पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४७

  • ३२ जेष्ठ २०८०, बिहीबार २२:३० मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४७ [सत्चालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/३२ गते  समय :- साँझ ८ बजे ।

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️चरचर  घरति यो  चिरिएको बेला [०१]
    ✍️दिनभरि घरभित्रै  छिरिएको बेला [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢बेइमान भयो अरे यो देशमा अति [०३]

    माथिको शेरलाई सम्बोधन गरी परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️महासय सामु  गइ गिरिएको बेला [०४]
    ✍️राॅगालाई नागरिक तिरिएको बेला [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  

    ✍️चरचर  घरति यो  चिरिएको बेला [०१]
    ✍️दिनभरि घरभित्रै  छिरिएको बेला [०२]
    💢बेइमान भयो अरे यो देशमा अति [०३]
    ✍️महासय सामु  गइ गिरिएको बेला [०४]
    ✍️राॅगालाई नागरिक तिरिएको बेला [०५]

    ✍️घनश्याम पौडेल,पोखरा ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [०१]
    [०१]
    चरचर  धरती  यो  चिरिएको बेला।
    दिनभरि घरभित्रै   छिरिएको बेला।
    बेइमान भयो  अरे यो देशमा अति,
    महासय सामु  गइ गिरिएको बेला।
    राॅगालाई नागरिक तिरिएको बेला।
    [०२]
    आज किन बिहानमा घाम देखिएन।
    ज्यानै दिई  गरेॅ पनि काम देखिएन।
    भाग्य मेरै बिग्रिएर हो कि खोई कुन्नी,
    आफन्तकामाझ मेरो नाम देखिएन।
    कहाॅ जाने भन्ने कुनै ठाम देखिएन।

    ✍️घनश्याम पौडेल, सृजना चोक पोखरा ।
    ……………………………………………

    पञ्चाङ्ग   [०२]

    नेताले देश मासेर खाइसके।
    ट्वाइलेटमा मार्बल लाइसके।
    अब परीक्षा लिनु-दिनु  पर्दैन ,
    शत्रुले व्यंग्यको गीत गाइसके।
    हाम्रो कमजोरी थाहा पाइसके ।

    ✍️देवी पन्थी, बिराटनगर ।
    ………………………………………

    पञ्चाङ्ग   [०३]

    गर्मी साह्रै छ पानी पर्न सकेकाे छैन।
    बादल नभै पानी झर्न सकेकाे छैन।
    गर्मीले गर्दा तराईमा बस्न छ गाह्राे,
    आकाशमा बादल सर्न सकेकाे छैन।
    किसानले त खेती गर्न सकेकाे छैन।

    ✍️नवराज भट्ट, कञ्चनपुर ।
    …………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    माया पनि यस्तो गर जुनी जुनी होस् ।
    मनबाट   प्यारो भइ  दिल छुनि होस् ।
    साथीले मान  पाओस्  चारैतिर कृति ,
    मित्रता हाम्रो  साथ बलियो हुनि होस् ।
    दु:ख पर्दा  साथी पनि सँगै रुनि होस् ।
    [०२]
    आऊन  छेउ  बस  द्वेष  राग  फालेर   आज।
    कुप्रथाको पथलाई नै  साँच्चै   ढालेर आज।
    गन्तब्यमा पुग्न साह्रो हुन्न   साथ भए हाम्रो,
    आऊ  मनमा  दिगो  दिपलाई  बालेर आज।
    नौलो भबिष्यको कल्पनालाई पालेर आज।
    [०३]
    छिमेकीलाई सुटुक्क  भेट्ने नेतालाई कार्वाही गरौँ।
    कुरै  कुरामा  निकास  मेट्ने नेतालाई कार्वाही गरौँ।
    सिमा मिच्दा नबोल्ने पद सत्ता यिनैलाई नै चाहिने,
    नेपालको अस्मिता नै  रेट्ने नेतालाई कार्वाही गरौँ।
    संबिधान मिच्ने पापी ठेट्ने नेतालाई कार्वाही गरौँ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” पाल्पा।
    हाल:- काठमाडौं  ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०५]
    [०१]
    बेर गयो टिप्न सकिन्न ।
    फेर गयो टिप्न सकिन्न ।
    जीवन त्यो लहैलहैमा ,
    धेर गयो टिप्न सकिन्न ।
    खेर गयो टिप्न सकिन्न ।
    [०२]
    आहा ! राम्री छ हाम्री नानी हेर ।
    सुन्दरताकी साँच्चै खानी हेर ।
    हेर्दा मायालु देखिने लजालु  ,
    असाध्यै राम्रो बोली  बानी हेर  ।
    छहराकाे निश्छल पानी हेर ।
    [०३]
    मुखले बाेल्छ भन्दथे आँखा पनि बाेल्दाे रहेछ ।
    नजानिदाे पाराले मनको वह खाेल्दाे रहेछ ।
    प्रेमकाे गहिरो पाेखरीमा चुर्लुम्म डुब्दै गर्दा ,
    शीतलता दिने जूनले भत्भति पाेल्दाे रहेछ ।
    जीवनमा आउने सारा जाेखिम माेल्दाे रहेछ  ।

