पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४६

  • २५ जेष्ठ २०८०, बिहीबार १८:५३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४६ [छयालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/२३ गते  समय :- साँझ ८ बजे ।

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️रहर   थियो  नि  गायक  बन्ने  बनिएन के गर्नु [०१]
    ✍️खै गएर भन्नु पर्थ्यो   रे  सोर्स भनिएन के गर्नु [०३]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢जानिएन जमाना अनुसारको चल्न अझै पनि [०३]

    माथिको शेरलाई सम्बोधन गरी परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️खन्नु पर्ने थियो हिँड्ने  गोरेटो खनिएन के गर्नु [०४]
    ✍️नजान्दा कलाकारको नाममा  गनिएन के गर्नु [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  

    ✍️रहर   थियो  नि  गायक  बन्ने  बनिएन के गर्नु [०१]
    ✍️खै गएर भन्नु पर्थ्यो   रे  सोर्स भनिएन के गर्नु [०३]
    💢जानिएन जमाना अनुसारको चल्न अझै पनि [०३]
    ✍️खन्नु पर्ने थियो हिँड्ने  गोरेटो खनिएन के गर्नु [०४]
    ✍️नजान्दा कलाकारको नाममा  गनिएन के गर्नु [०५]

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [०१]
    [०१]
    रहर   थियो  नि  गायक  बन्ने  बनिएन के गर्नु ?
    खै गएर भन्नु पर्थ्यो   रे  सोर्स भनिएन के गर्नु ?
    जानिएन जमाना अनुसारको चल्न अझै पनि,
    खन्नु पर्ने थियो हिँड्ने  गोरेटो खनिएन के गर्नु ?
    नजान्दा कलाकारको नाममा  गनिएन के गर्नु ?
    ०२]
    कुकर्मदेखि सधैँ डराउनुपर्छ नत्र स्वर्ग जाने बाटो पाइदैन।
    मर्त्य लोकमा सुकर्म गर्न गाह्रो छैन माथि धनको पाटो पाइदैन ।
    यहाँ बाचुन्जेल तिमीले छानीछानी वकिल र न्यायाधीश राख्छौं होला,
    पछिफेरि जानेबेला इश्वरको अदालतमा छान्ने माटो पाइदैन।
    यही बनाऊ कर्मको घर त्यहाँ घर बार्न बासको भाटो पाइदैन।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०२]

    सेतो   बादल वर्सिदैन ।
    खाँटी मादल चर्किदैन।
    सुन भनेको सुन नै हो,
    असल मान्छे तर्किदैन ।
    कसैसित ऊ झर्किदैन।

    ✍️देवी पन्थी , बिराटनगर ।
    …………………………

    पञ्चाङ्ग   [०३]
    [०१]
    सबैको   मनमा  फुली दिए राम्रो ।
    अर्काको भएमा हुली दिए राम्रो ।
    वचनमा पक्का  हुन बोल्नू सत्य ,
    आफ्नो हैन भने भुली दिए राम्रो ।
    विश्वास  सदैव  चुली   दिए राम्रो ।
    [०२]
    माया गर्छु भन्नेले कुरा  फेर्छौ किन ?
    छोडेर   जाने  भएपछि हेर्छौ किन ?
    कस्तो बेला आयो मनमा छैन दया ,
    कुराको  डोरीले मलाई  बेर्छौ किन?
    समाज जोडेर  मलाई   घेर्छौ किन ?

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०२]
    पढाइ लेखाइ छैन हजुर कामै के गर्नु र।
    खेती गरे आउँदैन हजुर दामै के गर्नु र।
    पैसो बिना बाच्नुँ कठिन अहिलेको जमानामा,
    खोल्दा भित्र खाली हुन्छ हजुर खामै के गर्नु र।
    नमेटिने लागेको छ हजुर डामै के गर्नु र ।
    [०२]
    दुष्ट अनि फटाहाको जित हुनुपर्छ यहाँ।
    जाली अनि दुर्जनको हित हुनुपर्छ यहाँ।
    बाच्नँ गार्हो असल र इमान्दारी जनलाई,
    साँचो बोल्दा दुनियाँको गीत हुनुपर्छ यहाँ।
    आफ्नो बाटो हिँड्न भयभित हुनुपर्छ यहाँ ।

    ✍️सरिता सेढाई, चरौंदी धादिङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०५]

