेलाई आकर्षण गरि बान्नु पर्छ।
सुशीला पाैडेल
पञ्चाङ्ग :०२
काँडोलाई फूल देख्नु मानव मन हाेला यहाँ ।
हिँडिरहदा थाक्दैन बग्ने सुन्दर खाेला यहाँ ।
हिउँ यहाँ मानव भयो देखेकाे छु चित्र हेर ,
उसकाे रहर बढ्यो बन्ने मानव चाेला यहाँ ।
विकृति र विसङ्गतिकाे बाेक्ने भए झाेला यहाँ ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०३
=====
चित्रमा हेरेर पञ्चाङ्ग लेख्नु मित्र मेरो।
दिमागमा घुस्यो अजिब र बिचित्र मेरो।
कला र सौन्दर्यको सम्मान हामी गर्दछौ,
गोप्य रूपमा चिप्काएर मन भित्र मेरो।
छिया-छिया बनाएर मन भो छित्र मेरो।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग:०४
मानिसले आफूले आफूलाई महान् मान्छ क्यारे।
एकदिन हिउँ जसरी पग्लिएर जान्छ क्यारे।
मरेर जाने यो मानवले घमण्ड किन गर्नु,
अहमताले आफूलाई ठूलो हुने ठान्छ क्यारे।
महानता देखाउँदा कोही कसैले हान्छ क्यारे।
ह्यारिस
पञ्चाङ्ग:०५
ढुंगा माथि मेरो मायाको बिऊ रोप्न मनलाग्छ।
उनको हृदयमा आफ्नो नाम खोप्न मनलाग्छ।
जे जे चितायो त्यहि त्यहि गर्ने मन नै त हो नि,
हिमपातमा मायाको वर्षाले छोप्न मनलाग्छ।
कठोर छातीमा सियो बनेर घोप्न मनलाग्छ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग चित्रपट :०६
मानवले अजिव हिउँ खोपेर चित्र बनायो ।
मान्छेले आफूमै बिश्वको महान मित्र बनायो ।
मानव बिश्वकै चेतन शक्ति साली प्राणी बन्छ ,
हिउँ पदार्थमा चित्र कुँद्ने खुवी भित्र बनायो ।
मानवीय दिमाग सोच्दा सोच्दै नै पित्र बनायो।
पञ्चाङ्ग :०७
ढुङ्गामा बोट बिरुवा सजाएर रोप्न मन लायो ।
हिउँ मानवको त्यो एउटा चित्र खोप्न मन लायो ।
सोचेको चित्रण रहेछ मानवको विचित्र ज्ञान ,
अजिव मानवको ढिस्को मायाले छोप्न मन लायो।
सागर पानीमा त्यो लगेर त्यही चोप्न मन लायो।
बेदु न्यौपाने
काठमाडौ 💕
पञ्चाङ्ग:०८
उत्तरतिर हिम मानव रमेको छ ।
टलक्क हिमालय सेताम्मे जमेको छ ।
नेपाल हाम्रो विश्वमा अग्लोमा हिमाल ,
अनौठो प्रकृतिमा गमक्क गमेको छ ।
अनुसन्धान गर्न विदेशी थमेको छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०९
हिमाली भेग हिउँले छोप्यो छपक्क मेरो गाउँ हजुर।
दुखिया कर्म परेछ नि जाउँ भने कहाँ जाउँ हजुर।
पुर्खाको रगत पसिना बग्यो यै माटो बचाउनलाई,
भो जान्न कतै जमेर बरु उभिन्छु यहीँ ठाउँ हजुर।
हिउँ नै खान्छु हिउँ मै टेक्छु हिउँ मै लेख्छु नाउँ हजुर।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१०
अक्षर-१९
तिम्रो मन भित्र मायाको बिऊ रोप्न मन लागेको छ।
मेरो यो हृदयमा उन्को नाम खोप्न मन लागेको छ।
तर कहाँ सजिलो छ मनको कुराहरु पुग्नलाई ,
ठण्डा मौसम मायाको वर्षाले छोप्न मन लागेको छ।
चोखो मनमा मायाको सियोले घोप्न मन लागेको छ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:११
१/
मानवको याे विचित्रकाे कला कति राम्रो।
सीप भएमा हिउँ चित्र बन्छ अति राम्रो।
मानवले नै गरेका छन् कला प्रदर्शन ,
अरु खास लाग्दैन हस्तकला जति राम्रो।
याे कलाले प्रस्ट देखाएकाे छ मति राम्रो ।
शाेभा अाचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग:१२
मानव नै दुःखी छन् बानेर के गर्नु
तिमिलाई आफ्नो पो ठानेर के गर्नु
बिचलित होला त्यो मन भाँडिएको
होला लेख्ने क्षमता जानेर के गर्नु
तीखा बचन वाण हानेर के गर्नु।
डिल्ली राज घिमिरे
भूमिकास्थान९
अर्घाखाँची
पञ्चाङ्ग:१३
कठपुतली अनि आफू हेर्छु उस्तै लाग्छ ।
नियालेर अङ्ग प्रत्यङ्ग केर्छु उस्तै लाग्छ ।
सोचेजस्तै भएन जिन्दगी कहिल्यै पनि,
दायाँबायाँ यसै नजर फेर्छु उस्तै लाग्छ ।
घाइते रहर मायाले बेर्छु उस्तै लाग्छ ।
वसन्त अनुभव
घोराही, दाङ