
पञ्चाङ्ग साहित्य समाज नेपाल अनौपचारीक रूपमा २०७८/०३/०१देखि सुरु भएता पनि औपचारीक रुपमा वा सरकारी आलेखमा आजैको दिन देखि सुरु भएको हुँदा ( २०७९/०३/१३ )यस दिनलाई विशेष बनाउनको लागि वार्षिक उत्सव विशेष एक एक वटा पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध गर्दछौं।
पञ्चाङ्ग:०१
पञ्चाङ्ग भव्य बनाउनु छ हामी मिलेर।
वार्षिक दिन मनाउनु छ हामी मिलेर।
आजै हो पञ्चाङ्ग औपचारीक जन्मिएको,
साझेदारीता जनाउनु छ हामी मिलेर।
रङ्गीन फूल खनाउनु छ हामी मिलेर।
-सुशीला पाैडेल
पञ्चाङ्ग:०२
शब्दहरू उत्कृष्ट बुनाैं पञ्चाङ्गलाई।
अक्षरलाई सधैं गुनाैं पञ्चाङ्गलाई।
शुभकामना धेरै दिन्छु सफल रहाेस्,
साहित्यमा जहिल्यै चुनाैं पञ्चाङ्गलाई।
शिखर चुम्या सधै सुनाैं पञ्चाङ्गलाई ।
-दामोदर ढकाल दीपक
पञ्चाङ्ग-०३
अक्षर-१९
पञ्चाङ्ग साहित्यलाई शुभकामना भनेकि छु सधँ।
पञ्चाङ्गको हर दिनमा सच्चा मित्र बनेकि छु सधैँ।
फलोस र फुलोस पञ्चाङ्गले संसार ढाकेर जावस्
तिमीले पुग्न नसक्ने गोरेटोपनि खनेकि छु सधैँ ।
सच्चा साहित्यको कलम दिन रात गनेकि छु सधैँ।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
जन्मदिनको कामना गर्छु पञ्चाङ्ग साहित्यलाई ।
सुन्दरताको वामना भर्छु पञ्चाङ्ग साहित्यलाई ।
नेपालदेखि विदेशसम्म त कृति फैलिदै जान्छ ,
मेलमिलाप सामना पर्छु पञ्चाङ्ग साहित्यलाई ।
हामीसबैको महामना हर्छु पञ्चाङ्ग साहित्यलाई ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल:- काठमाडौं ।
पञ्चाङ्ग:०५
पञ्चाङ्गलाई शुभकामना दिदैै गर्नुछ सधैँ।
पञ्चाङ्गकाे जन्मदिनको अक्षर भर्नुछ सधैँ।
अगाडि बढ्दै जान पाईयाेस पञ्चाङ्ग लेखेर,
शब्दहरु लेखेर विशाल खाेला तर्नुछ सधैँ।
साहित्यकाे लेख्दैँ शिखर चुमेर झर्नु छ सधैँ।
-शाेभा अाचार्य गाैतम
काठमाडौँ
शुभकामना
मनाउँ वार्षिक उत्सव पञ्चाङ् रहर बनोस,
सबैको सुन्ने बुझ्ने यो राम्रो खबर बनोस
फैलियोस् जगतमा उज्यालो बनेर साहित्ये
पञ्चाङ्ग युक्तो नेपाली धर्ती र सगर बनोस्
लेखौं समाज देशको साहित्य घर बनोस।
-सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:०६
पञ्चाङ्गलाई शुभकामना दिदैै गर्नुछ सधैँ
पञ्चाङ्गकाे जन्मदिनको अक्षर भर्नुछ सधैँ,
अगाडि बढ्दै जान पाईयाेस पञ्चाङ्ग लेखेर,
शब्दहरु लेखेर विशाल खाेला तर्नुछ सधैँ,
साहित्यकाे लेख्दैँ शिखर चुमेर झर्नु छ सधैँ।
-शाेभा अाचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग:०७
पञ्चाङ्ग साहित्यको वार्षिकोत्सबमा शुभकामना गरौँ है ।
जीवन भर पञ्चाङ्ग साहित्यको शव्दमा अक्षर भरौँ है।
पञ्चाङ्ग साहित्य कृति लेखेर इतिहासमा छाप छोड्नु छ ,
पञ्चाङ्ग साहित्यका कृतिहरू लेखेर बिश्व भरी छरौँ है।
पञ्चाङ्ग साहित्य शब्दहरू बाट मानवीय पिडा हरौँ है।
-बेदु न्यौपाने
काठमाडौ 💕
पञ्चाङ्ग:०८
पुग्याे वर्ष दुई निरन्तर यहाँ पञ्चाङ्ग चल्दै छ याे
तेस्राे वर्ष प्रवेश भैकन यहाँ पञ्चाङ्ग बल्दै छ याे
लेखेँ याे शुभकामना छ सबमा छाेटाे विधा सम्झिई
सम्झेँ उत्सव हाे भनेर अहिले शब्दादि फल्दै छ याे
धेरै काल पछाडि अक्षरहरू लेखेँ र ढल्दै छ याे।
-ताेयानाथ सुवेदी
काठमाडौं कागेश्वरी मनाेहरा-९
पञ्चाङ्ग:०९
नेपाली माटोमा जन्म लिन आयौँ शुभकामना ।
अपार माया भाषा संस्कारमा लायौ शुभकामना
