
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १०९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
साथ
आमाको काख
सन्तानको निमित्त लाख !
- वसन्त अनुभव, दाङ
[२]
विकराल
वर्तमान हाल
हाम्री आमा नेपाल !
- अमृत सुवेदी, कास्की
[३]
आमा
तिमी ठूलो
मेरो यो दुनियाँमा !
- बालकृष्ण खनाल, टीकापुर
[४]
बाघ
खाएर सन्तान
कसैलाई टुहुरो नबनाउनु !
- सुशिला पौडेल
[५]
प्राण
बाघको हातमा
बच्चा आमाको साथमा !
- योगेन्द्र भट्टराई, खोटाङ
[६]
आमा
आफैँ मृत्युमा
बबुरो बेखबर काखमा !
- जमुना कायस्थ, पोखरा
[७]
जननी
सन्तानको लागि
लगाउँछिन् ज्यानको बाजी ।
- दुर्गा भट्टराई, मोरङ
[८]
बाघ
परम्परागत कर्म
गुम्छ कि अस्तित्व !
- रोशन पराजुली, सुनसरी
[९]
बालो
आमाको काख
टुहुरा नबना काख !
- भवानी घिमिरे, सर्लाही
[१०]
अनभिज्ञ
महाप्रलयको समय
सम्पूर्ण सहारा आमा !
- गुणनिधि घिमिरे, अमेरिका
[११]
भोक
मायाको संसार
शून्य चेतनाको उपहार !
- होम प्रसाद न्यौपाने, धरान
[१२]
आमा
धर्ती माता
छुट्दैन कहिल्यै नाता !
- टीकाराम पुन ‘टीपु’, सल्यान
[१३]
आमा
सन्तानकाे लागि
ईश्वरकाे एक रूप !
- उर्मिला के.शी.
[१४]
अनौठो
भोकाएको बाघ
सन्तानलाई आमाको काख !
- बेदु न्यौपाने, काठमाडौँ
[१५]
समता
आमाकाे ममता
मृत्यु सहने क्षमता !
- निरज कोइराला, इटहरी
[१६]
प्राणी
आहारा कसैको
आमाकै काख प्यारो !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
[१७]
आमा
सन्तानको लागि
लगाउँछिन् ज्यानको बाजी !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१८]
आमा
तिम्रो काख़
आखिर मृत्युभन्दा प्यारो !
- सुनिल स्मृती, रोल्पा
[१९]
काल
चितुवाको जाल
माउ बच्चा एकताल !
- अच्युत घिमिरे, भुटान
[२०]
आमा
प्राण गएको
बबुरोलाई थाहा नहुने !
- पशपती राई, खोटाङ
[२१]
आमा
सन्तानकाे लागि
ज्यानै बाजी लगाउने !
- सरिता सेढाई, धादिङ
[२२]
मार्छ
बलियाले निर्धालाई
यत्रतत्र हेर सर्वत्र !
- मङ्गला उपाध्याय, बारा
[२३]
आमा
बाघको मुखमा
बच्चा पर्यो आपतमा !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[२४]
दृश्य
सकिन्न हाँस्नलाई
गर्दैछ सङ्घर्ष बाँच्नलाई !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[२५]
प्याराे
आमाको काख
ढुक्कले लियाे साथ !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[२६]
निष्ठुरी
भयो शिकारी
यताउता कतै नहेरी !
- घनश्याम पौडेल, पोखरा
[२७]
आमा
मृत्युको मुखमा
अटुट बन्धन साथमा !
- समुन्द्रा शर्मा
इटहरी, सुनसरी
[२८]
भोक
अनौठो रोग
जीवन कहालिँदो शोक !
- सविता के.सी.
[२९]
आमा
सन्तानको खातिर
राख्दछन् ज्यान धरापमा !
- सरस्वती श्रेष्ठ, इटहरी
[३०]
संसार
कालको गास
बेखबर चलिरहेछ दौडिरहेछ !
- टेकनारायण रिमाल ‘कौशिक’
याङ्गौँ, म्यान्मा(बर्मा)
[३१]
जिन्दगी
घाम छाया
अतुलनीय आमाको माया !
- शिव ज्ञवाली, गुल्मी
[३२]
विस्वास
आमाको काख
मृत्युभन्दा पनि प्यारो !
- रमा पन्त, पाल्पा
[३३]
कथा
जीवन सङ्घर्षको
बच्चा बाँच्ने आशा !