    ✍️भवानी घिमिरे ,सर्लाही ।
    …………………………………………

    पञ्चाङ्ग   [०६]

    अहिलेका नेताले केही गर्न सकेनन्।
      निमुखा जनताको दुःख हर्न सकेनन्।
      लुछाचुँडी तानातान हानाहान छ सधैँ,
    नराम्रा विचारमा पछि सर्न सकेनन्।
      देशमा समृद्ध भावना छर्न सकेनन्।
     
    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    केही हुँदैन काम राखेर ।
    जानुछ सबै नाम राखेर ।
    उसले आफै गरेको बिन्ती,
    रुपैयाँ पैसा दाम राखेर ।
    सडक खण्ड जाम राखेर ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [०८]

    असिनाझैँ वर्सायौ माया सायद बटुल्न सकिनँ।
    कति वसन्त आए लालित्यसँगै म फुल्न सकिनँ।
    शिशिर होस् या गृष्म, तिम्रै पदचाप पर्खेर बसेँ,
    स्वीकृतिको पछ्यौरी विछ्यायौ तर म खुल्न सकिनँ।
    भमरा जस्तै प्रेमको फुलबारीमा डुल्न सकिनँ।

    ✍️मन्दिरा सेढाई , मलेखु धादिङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०९]

    सधैँ जसो लेख्दा पनि कसैले नदेखे जस्तै गर्दा रहेछन् ।
    अलिअलि जानेकाले त झन घमण्ड  मस्तै गर्दा रहेछन् ।
    मैले कोरेको सृजना चटपटा र प्रेमिल नहुदाखेरि ,
    कामै केही नभएको जस्तो धेरै कुरा बस्तै गर्दा रहेछन् ।
    आधुनिक साहित्यकार आलोचना प्रसस्तै गर्दा रहेछन् ।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१०]

    हो हल्ला मा रमझम् बिहेमा गर्दैछन् हेर्नू।
    सिङ्गार्दै बेहुली आँचल भर्दैछन हेर्नू।
    अचानक फोनमा सुनेर आत्तिदै छन्,
    मटर पल्टेर त्याँ कति मर्दैछन् हेर्नू।
    कोही अस्पताल   मलामी झर्दैछन् हेर्नू।

    ✍️कमला पाण्डे पराजुलि, झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [११]

    देश बचाउन लागि पर्नु छ।
    दुःखी गरिबको पेट भर्नु छ।
    मान्छे मान्छे बिच फरक देख्दा,
    धनी मानिसको खुसी हर्नु छ।
    अब दुःखीको जंघार तर्नु छ।

