पञ्चाङ्ग चित्रपट भाग-३४ (हरिशयनी एकादशी विशेष)

  • १६ असार २०८०, शनिबार २०:५२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :-३४ (हरिशयनी एकादशी विशेष)
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०३/ १४ गते

    आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३४ [ चौत्तिसौँ] चित्रपटमा छौं।

    यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ९:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    हरिशयनी एकादशी मान्नु पर्छ।
    यो वार्षिक चाडपर्व हो ठान्नु पर्छ।
    तुलसी रोपेर मनाउ हामीले आज,
    पुर्खाको परम्परालाई धान्नु पर्छ।
    रितिरिवाज हामीले जान्नु पर्छ।

    पञ्चाङ्ग:०२

    भाेकै म बसेँ धर्म खातिर ।
    कम्मर कसेँ धर्म खातिर ।
    एकादशीकाे भजन गाइ ,
    मन्दिर पसेँ धर्म खातिर ।
    तिलक घसेँ धर्म खातिर ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    तुलसी रोपण गरि पो पुण्य कमायौ खुब।
    फलफुल अर्पण गरि त्यहाँ रमायौ खुब।
    धुप, दिप, नैवेध फूल चढाउँदै मठमा,
    ईश्वरको नै समिपमा स्थान जमायौ खुब।
    लोकभरका मानवको हात समायौ खुब।

    सरिता काफ्ले कोहलपुर ८ पिपिरी बाँके

    पञ्चाङ्ग:०४
    आफ्नो धर्म संस्कृति मान्नु पर्छ ।
    आफ्नो सस्कार के हो जान्नु पर्छ ।
    तुलसी रोप्दै आजको दिनमा ,
    कर्म नि आफ्नो ठुलो ठान्नु पर्छ ।
    परम्परा हामीले धान्नु पर्छ ।

    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४झापा

    पञ्चाङ्ग:०५

    हरिशयनी एकादशी मानाैँ सबैले।
    एकादशीकाे महत्त्व याे जानाैँ सबैले।
    हाम्रो धर्म सदियाै देखि चलिआएको,
    पुर्खाले माने सहि कर्म ठानाै सबैले।
    पुर्खाले मानेका सस्कृति धानाैँ सबैले।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    हरिशयनी एकादशी व्रत बसौँ पूजा गरौँ हामी ।
    स्नान र पूजा अर्चना गर्दै तुलसी वृक्ष भरौ हामी ।
    हिन्दु धर्म संस्कार संस्कृति हो हाम्रो जोगाउनु पर्छ ,
    आफ्नै देशमा संस्कार र संस्कृतिको ज्ञान छरौँ हामी ।
    धर्म सार्दै हरि भज्दै सबैको दु:ख पिडा हरौँ हामी।
    बेदु न्यौपाने
    काठमाडौ ❤️
    पञ्चाङ्:०७

    तुलसी पूजा आजा गरि सकेँ एकादशीमा।
    म आज फलाहार गरि बसेँ एकादशीमा।
    फूल ,धूप दीप ,नैवेध्य चढाउदै मठमा,
    अन्न नखाई नै कम्मर कसेँ एकादशीमा,
    भजन गाउन मन्दिर पसेँ एकादशीमा।
    दुर्गा भट्टराई

    पञ्चाङ्ग०८
    हाम्रो धर्मले हामीलाई सधैं स्वस्थ भएर बाँच भन्छ।
    जति बाच्न पाउछौ बाचुन्जेल नै छमछम नाच भन्छ।
    स्वस्थ रहन महिनामा एक दिन भोको बसेको राम्रो
    भोको बसेर बचेको अन्न दुःखीलाई दिन साँच भन्छ।
    हाम्रो चाड पर्व लाई जीवन दर्शन सङ्ग जाँच भन्छ।
    ✍️पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    अक्षर-१८

    दबाइको रुपमा मानिने तुलसी लाएर हेरौँ,
    रुघा मर्की ज्वरोमा तातोपानी संग खाएर हेरौँ।
    धर्मको हिसाबले पनि रोपिदै छ आज यस्लाई,
    हो हरेक ठाउँमा यिनकै चर्चा छ गाएर हेरौँ
    घर मन्दिरमा तुलसी कै महिमा गाएर हेरौँ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१०
    घर आँगन गोबरले लिपि चिटिक्क पारौँला।
    मठमा बस्ने तुलसीलाई नि रीमिक्क पारौंँला।
    हामी सबै व्रत बसी गरौंँन भजन किर्तन,
    वरिपरि फुलैफूल बर्साई झिपिक्क पारौंँला।
    मन्दिरमा नि जोर बत्ती वाली धिपिक्क पारौंँला।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:११
    आज मठमा तुलसी लगाउनु पर्छ।
    हामी रोगव्याध सबै भगाउनु पर्छ।
    औषधी जन्य बिरुवा तुलसी रोपेर,
    शुद्ध अक्सिजनलाई मगाउनु पर्छ।
    तुलसीको बारे सबै जगाउनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:१२
    एकादशीमा तुलसी राेपेर मन्दिर झैँ याे घर सजाऊ ।
    हजारौँ अक्सिजनकाे श्राेत भएकाले नै हाे भर सजाऊ
    धर्म र विज्ञानकाे उद्देश्य अधिक मिल्ने हुँदा मानवले,
    दुबिधाकाे बादल उधार्दै याे संसारमा नर सजाऊ ।
    संस्कृति हाे धन अझै सुन्दर पार्न पिपल वर सजाऊ ।
    मीना देवकोटा

    Leave a Reply