स्रष्टाको याे मलिलो हातले चलाउँदै गर्दा कलम
नेपाली बाटोमा खेल्न बढ्न पायौँ शुभकामना ।
पञ्चाङ्गमय भावबाट विश्वमा छायौ शुभकामना ।
-भवानी घिमिरे
सर्लाही
शुभकामना:
पन्चामृत तयार हुन्छ पाँच तत्व बाट
हाम्रो शरीर बनेको छ पाँच बस्तु बाट
पान्चायनको पुजा गर्छौं देवी देवलाई
निर्णय नि सदर हुन्छ पाँच मान्छे बाट
हात पन्जा कसिलोभो पाँच औंला बाट
-कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:१०
दोस्रो वर्ष प्रवेश गर्दा शुभकामना ।
साहित्यमा पंञ्चाङ्ग भर्दा शुभकामना।
अनन्तकाल सम्म यो यात्रा चलिरहोस्,
पंञ्चाङ्ग विधा अघि सर्दा शुभकामना ।
पंञ्चाङ्ग लेखन म झर्दा शुभकामना।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
पञ्चाङ्ग:११
प्रेमले कजाउनू शुभकामना ।
मनमा सजाउनू शुभकामना।
पञ्चाङ्ग तिमी सदैव स्रष्टा माँझ,
बाँसझैँ गजाउनू शुभकामना ।
मृदङ्ग बजाउनू शुभकामना ।
✍️
वसन्त अनुभव
घोराही, दाङ

शुभकामना
पञ्चाङ्गलाई साहित्यको घर बनाउनु छ
सर्जकमा विश्वासको शहर बनाउनु छ
जन्मदिनको भुगोल शुभकामना राखेर
काव्यमा प्रकाश छर्की रहर बनाउनु छ
पञ्चाङ्ग लेखी दैनिकी खवर बनाउनु छ।
-शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग:१२
वार्षिक उत्सव मनाउ पञ्चाङ्गमा।
उपस्थिति हामी जनाउ पञ्चाङ्गमा।
जन्म दिनको भव्य शुभकामना छ,
फूलमाला हामी खनाउ पञ्चाङमा।
सबै मिली भव्य बनाउ पञ्चाङ्गमा।
-ह्यारिस
पञ्चाङ्ग:१३
पञ्चाङ्ग तिमी याे धरामा पाइला गनेर आऊ ।
हरेक जनकाे मनको वहार बनेर आऊ ।
ठेस कतै नलागाेस् तिम्रो यात्रामा कामना गर्छु ,
साहित्यकाे अभिन्न सुन्दर बाटो खनेर आऊ ।
आर्तकाे गहिरो घाउकाे मलम जनेर आऊ ।
-भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग :१४
पञ्चाङ्ग तिमी हामी माझमा आएको दिन।
हामी सबैमा खुसियाली नि छाएको दिन।
हाम्रो माझमा सधैं सधैं राख्नै पाउ भनि,
पञ्चाङ्गमा मैले सदस्यता पाएको दिन।
कहिले पञ्चाङ्ग तिम्रा लागि धाएको दिन।
-सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:१५
अक्षर-२५
अथक प्रयासले जन्म लिई आयौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
साहित्यमा शुद्ध र संस्कारमा धायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ,
कलम चलेकाछन् हजारौका यसरी करोडमा पुगेको हेर्न पाउँ
हातबाट सेता पन्ना रंगिन पायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
मानव रुपि भावले विश्वमा छायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
-अनुप आचार्य
मोरङ
पञ्चाङ्ग:१६
तिमी मलाई खोज्न आएकी थियौ।
शुभकामना गीत गाएकी थियौ।
चेतनाको बिउ निस्किएको दिन,
जन्मोत्सव देखि रमाएकी थियौ।
पञ्चभुत् तत्वज्ञान पाएकी थिथौ।
-होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
शुभकामना
पञ्चाङ्ग साहित्यको शहर बनाऊ
त्यही शहरमा एउटा घर बनाऊ
पञ्चाङ्ग साहित्य बाषिर्कोत्सबमा
साहित्यलाई बिश्वको खबर बनाऊ
पञ्चाङ्ग लेख्ने सबैमा रहर बनाऊ ।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:१७
साहित्यको बागमा फुलेको फूल पञ्चाङ्ग।
खडेरीमा बगेको पानीको मुल पञ्चाङ्ग।
यसैमा नै हाम्रो मौलिकपन झल्केको छ,
पुर्खाले रोपेको हो सुन्दर तूल पञ्चाङ्ग।
हाम्रो सस्कृति र सभ्यताको हुल पञ्चाङ्ग।
देवकी केसी