    ✍️ह्यारिस, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग    [१२]
    [०१]
    हाम्रा नेता विदेशी मेजमानीमा पर्न छिरेका थिए।
    छिमेकी महासयका पाउमा गएर गिरेका थिए ।
    अखण्ड भारत नेपाल नक्शामा सही गरेर आए ,
    उहिले सही भन्दै मुर्रामा नागरिक तिरेका थिए।
    मोदी पाउमा यहाँ का नक्शा तिम्रै भन्दै फिरेका थिए।
    [०२]
    सांसद  भवनमा   सांसदहरू  भुक्छन्  मात्र ।
    चेलीबेटी हिँड्न हुन्न गुन्डा बाटो ढुक्छन् मात्र।
    आ-आफ्नै  घमण्डले देश आर्थिक  संकटमा ,
    देश भ्रष्टाचार  गर्दै  नेता आफैँ  लुक्छन्  मात्र।
    विदेशी देश चल्दा नेता आफैँ चुक्छन् मात्र।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१३]

    हालात्  यस्तो  छ देश  कु-बाटो  हिंड्न थाल्यो।
    विदेशीको काखमा  हाम्रो  माटो  हिंड्न थाल्यो।
    मिठो  खान्कीको  तलाशमा  हामीहरू  हिँड्दा,
    हाम्रो आफ्नै खान्की गुन्द्रुक आटो हिँड्न थाल्यो।
    पहिरन्  विदेशी  फेसन्को  साटो   हिँड्न थाल्यो।

    ✍️सुरेशकुमार पाण्डे,  दाङ घोराही ।
    ………………………………………………

    पञ्चाङ्ग   [१४]

    नेता भोज खान छिमेकीकोमा छिरेका छन्
    महामहिम भन्दै पाउमा गिरेका छन्
    नेपाली भुमि अखण्ड भारतमा गाभ्दा नि
    खुसी भइ उपहार काधमा भिरेका छन्
    छिमेकीको भैंंसीमा  नागरिक  तिरेका छन्

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………………

    पञ्चाङ्ग  [१५]

    भोको पेट चर्किने गरि खान कमाउनु छ।
    विदेशबाट फर्किएर घर जमाउनु छ।
    देशमा बसेर केही गर्न नसकिने भयो,
    विदेशबाट ल्याएको पैसामा रमाउनु छ।
    वृद्ध हुँदा एक अर्कोको हात समाउनु छ।

    ✍️सुशीला पौडेल ।
    …………………………………………………

    पञ्चाङ्ग   [१६]

    गहिरो  सागर  सजिलै  तर्छु  झै लाग्छ।
    जानिजानी अडकाउमा पर्छु झै लाग्छ।
    औडाहाले  कठिन  दुःख दिन सकेको,
    प्रलोभनले  सताएर  झर्छु  झै  लाग्छ।
    यसै डाहले  तड्पिएर  मर्छु झै  लाग्छ।

    ✍️अच्युत घिमिरे, भुटानबाट🇧🇹 ।
    ……………………………………………

    पञ्चाङ्ग   [१७]

    सधैँ चोखो माया मनमा रहोस् ।
    अमृत हो प्रेम तनमा रहोस् ।
    गुमाउन लाइदैन यो प्रेम,
    अझै प्रेम आफ्नो पनमा रहोस् ।
    भातृत्वको भाव जनमा रहोस् ।

    ✍️वीणा रोका, घोराही दाङ।
    …………………………………………

    पञ्चाङ्ग   [१८]

    आफ्नो देश त आफैंले बनाउनु पर्छ भन्छ हर्क साम्पाङ।
    आफ्नो जिउ पनि आफैं कनाउनु पर्छ भन्छ हर्क साम्पाङ।
    पसिना  शरीरमा  जमेपछि  त  हो  जिउ  पनि  चिलाउने,
    नाथे  पसिना  माटोमै  खनाउनु पर्छ  भन्छ  हर्क साम्पाङ।
    पसिना  काढेर  जिउ  गनाउनु पर्छ  भन्छ  हर्क  साम्पाङ ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [१९]

    भन मेरो लागि के के गर्न सक्छौ।
    वर अनि  पर  कता  सर्न सक्छौ।
    मित्रताको नाममा स्वार्थ देखायौ,
    के यो मुटु तिमी फेरि भर्न सक्छौ।
    एकै पल्ट अरु    भर पर्न सक्छौ।

    ✍️सञ्जना शर्मा, दाङ लमही ।
    ………………………………………

    पञ्चाङ्ग   [२०]

