
🌺 केही उदक 🌺
———————— … ✍️ आर्त अकुलीन
१
उदक
खनिजको भण्डार
अनुपम अमृत तत्त्वहरू !
२
अडेको
कर्कलाको पातमा
पानीको थोपाझैँ जिन्दगी !
३
प्रतीक्षा
रातो गुलाफ
यादमा प्रेम चौतारी !
४
कुसुम
बाहिर सुन्दर
भित्र अनेक पीडाहरू !
५
उष्णता
प्रचण्ड गर्मी
तातो वायुको बहाव !
६
पानी
सौम्य जिन्दगानी
कता हरायौ रानी ?
७
जेष्ठ
काकाकुल समय
निर्दयी प्राकृतिक नियम !
८
सन्तुष्टि
मुस्कुराउने आधार
जिन्दगी वरपीपल चौतारी !
९
आकाश
गरिबको छानो
खुला हृदयको प्रतिबिम्ब !
१०
मौसम
चारैतिर उष्णता
जिन्दगी तातो आलो !
- आर्त अकुलीन
देवाश्रम, कैलाली
राम्रा
धेरै मीठा
उदक कविता आए।