उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २९ जेष्ठ २०८०, सोमबार ०५:५५ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————— … ✍️ आर्त अकुलीन
    १
    उदक
    खनिजको भण्डार
    अनुपम अमृत तत्त्वहरू !

    २
    अडेको
    कर्कलाको पातमा
    पानीको थोपाझैँ जिन्दगी !

    ३
    प्रतीक्षा
    रातो गुलाफ
    यादमा प्रेम चौतारी !

    ४
    कुसुम
    बाहिर सुन्दर
    भित्र अनेक पीडाहरू !

    ५
    उष्णता
    प्रचण्ड गर्मी
    तातो वायुको बहाव !

    ६
    पानी
    सौम्य जिन्दगानी
    कता हरायौ रानी ?

    ७
    जेष्ठ
    काकाकुल समय
    निर्दयी प्राकृतिक नियम !

    ८
    सन्तुष्टि
    मुस्कुराउने आधार
    जिन्दगी वरपीपल चौतारी !

    ९
    आकाश
    गरिबको छानो
    खुला हृदयको प्रतिबिम्ब !

    १०
    मौसम
    चारैतिर उष्णता
    जिन्दगी तातो आलो !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली

    One thought on “उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू”

    Leave a Reply