
युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’ ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८०’ बाट सम्मानित हुनुभएको छ । आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।

कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथा विशेष कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।
एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको जनाइएको छ । यो सम्मानबाट गतवर्ष युवा लघुकथाकारद्वय वसन्त अनुभव र नानी विभु सम्मानित हुनुभएको थियोे ।


हार्दिक आभार हिमालयन दृष्टि डट.कम परिवार साथै बसन्त अनुभव सरलाई