
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४९ अैाँ ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०३/०११ गते
भोलि साँझ ८ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
पञ्चाङ्ग वा सम पञ्चाङ्ग✍️
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
सम पञ्चाङ्ग:०१
अक्षर-९
खुशी देख्दा जल्दैछ झन,
किन दर्द फल्दैछ झन।
रङ्ग मञ्च जस्तै सजायौँ
प्रिती आज गल्दैछ झन,
उस्ले पाउ मल्दैछ झन।
महल ति ढल्दैछ झन,
सदा क्रान्ति चल्दैछ झन।
सच्चा नजर जगतको,
युग युग बल्दैछ झन,
उ मृत्युमा टल्दैछ झन।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०१
स्थिर छ जीवन अन्त कतै चलेकाे छैन मेराे शरिर
दुष्टले जति हानेता पनि गलेको छैन मेरो शरीर।
दुष्टको सामु मजबुत खम्बा बनेर उभिने छु सधैं,
दुनियाँले छुरा हान्दा पनि ढलेको छैन मेरो शरीर।
आगो लगाएर जलाउँदा जलेको छैन मेरो शरीर।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
दिन त्यसै उज्यालो हुन्न घाम भएर हाे ।
मान्छे भन्न लायक हुन्छ काम भएर हाे ।
आफ्नो स्वार्थ भन्दा माथि उठेर हेर यहाँ ,
चिठीकाे महत्त्व बढेको खाम भएर हाे ।
आत्मनिर्भर हुन्छ उही दाम भएर हाे ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०३
*******
गरिबीले विदेशीको कामको कहर भयो।
कार्यक्षेत्र मरुभूमिको तातो जहर भयो।।
भाग्यले जता डोर्यायो उतै जानूपर्ने रै’छ।
त्यही तातो बगर गरिवको रहर भयो।।
मेरो लागि मरुभूमि नै ठूलो शहर भयो।।
************
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग:०४
आँसु र वेदनामा लुकेको हुन्छ माया ।
पीडा र तनावले सुकेको हुन्छ माया ।
तनले हैन माया मनले गर्दा राम्रो ,
विश्वासको भरमा चुकेको हुन्छ माया ।
सत्य र भावनामा झुकेको हुन्छ माया ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०५
आँसु र हासोले जलेको छ जिन्दगी।
खडेरीले आगो बलेको छ जिन्दगी।
कहिले घाम कहिले छायाँ बनेर,
प्रकृतिले सधैं छलेको छ जिन्दगी।
अकस्मात आज गलेको छ जिन्दगी।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०६
हामी अगाडि हिड्ने साथीको खुट्टा तान्ने कहिले सम्म
फरक विचारलाई टाउकोमा हान्ने कहिले सम्म
कमिलाले कत्रो जीव घिसार्छ मिलेर एकापसमा
हामी भने आफैंलाई सर्वेसर्वा ठान्ने कहिले सम्म
देश पछि पर्नुको कारण चाहिँ जान्ने कहिले सम्म।
✍️पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०७
बोलेन भनेर आफू महान् बन्नु हुँदैन।
हेप्न पाए भनेर औंलामा गन्नू हुँदैन।
समयले दिने छ महान् व्यक्तिको जवाफ,
मनपरी कोही कसैलाई भन्नु हुँदैन।
अपराधीलाई जस्तै खेदो खन्नु हुँदैन।
ह्यारिस
पञ्चाङ्ग:०८
अक्षर-१७
गाउँ छोडे केही आशामा स्वार्थी शहरले लुट्यो,
घाती जगतमा प्रेमको स्वार्थी रहरले लुट्यो।
जीवनमा रमाएर बाच्ने सप्ना हजारौँ थिए,
मँनैे खाउँ मँनै लाउको स्वार्थी लहरले लुट्यो,
दिदा पागलको उपाधी स्वार्थी ठहरले लुट्यो।
अनुप आचार्य
मोरङ
पञ्चाङ्ग:०९
कहिले पहाड बाेक्छौ राम यहाँ ।
समुद्रमा पुल हाल्ने काम यहाँ ।
सीता भेटि आउँदा लङ्का पुगेर ।
पानीमा देख्दा युद्धको डाम यहाँ ।
लस्कर छन् बाँदरका जाम यहाँ ।
मीना देबकाेटा
सर्लाही
पञ्चाङ्ग:१०
हावा चलेको छ ।
आस्था ढलेको छ ।
हुरी बतासले,
आगो बलेको छ ।
तन जलेको छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग:१२
आज सुकुम्बासी माथि डाेजर चलेकाे छ।
बेचारा बस्न नपाएर मन जलेकाे छ।
अब सहारा कतै दिखिन्न जाने कहाँ हाे,
हेर भाग्यले पनि यिनलाई छलेकाे छ।
अरुलाई के हुन्छ यिनलाई खलेकाे छ।
पञ्चाङ्ग:१३
काेही सधैं नमस्कार गर्छन् विहानै।
कतिपय पूजा गर्न सर्छन् विहानै।
खाेट लगाउनु हुन्न दुबै काम राम्राे,
कति समाजसेवामा झर्छन् विहानै।
विवेकहीनहरू दारु भर्छन् विहानै।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग:१४
बिर्सनेलाइ बिर्सीदेउ सम्झिएर रुने होइन।
कल्पिकल्पी उसकै यादमा मुहार धुने होइन।
आफुले नै खोज्नु पर्छ नि आफु भित्रको आत्म खुसी,
तनाव लिए रोगी हौला अरु केही हुने होइन।
तिम्रा आँसुले हर्ष दिन्छ अरुलाई छुने होइन।
सरिता सेढाई धादिङ
पञ्चाङ्ग:१५
मनभित्र पिडा भएपनि खुलेर हाँस्नु पर्छ।
आफ्नै हातले टिपेर नै फूल थुँगा गाँस्नु पर्छ।
तिमीले मलाइ धाेका दिइ छलेर गए पनि,
राम्रो कुरा गरेर त नराम्रो कुरा मास्नु पर्छ।
दु:ख सुख जीवन हाे सम्झी छातिमा टास्नु पर्छ।
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:१५
मर्दैछ रहर के गर्नु
ढल्दैछ सहर के गर्नु
जब गयौ तिमी मबाट,
फुट्दैछ नहर के गर्नु
चढ्दैछ जहर के गर्नु ।
वसन्त अनुभव
घोराही, दाङ