उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २१ असार २०८०, बिहीबार ११:०२ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ——– … ✍️ आर्त अकुलीन

    तुलसी
    सौम्य प्रकृति
    मञ्जरी मनमा आकृति !


    असार
    धानको उत्सव
    बादल वर्षाको शीतलता !


    सिनो
    खोलाको तीर
    विचित्रको कुकुर उत्सव !


    कुकुर
    मसान घाट
    एउटा हड्डी लुछ्दै !


    कुकुर
    मसान घाट
    विभिन्न हड्डी लुछ्दै !


    झाडी
    ढाडे बिरालो
    एकछत्र उसकै राज !


    हनुमान्
    जङ्गलको जीव
    मानिस उसकै गुणगान !


    कृषि
    असारको सार
    पहेँला सुनका बाला !


    अहङ्कार
    काँडाको घर
    रातदिन त्यसको डर !


    चमेली
    हेरेको तिमीलाई
    बादल पारिको देशमा !

    १०
    आकाश
    जूनले शोभित
    फूलहरूले शोभित धर्ती !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली

    Leave a Reply