    राेपेपछि एक दिन राम्रोसँग फल्छ यहाँ ।
    उन्नतिकाे पथमा लम्कने भए बल्छ यहाँ ।
    समयकाे पर्खाइमा रम्न नसकेमा पनि,
    सबैकाे आँखाकै ताराे हुँदा छिटै ढल्छ यहाँ ।
    उमेरैमा जीवन व्यर्थ भएमा गल्छ यहाँ ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    …………………………………………………

    पञ्चाङ्ग   [०६]

    खाल्डोमा पस्न खोज्नेलाई  पस्न दिनुपर्छ।
    भुईंमा  खस्न  खोज्नेलाई  खस्न दिनुपर्छ ।
    जीवन स्वतन्त्र छ, कानुन अरुले बनाको,
    विषले  डस्न  खोज्नेलाई  डस्न  दिनुपर्छ ।
    खरानी  घस्न  खोज्नेलाई  घस्न दिनुपर्छ।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
    …………………………………………………………

    पञ्चाङ्ग   [०७]

    बाटोमा बस्ती छ।
    धुलोमा मस्ती छ ।
    बाँच्नु छ यसरी,
    दुखमा सास्ती छ ।
    खानामा नास्ती छ ।

    ✍️धनमाया चौधरी, कैलाली।
    ……………………………………………………

    पञ्चाङ्ग   [०८]
    [०१]
    ईश्वरकाे दुई हात जाेडेर आए।
    साहित्य बाटोका बाधा ताेडेर आए।
    साहित्य  लेख्ने ईच्छा तिब्र भएकैले,
    हिँड्ने बाटोका ती घुम्ती माेडेर आए।
    अनेक ईच्छा, आकांक्षा छाेडेर आए ।
    [०२]
    गलत बाटो हिँड्न डराउनु पर्छ सधैँ।
    नकारात्मक साेच हराउनु पर्छ सधैँ।
    अध्यात्म कर्मले  तनमन शुद्ध गर्दछ,
    मनमा शान्ति धुन भराउनु पर्छ सधैँ।
    राम्रो कामकाे हामी  सराउनु पर्छ सधैँ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०९]

    माता अनि पितालाई दुई हात जोडेर आऊ।
    पुराना बाचा बन्धनहरू सबै तोडेर आऊ।
    भेट हुने दोबाटोमा कुरेर बसेकी छु आज,
    दु:ख सुखका ति कैयौं घुम्तिहरू मोडेर आऊ।
    चाहिँदैन हिरा मोती केही सबै छोडेर आऊ ।

    ✍️मन्दिरा सेढाई, मलेखु धादिङ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१०]

    प्यारो माइती घर नि छोडेर आएँ।
    बारीका बोट बिरुवा गोडर आएँ।
    जन्मघर कसलाई लाग्दैन  प्यारो,
    ब्रह्मचारी बस्ने इच्छा तोडेर आएँ।
    अकस्मात मैले बाटो मोडेर  आएँ।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [११]

    फटाहा अनि दुष्टहरूको जित गरेका छन् ।
    भ्रष्ट अनि दुर्जनहरू नजिक सरेका छन् ।
    सोझा साझा बाँच्नलाई त  हुने भयो कठिन,
    सत्यतथ्य पछि पार्दै झुट अघि परेका छन् ।
    प्रमाण खोज्दा भ्रष्टहरू चै खुबै डरेका छन् ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१२]
    [०१]
    दुःख सुख सधैँ सधैँ मानवीय तनलाई हुन्छ ।
    हर्ष र खुसी साेच विचार गर्ने मनलाई  हुन्छ ।
    घामपानी वर्षा हिउँद भइरहने प्रक्रियामा ,
    सबैभन्दा बढी प्रभाव गरिब जनलाई हुन्छ ।
    जीवन विताउने आ-आफ्नो पनलाई हुन्छ ।
    [०२]
    धर्तीमा  परेको शीत सुकाउन रवि हुन्छ अरे ।
    यज्ञमा चामल घिउ मिसाएकाे हवि हुन्छ अरे ।
    अक्षरबाट बिकृति विसंगतिलाई काट्न यहाँ ,
    हरेक कुना कन्दरा पस्ने उही कवि हुन्छ अरे ।
    साधना जमाए जीवनमा राम्रो छवि हुन्छ अरे ।

    ✍️भवानी घिमिरे , सर्लाही ।
    ……………………………………………………

    पञ्चाङ्ग    [१३]

    बुबा अनि आमालाई हँसाउने सपना बोकेको थिएँ।
    दु:ख पिंडालाई  मन भित्र-भित्रै आफैले छोपेको थिएँ।
    अचम्म!यहाँ त बुबा सपना पनि किन्नु पर्दोरहेछ,
    संघर्ष गर्दा इच्छा पुरा हुनेछ भन्ने नै सोचेको थिएँ।
    कहाँ छ त त्यो सुखको आभास त्यही मैले खोजेको थिएँ।

