एनआरएनए साउदी अरबको राष्ट्रिय अधिवेशन २८ जुलाईको रियादमा हुने।

  • १ श्रावण २०८०, सोमबार १२:४६ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ साउदी अरबले आगामी कार्यकाल २०२३-२५ का लागि यहि आउँदो २८ जुलाई शुक्रबारका दिन रियादमा हुने अधिवेशन मार्फत नयाँ कार्यसमितिको टुंगो लागाउने भएको छ।

    त्यसका लागि कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकको नामावली प्रकाशित गर्दै अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जनाएको छ ।

    निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ । अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध हुने भएको छ ।

    बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर प्रक्रियागत तवरले उक्त जानकारी गराऊनेछ ।

    सुरुमा रोशन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन् ।

    अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ – २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ । पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ ।

    कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल 9thadhiveshan@gmail.com मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्यालले आग्रह गरेका छन् ।

    निर्वाचन समितिले उम्मेदवारी परेका नामहरू सार्वजनिक गरेको छ । आईसीसी सदस्यमा राम बहादुर क्षेत्री र दीपक रेग्मीको उम्मेदवारी परेको छ । अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उमेश भट्टराई र बिशाल कुमार श्रेष्ठ, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ।

    महासचिवमा शुक्र लामाको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।

    त्यस्तै सदस्यमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दीपक ढुङ्गाना,अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।

    हालांकि निवर्तमान अध्यक्षले आईसीसीलाई ईमेल पठाउदै र आफ्नो फेसबुक मार्फत केहि बुँदागत असहमती जनाउदै अधिबेशन स्थगित भएको सूचना सम्प्रेसन गरेतापनि
    उनले उठाएका बुँदागत असहमती उनकै प्रस्तावमा पारित भएकाे र एनआरएन साउदी अरब कामचलाउ मात्र भएकाले अधिवेशन बाट पछि नहट्ने भन्दै गैरआवासिए नेपाली संघ राष्ट्रिय समन्वय परिषदको करिब दुई तिहाई कार्य समितिले आईसीसी लाई भ्रममा नपर्न आधिकारिक इमेल पठाएको थियो ।

    तत्पश्चात आईसीसीको ग्रिन सिग्नल पाएपछि एनसिसी साउदी अरबले प्रेस विज्ञप्ति जारी गर्दै प्रक्रियामा अगाडि बढेको जनाउदै तोकिएकै मितीमा राष्ट्रिय महाधिवेशन हुने जनाएको छ।

    Leave a Reply