    मन्दिर , चर्च , मस्जिदमा जस्तो पस्ने नगर ।
    हाम्रो संस्कृति प्यारो छ यस्लाई डस्ने नगर ।
    युगौँदेखि  रमेका  छौ  खलबली नगर्नु है ,
    मिति  पुगेर   पनि   नेपालमै   बस्ने   नगर ।
    जोगि भयौ  मन्दिरको   खरानी घस्ने नगर ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२१]

    मनको कुरा साथीलाई नै खोल्नु पर्छ भन्छु ।
    माया भएमा सधैँभरी नै बोल्नु पर्छ भन्छु ।
    दुई दिनको  जिन्दगीमा मरेर लानु छैन ,
    दुई आत्मा मिलाई  सदैव घोल्नु पर्छ भन्छु ।
    कुविचार , कुमार्ग मिलेर पोल्नु पर्छ भन्छु ।

    ✍️संगिता शर्मा, सिन्धुली ।
    …………………………………………………

    पञ्चाङ्ग   [२२]

    आयो पानी छायो खुसी।
    किसानले पायो खुसी।
    खडेरीले मर्न लागेका,
    बोटमा त  आयो खुसी।
    बिरुवाले रमाइ गायो खुसी।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [२३]

    तिम्रा चिप्ला कुराले मेरो मन चुक्यो साथी।
    मनमा धेरै चिन्ता हुँदा तन सुक्यो साथी।
    आँखा चिम्म पारेर मैले विस्वास गर्नाले,
    मुटु ढुकुढुक भै सासकन रुक्यो साथी।
    घाती रैछौ तिमी यो शिर झन झुक्यो साथी।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२४]

    बिनाकाम  रुक्नु हुन्न हामीले  मान्नुपर्छ
    धर्म कर्म संस्कृति नि  मिलेर  धान्नुपर्छ
    पन्चरबाट बचाउन गाडी  जिन्दगीको
    छाडेर हाम्रा राम्रा राम्रा साथी छान्नुपर्छ
    तथ्य कुरा सत्य हुन्छ सबैले जान्नुपर्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखाणउ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२५]

    लाग्थ्याे  मलाई तिमीभित्र करुणाकाे बास  थियाे ।
    मेरा अाँसु पुच्छाै भन्ने  झनै ठुलाे आश थियाे ।
    समयले काेल्टे फेर्दा टाढिँदै छु पीडा हुन्छ ,
    मेरा खुशी उडाउने मेरै भाग्य खास थियाे ।
    मुटुभित्र खाँदिएकाे जलनकाे रास थियाे ।

    ✍️चन्द्रावती अधिकारी , दुरा डाँडा लमजुङ
    हाल:- बाँके कोहलपुर ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२६]

    कानुन  बनाउनेले, आफू माथि  हुने  बनायो।
    निमुखालाई  पुर्पुरोमा,  हातले  छुने  बनायो।
    समाजवादको  झाँसा दिएर, सत्तामा जानेले,
    शिरमा  लगाको  टोपी,पसिनाले धुने बनायो।
    एकान्तमा घोप्टो परि,डाँको छोडी रुने बनायो।
                           
    ✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।
    …………………………………………………

    पञ्चाङ्ग   [२७]

    कहाँ भेटूँ कहाँ देखूँझैँ  तिमीलाई हुन्न र?
    सागर भन्दा गहिरो मेरो मायाले  छुन्न र?
    हेरेर रुन्छु चन्द्रमामा निष्ठुरी तिमीलाई
    मेरैजस्तो भएदेखि मन सम्झेर रुन्न र?
    मैले दिएको जाले रुमाल आँसुले धुन्न र?

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चङ्ग   [२८]

    दिल  खोलेर  आउ  पुजा  गर्छु सधैँ।
    तिमी  बिना  वियोगमा  नै मर्छु सधैँ।
    कस्तो छ मलाई तिमीलाई के थाहा?
    तिमी  तिर  आउने  दिए  सर्छु सधैँ।
    अब  त  म तिम्रो  नै  भर  पर्छु सधैँ।

    ✍️रेणु चन्द ठकुरी , डोटि हाल काठमाडौं ।
    ………………………………………………………

    Leave a Reply