गुरु पूर्णिमा विशेष पञ्चाङ्ग लेखन शृङ्खला

  • २१ असार २०८०, बिहीबार ०६:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक अभ्यास र आजै गुरु पूर्णिमा परेको हुँदा सम्पूर्ण गुरुहरूमा शुभकामना व्यक्त गर्दै,गुरु पूर्णिमा विशेष पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध छ:
    पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :-५० (पचाअैाँ) भाग ————————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०३/१८ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    गुरुहरुसँग ज्ञान लिन पछि पर्दिन म।
    गुरुहरुकाे शिक्षा बिना अगाडि सर्दिन म।
    शिर याे झुकाएर प्रणाम गर्दछु गुरुमा,
    दिएकाे ज्ञानकाे कैले अनादर गर्दिन म।
    नैतिकताकाे बाटाेबाट तल त झर्दिन म।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    देखेको छैन तेल बिनाकाे त्यो दियो बलेको यहाँ ।
    भेटिन्न काहिँ बाेट बिना मिठाे फल फलेको यहाँ ।
    माता,पिता साथ गुरु साक्षत देवता हुँदा हाम्रो ,
    निस्वार्थ सेवामा तल्लीन हुन्नन् कबै गलेको यहाँ ।
    उन्नतिमा दिल खुसी भइ देखिन्न जलेकाे यहाँ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग०३
    जिन्दगीको असल मार्ग टिकाउने गुरु।
    नयाँ नयाँ ज्ञान र शीप सिकाउने गुरु।
    बुवा र आमा पछिका संमान गर्नु पर्ने,
    हाम्रो ज्ञान सीप बाहिर बिकाउने गुरु।
    उन्नति प्रगतिको सिढी झिकाउने गुरु ।
    तारा घिमिरे सङ्खुवासभा

    पञ्चाङ्ग:०४
    गुरु पूर्णिमाको दिन आज हो।
    महिमा देवको माझ काज हो।
    ज्ञान सीप र बानी बनाउन,
    हामी मनुवा सबैको राज हो।
    ज्ञान लिई उच्च बन्ने ताज हो।
    ह्यारिस

    पञ्चाङ्ग:०५
    आफ्ना गुरुहरूलाई मान दिन सिक ।
    आफू भन्दा सानोलाई ज्ञान दिन सिक ।
    आमाबाबु पहिलो गुरु हो जान्नु तिमी ,
    सिकेको कुरा छ भने दान दिन सिक ।
    शिष्य भइ बलियो आलान दिन सिक ।

    सोमनाथ लुइटेल ” रवि पाल्पाली” पाल्पा
    हाल:- काठमाडौं ।

    पञ्चाङ्ग:०६
    गुरु मार्गदर्शक हुन् आदर गर्न सिकौ।
    गुरुबाट ज्ञान पाई प्रकाश छर्न सिकौ।
    अँध्यारो अनि अज्ञानताबाट मुक्ति दिन,
    बत्ती झै आफू नै जलेर पनि मर्न सिकौ।
    जीवन यात्राको भवसागर तर्न सिकौ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    बाड्छन् ज्ञान सदा सदा गुरुहरू जाे ज्ञानका खानी हुन्।
    दिन्छन् जे जति ज्ञान शिष्य जनमा पीयूषका दानी हुन्।
    ब्रह्मा विष्णु महेश रूप गुरु हुन् खट्छन् सदा काममा,
    घुम्छन् यै रितले सदा भुवनमा ती घट्टका मानी हुन्।
    ठानाैँ टल्टल टल्कँने नजरमा चुम्ने गुरू नानी हुन्।

    ताेयानाथ सुवेदी
    काठमाडौं ,काडाघारी

    पञ्चाङ्ग:०८
    गुरुहरुकाे गराैँ है मान हामी।
    अामाबाबाद्वारा लिन्छौ ज्ञान हामी।
    अामा बाबा नै प्रथम गुरु हाम्रा,
    शिक्षा बिना पाईदैन नाम हामी।
    जानेका कुराकाे गराैँ दान हामी ।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९
    गुरुलाइ गर मान।
    देवताको भर मान।
    असल शिक्षा दाता हुन्,
    यदाकदा डर मान।
    विद्याको त्यो घर मान।

    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१०
    सवै अज्ञानीलाई ज्ञान भर्ने गुरु नै हुन्।
    चेतनाकाे दिव्य प्रकाश छर्ने गुरु नै हुन्।
    शिक्षा प्राण हाे भन्दै ज्ञानधारा बगाउँने,
    जस्ताे गल्ती हुँदा नि माफी गर्ने गुरु नै हुन्।
    असल मार्गमा समस्या हर्ने गुरु नै हुन्।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:११
    गुरु नभइ ज्ञान कहाँ हुन्छ र ?
    भ्रष्टका अघि गान कहाँ हुन्छ र ?
    बाबुआमाको शिक्षा लिदाँ है सदा ,
    दिनमा कालाे भान कहाँ हुन्छ र ?
    मार्ग दर्शक दान कहाँ हुन्छर ?

    कमला देवकोटा

    पञ्चाङ्ग:१२

    गुरुले नै हाम्रो ज्ञान बढाए ।
    विद्यार्थीहरुको सान बढाए ।
    थाकेनन् कहिले ज्ञान दिएर ,
    बाँडेर नै ज्ञान दान बढाए ।
    सारा याे सम्पत्ति गान बढाए ।

    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    ………………………………………………

    Leave a Reply