पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४८

  • ७ असार २०८०, बिहीबार ०८:४६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४८ [अठचालिसौँ] ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०३/०५ गते  समय :- साँझ ८ बजे ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- आफूखुसी

    ………………………………………………
    पञ्चाङ्ग:०१
    सुख दुःख घुमिफिरी आउँछ जीवनमा।
    सुखसंगै दुःख पछि धाउँछ जीवनमा।
    आफू आफैलाई महान् नठान्नु महोदय
    त्यो महानताले के के पाउँछ जीवनमा।
    महान् बन्न खोज्ने बिल्ला लाउँछ जीवनमा।
    सुशीला पाैडेल

    पञ्चाङ्ग-२
    जग्गा राम्रो कुलो पैनी आली हुदा खेरि ,
    मंसिर राम्रो झुल्दछ बाली हुदा खेरि।
    बित्यो जीवन संघर्ष लक्ष्य भेटिएन,
    उपदेश बुद्धको नै गाली हुदा खेरि,
    कसरी फुल चोरी भो माली हुदा खेरि।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०३
    जस्तो चल्छ चल्न दिनु आफ्नै हो ।
    आगो बोल्छ बल्न दिनु आफ्नै हो ।
    जानेको गर्नु पर्छ नजानेको हुन्न है ,
    वृक्ष जस्तै   फल्न दिनु आफ्नै हो ।
    आफै  तिर  ढल्न दिनु  आफ्नै हो ।

    सोमनाथ लुइटेल  “रवि पाल्पाली” पाल्पा।

    पञ्चाङ्ग:०४
    समाजको नजरमा गिर्छु कि भन्ने डर छ।
    अस्मितामा धब्बाहरू भिर्छु कि भन्ने डर छ।
    नपरोस् है भगवान गलत कदम चाल्न,
    गन्तव्यहिन गल्लिमा छिर्छु कि भन्ने डर छ।
    रोगी ति बा-आमालाइ पिर्छु कि भन्ने डर छ।
    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग :०५
    छातिभित्र यादको भण्डार सकिएको छ
    मेरो माया जबर्जस्त फिर्ता  लगिएको छ
    यादमा  तड्पाइ-तड्पाइ  सताएर  पनि,
    मलाई  नै  धोखेबाज  पनि भनिएको छ
    झुक्याएर मलाई  नै किन  छलिएको छ
    -दस्ता कौशिक,पाँचथर।

    पञ्चाङ्ग:०६
    काेही सजिलै कागज काेरेर खाएका छन्  ।
    काेही पर्ती त्यो बाँझो फाेरेर खाएका छन् ।
    गरिब पसिना बगाउँदै कष्टमा यहाँ ,
    श्रम बेच्दै दुई छाक जाेरेर खाएका छन् ।
    प्राण अल्झाउँन दु:ख घाेरेर खाएका छन् ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग ०७
    एउटीलाई काखा अर्कीलाई पाखा सार्दै  गर।
    लाग्छकी जिउ त्यसकाे भनेर  घिउ खार्दै गर।
    एकदिन  हेलाकाे फेला नि अवस्य परिन्छ है।
    उसकाे अगाडि आफुलाई सधैनै हार्दै गर।
    अब केगरेर सक्छौ तिमी जालमा पार्दै गर।
    मनिषा विष्ट
    मेचिनगर १५

    पञ्चाङ्ग:०८
    पापी अधर्मिको  अन्त्य गरि देउ।
    दुखी,गरिबको पेट भरि देउ।
    अरूको कुभलो सोच्नेलाई अब,
    सद्बुद्धि,ज्ञानको ज्योति छरि देउ। 

    पापीमा भएको खुसी हरि देउ।
    ह्यारिस

    पञ्चाङ्ग:०९
    जीवन सङ्गै छ मृत्यु तर किन डराएको छ मान्छे।
    मृत्युु भन्ने बित्तिकै जोड जोडले कराएको छ मान्छे।
    आखिर मृत्युु त सृष्टिको नियम हो कति बुझाउनु,
    मृत्युको भयले उसको अस्तित्व हराएको छ मान्छे ।
    मृत्युको हल्ला सुनाएर जीउँदै मराएको छ मान्छे ।
    -पशपती

    पञ्चाङ्ग:१०
    शिक्षालाई नि सीपसँग जोड्नु पर्छ अब।
    श्रमजीवी बन्न मै मन जोड्नु पर्छ अब।
    विकासको मार्ग कोर्न लिनु पर्छ तालिम,
    मानवको दानवी रूप गोड्नु पर्छ अब।
    भावी पुस्ताले आहा! भनि छोड्नु पर्छ अब।
    सरिता काफ्ले
    कोहलपुर बाँके

    पञ्चाङ्ग:११
    एउटा दिमाग चल्छ चल्दैन हिड्न खुट्टा,
    उकाली अोराली भिर गल्दैन हिड्न खुट्टा
    छैन   गौरव   मलाई   बाँचेको   कुनै   पनि,
    काँडा सीसा जे जे टेक्छ छल्दैन हिड्न खुट्टा,
    मार्ग लिन्छ वीरताको ढल्दैन हिड्दा खुट्टा ।
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    पञ्चाङ्ग:१२
    भर  कसैको  नपर्नु  जिन्दगीमा ।
    अरुको आशा नगर्नु जिन्दगीमा ।
    आफ्नै परिश्रम  गर्न  जान्नु  पर्छ ,
    कसैको सुख नहर्नु  जिन्दगीमा ।
    माथिको तल नझर्नु जिन्दगीमा ।
      बेदु न्यौपाने
      काठमाडौ