    ✍️दस्ता कौशिक,पाँचथर।
    …………………………………………………………………

    पञ्चाङ्ग   [१४]

    हिजोआज महङ्गीको सिस्नुले पोलेको छ।
    आँसुले रगत पसिना पीडा घोलेको छ।
    बाँच्नु भन्नू मात्र छ,मरेको तुल्य भएर,
    बँच्ने आधार एउटै मकैको खोलेको छ।
    सरकार भित्र हालिमुहाली झोलेको छ।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [१५]

    दुःख लाग्छ गद्धार राष्ट्रका नाति लेण्डुप दोर्जे देख्दा।
    अन्तरघाती दुष्टत: तिते पाती लेण्डुप दोर्जे देख्दा।
    छाती फुलाइ बाती बाल्दै कुदेका छन् सारा देशद्रोही ,
    नेता चोर चाण्डाल भाँती नजाती लेण्डुप दोर्जे देख्दा।
    लम्पसारवादी दलालका ताँती लेण्डुप दोर्जे देख्दा ।

    ✍️बिबस पारदर्शी, झापा ।
    ……………………………………………………………

    पञ्चाङ्ग    [१६]

    लेख्दैछु सोचेर माता पिताको नाम  राखेर।
    यिनै सन्तानको निम्ति हातमा काम राखेर।
    हुर्कायौ बडायौ  पढायौ ठूलो मान्छे बनायौं,
    बृद्ध बाआमा छोडिदिए पैसा दाम राखेर।
    बृद्धाआश्राम् जान्छन् र दान गर्छन् राम राखेर।

    ✍️कमला पाण्डे पराजुली, झापा।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    अर्ना भैॅसी उपहार लिई  आएका।
    कालापानी लिपुलेक दिई आएका।
    नेपालको जम्बो टोली गई भारत,
    दूधघिऊ मजासँग पिई आएका।
    नफाटेको टालो उल्टै सिई आएका।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ……………………………………………

    पञ्चाङ्ग   [१८]

    हामी देश बनाउन लाग्नु पर्छ।
    दुष्टलाई भगाउन जाग्नु पर्छ।
    नेपाल भएर नै हामी छौं यहाँ,
    व्यबहारहिन देखि भाग्नु पर्छ।
    हाम्रो हक अधिकार माग्नु पर्छ।

    ✍️सुशीला पौडेल ।
    …………………………………………

    पञ्चाङ्ग   [१९]

    आजभन्दा  भोलि मानेको छ।
    किन होला यस्तो ठानेको छ।
    रिसाउँदै  भन्दै  थियो  उस्ले,
    पत्थर  छोपेर  हानेको  छ।
    उर्जाशील शक्ति जानेको छ।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    ……………………………………………

    पञ्चाङ्ग    [२०]

    भाग्यको लेखा शिरमा हुन्छ रे ।
    कर्मको बाटो भिरमा हुन्छ रे ।
    भाग्य र कर्मको निर्देशनमा ,
    मान्छे असाध्यै पीरमा हुन्छ रे।
    जिब्रोको ध्यान खिरमा हुन्छ रे ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिकाबाट ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    कसैलाई जिउ  गर्दा अाफू  गिर्नुपर्छ भने ।
    दयाकाे त्याे भिख माग्दै झाेली भिर्नुपर्छ भने ।
    टाढैबाट  नमस्कार   गरेकै   पाे राम्राे   हाेला ,
    आफ्नै आत्म  सम्मान  नै बेची तिर्नुपर्छ भने।
    वचनले  कमलाे   याे मुटु    चिर्नुपर्छ   भने ।

    ✍️चन्द्रावती अधिकारी, दुरा दाँडा २ लमजुङ
    हाल कोहलपुर बाँके ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२२]

    हाम्रा  बाउले धेरै राम्रो काम पो गरे हजुर ।
    लैनो भैंसी दिएर रागो पो ल्याए अरे हजुर।
    गोठभरी नै राँगैराँगा के गर्या होला नि यस्तो,
    गोठाला  गर्ने  दाजु चैं  विदेशमै  मरे   हजुर।
    आखिरमा घाँस काट्ने भाइ एक्लै परे हजुर।

    ✍️पशपती राई, खोटाङ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२३]