- नारायण कोइराला
तानसेन, पाल्पा
[३४]
आमा
ममताका लागि
ईश्वरले गरेको सिर्जना !
- देवी पन्थी
[३५]
माता
सन्तानको खातिर
लगाउने ज्यानको बाजी !
- टीकाराम लामिछाने, कैलाली
[३६]
आमा
उड्दैछ प्राणपखेरु
बुझ्दैन दुष्टले प्रेम !
- प्रेम थापा ‘मन’, बागलुङ
[३७]
छहारी
आमाको माया
गर्मीमा शितल छाया !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[३८]
आमा
सन्तानको निम्ति
त्यागिन् शरीर किम्मती !
- रिता खराल, रुपन्देही
[३९]
प्राणी
कसैको आहारा
ममता संतानको सहारा !
- बद्री पोखरेल, विराटनगर
[४०]
आमा
सबैकी प्यारी
मृत्यु एउटा माध्यम !
- पं ज्यो तोयनाथ सुवेदी, हेटौंडा
[४१]
अप्ठ्यारो
कालको मुखसम्म
आमाको काख प्यारो !
- दुर्गा भमरकोटे, कपन
[४२]
बिडम्बना
कालको मुख
आमाको काख सुख !
- धनमाया चौधरी, कैलाली
[४३]
भोक
आक्रमणको सिकार
आमासँग मृत्युको शोक !
- दुर्गा आचार्य, मोरङ
[४४]
जीवन
बाघको मुख
हिर्दय बुझाउने शोक !
- घनश्याम पौडेल
गौरीगङ्गा -९, कैलाली
[४५]
आमा
सृष्टि कर्ता
सधैँ सन्तानका साथम !
- सरस्वती वली, बर्दिया, नेपाल
[४६]
विडम्बना
कस्तो यो?
बच्चाको सहारामा चोट !
धर्मी शाक्य, बुटवल, रुपन्देही
[४७]
साथ
जननीको हात
नछुटोस् आमाको काख !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[४८]
आक्रमण
विलख बन्धन
शत्रुको मुखमा आमा !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[४९]
मममा
मायाकी खानी
आमा मनकी रानी !
- शारदा आचार्य, ललितपुर
[५०]
आमा
मृत्युकाे मुखमा
सदैव सन्तानकाे माया !
- श्रद्धा आचार्य, पोखरा
[५१]
नियामक
जीव जगत्
भाेक प्रकृतिकाे देन !
- टीकाराम जोशी, काठमाडौँ
[५२]
आमा
ममताकी खानी
बाघका मुखमा जिन्दगानी !
- अम्विका अधिकारी
झापा, बिर्तामोड
[५३]
आमा
बाघको आहार
सन्तान छोडेन काख !
- इन्दिरा देवकोटा
कपिलवस्तु न.पा.-३
[५४]
माथ
पक्रियो बाघ
प्यारो आमाको काख !
- कमला देवकोटा, पाल्पा
[५५]
क्रुरता
जातिय गुण
मातृप्रेम र मातृवात्सलमयता !
- कण्ठराज गिरी, टीकापुर
[५६]
आमा
बाघको मुखमा
बच्चो साथै खोकिलामा !
- विवश पारदर्शी, झापा
[५७]
आमा
तिमी छ्यौ
बिचमा को आयो ?
- लक्ष्मी रिजाल, सप्तरी
[५८]
सजीव
मृत्युको काख
आखिर समयको दास !
- लक्ष्मी अर्याल, काठमाडौँ
[५९]
अवस्था
मृत्यु सामुन्ने
सन्तान नभुल्ने आमाले !
- सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
[६०]
आत्मघात
अति राष्ट्रवाद
उल्टो शत्रुलाई फलिफाप
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[६१]
आमा
आफूलाई भुलेर
सन्तानको भलो सोच्ने !
- कविता आचार्य, कैलाली
[६२]
बाघ
डरलाग्दो स्वरूप
न्यानो आमाको काख !
- आर्त अकुलीन, कैलाली
[६३]
आमा
मृत्युको मुखमा
सन्तानलाई मातृकाेख प्याराे !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[६४]
आमा
गर्छिन् सङ्घर्ष
आफ्नो सन्तान बचाउन !
- राजकुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
[६५]
आमा
बाघकाे सिकार
बच्चाकाे आमाप्रतिकाे माया !
- नवराज भट्ट, कञ्चनपुर