    पञ्चाङ्ग :१३
    भोकमा त जस्तो नि खाइन्छ अरे।
    भाग्यमा जे छ तेही पाइन्छ अरे।
    खै के भनु के गरु सोच्नै सकिन,
    उकाली ओराली नि धाइन्छ अरे।
    दुःख परोस् जस्तो नि लाइन्छ अरे।
    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१४
    नबताउनु अब मेरो खबर जिन्दगाीलाई।
    पुरानाभए भोनतान रबर जिन्दगीलाई।
    मुखियामा चालक कस्तो आलोचक खुल्दुली,
    अपमान  हुँदै  रहेछ अबर जिन्दगीलाई।
    बनाई छाडे आखिरमा गबर जिन्दगीलाई।
    ✍️डिल्ली राज घिमिरे
    अर्घाखाँची

    पञ्चाङ्ग:१५
    जिन्दगीभर म तिम्रै साथमा हुनेछु प्रिय।
    अापत  बिपतमा  तिमीसंगै रुनेछु प्रिय।।
    खुसीसाथ जीवन बिताउने प्रयास गरौँ।
    म देखि टाढिए अाँसुले मुख धुनेछु प्रिय।।
    हरेक दिन म  तिम्रो पाउमा छुनेछु प्रिय।
    मल्ल लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    पञ्चाङ्ग:१६
    बितेका हरेक पल तिम्रो सम्झना काटिदै थियो।
    फाटेको लुगा अनि जाडोले बदन बाटिदै थियो।
    अहिले आएर ठूलो मान्छे हुदा कोहि थिएन रे,
    सपनाअर्काको भाँडा माझ्दा चिसोले लाटिदै थियो।
    अहंकारले गर्दा आज आफ्नै चिता खाटिदै थियो ।
    अम्विका अधिकारी
    झापा विर्तामोड

    पञ्चाङ्ग-१७
    माटोको मुर्ति कसैको नाम शिव पार्वती अनि काली हुन्छ।
    माग्दा पुगे सबैको भगवान नत्र उल्टै दिने गाली हुन्छ।
    पैसा चढाउँन जानेहरू भिड लाग्छन्  जहिले मन्दिरमा ,
    बाहिर हेर्दा माग्न बसेका मगन्तेका कचौरो खाली हुन्छ।
    फेरि किन त्यहीँ मान्छे नै मानव अधिकारको माली हुन्छ।
    अनुप आचार्य
    मोरङ

    पञ्चाङ्ग:१८
    आफ्नै क्षमताकै बलमा बाँच्न जानेकी छु मैले।
    मन भित्रै कै मुटुलाई साँच्न जानेकी छु मैले।
    कुरै कुरा ओछाएर हैन विश्वास देखाएर,
    अरूका कुरा सुनेर नै जाँच्न जानेकी छु मैले।
    बाेलेकाे भरैमा नै मन भाँच्न जानेकी छु मैले।
    प्रविणा पल्लवी
    महाेत्तरी

    पञ्चाङ्ग: १९
    हातेमालो गरेर जीवन चल्छ सबैको।
    साथ राम्रो भयो भने दीप जल्छ सबैको।
    बिहानी शीतल हावामा आनन्द बिसाइ,
    मानवले दानव देखाए गल्छ सबैको।
    मानवको साथमा उज्यालो बल्छ सबैको।
    जानुका गौतम

    पञ्चाङ्ग :२०
    कसैले हारे यहाँ कसैकाे जीत हुने रहेछ।
    धाेका पाएपछि जिन्दगी नै गीत हुने रहेछ।
    सुख, दु:ख पलपल आउँछन् , जान्छन् घरीघरी,
    मिल्नु,छुट्टिनु पाे जीवनकाे रीत हुने रहेछ।
    हाँस्नु,रुनुले यहाँ  सवैकाे हित हुने  रहेछ।

    ✍️उर्मिला के.शी., धनकुटा  ।

    पञ्चाङ्ग:२१
    अाफ्नै देशको माटोको भर राम्रो।
    पुर्खाले दिएको हाम्रो  थर राम्रो।
    हरियाली भरिएको देश
    हाम्रो,
    वरिपरि छ पिपल वर
    राम्रो।
    माटोको बनाेटकाे त्यो  घर राम्रो ।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:२२
    असार दुई गते बाढीले सङ्खुवासभा बगाएको छ।
    जिउने आधार र बासस्थान हामीबाट भगाएको छ।
    नेताहरु राहतको नाम दिएर फोटो खिच्छन जान्छन्,
    पीडितले मागेका जड्याैरी नाङ्गो ढाक्न लगाएको छ।
    पीडितको ब्यबस्था गर्न सरकार सँग मगाएको छ ।

    तारा घिमिरे स्वेच्छा
    सङ्खुवासभा

    पञ्चाङ्ग:२३
    जिन्दगीमा रङ्ग धेरै भरौँ हामी
    काँध जोडी सधैँ हिँड्ने गरौँ हामी
    जुनी अर्को फेर्न पर्दा कता कता
    खुशी हुँदै खोला नदी तरौँ हामी
    लक्ष्य चुम्न सक्दो अघि सरौँ हामी ।

    प्रभा

    Leave a Reply