    एलाच्छन्दः(१५।८१७२),”रेखा” इत्यस्या नामान्तरम्
    लक्षण:सजना नयौ शरदशयतिरियमेला ।
    गण:       स      ज       न     न       य
    सङ्केत :।।ऽ   ।ऽ।    ।।।    ।।।    ।ऽऽ 
    वर्ण:१५,  यति: ५ अक्षरमा  ।
    रचना: राजेन्द्रकुमार  बज्राचार्य

    जब   शत्रुका,  हृदय   रहर  उपकारी ।
    नबने   यहाँ,  सबल  जहर   उपकारी ।
    छ जगत् यहाँ,  रविशशि उपर सब जीव,
    बन  मित्रझैँ,   प्रबल  ठहर   उपकारी ।
    ल नहोस् यहाँ, अबल कहर उपकारी ।

    नर  जिन्दगी, सुखद चरण  हितकारी ।
    सब   सादगी, रसद वरण  हितकारी ।
    सुख दुःखको, भव जल थल, दिनरात,
    हुनुु सार्थको, सबसित मन, हितकारी ।
    अब पार्थको, भवसित तन हितकारी ।

    मनरागले,  हलचल   धवतिर  ल्याए ।
    तनमागले, पलपल  ढवतिर   ल्याए ।
    जनमासले, नरजन भव  पर   ल्याई,
    युग राजले, हरपल, डवतिर   ल्याए ।
    जब यन्त्रले, सबजन,  नवतिर    ल्याए ।

    ✍️राजेन्द्रकुमार  बज्राचार्य, ललितपुर ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२४]

    कुसुम फुलेको हेर ।
    भमरा डुलेको हेर ।
    बिहानी लाली पूर्वमा,
    आकाश खुलेको हेर ।
    हृदय भुलेको हेर ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२५]

    ज्यान गलेर आउँछ।
    छाती जलेर आउँछ ।
    सोच्दा उनको बारेमा,
    जोश ढलेर आउँछ ।
    आगो बलेर आउँछ ।

    ✍️वसन्त अनुभव, घोराही  दाङ ।
    …………………………………………

    पन्चाङ्ग   [२६]

    हरेक क्षण तिमीसँगै हुन पाए हुन्थ्याे।
    मनका व्यथा सँगसँगै धुन पाए हुन्थ्यो।
    मन परेकाे मान्छे आफ्नै सामु भइदिए ,
    दुख बाँडी एकापसमा रुन पाए हुन्थ्यो ।
    आँसु अनि हाँसाेेले सँगै छुन पाए हुन्थ्यो।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ………………………………………………

    पञ्चाङ्ग   [२७]
    [०१]
    कुरा  गर्न  साँझपख   भरे आउन।
    निहुँ तिहुँ  सानो काम परे आउन।
    खाई पिई यतै बास बस्नु पर्छ है ,
    त्यहाँ आफ्नो सबै काम टरे आउन।
    माथ्लाघरे  अन्तरे   र   नरे आउन ।
    [०२]
    डरलाग्दी छिन् सासु घर मरे जाँदिन।
    माईतै दुःख भोग्छु जे जे परे जाँदिन ।
    गरीखानै गाह्रो भयो मलाई साह्रो भो,
    बटुलेर  राखुन् या छरुन् छरे जाँदिन ।
    त्यहीँ बसुन्  शहर सरुन् सरे जाँदिन ।
    [०३]
    बुढा  पात  सबै झरे हामी बाँकी छौँ।
    कोही नेतागिरी  गरे हामी बाँकी छौँ।
    बोल्नै  सकिएन  हाम्रो  पिठै बिकेन ,
    धेरै साथी अघि सरे हामी बाँकी छौँ।
    सबै साथी पारी तरे हामी बाँकी छौँ।
    [०४]
    खोला तरेपछि मात्र साथी सम्झियो।
    धोक्रो भरेपछि मात्र साथी सम्झियो।
    विश्वासिलो  साथी ठान्नु व्यर्थ रहेछ,
    आफ्नो टरेपछि मात्र साथी सम्झियो।
    गाह्रो   परेपछि मात्र साथी सम्झियो ।
    [०५]
    गुन   कहिले    देखिन्छ ? मान्छे मरेपछि।
    मान्छे पर भाग्छन् आफ्नो खाँचो टरेपछि।
    सत्य धर्म र संस्कृतिको ख्याल राख्नु है ,
    कस्ले    राम्रो   भन्छ   चारैतिर  सरेपछि।
    मानसम्मान    हराउँछ    गल्ति  गरेपछि ।

    ✍️गुणनिधि घिमिरे, अमेरिकाबाट ।
    ……………………………………………………

    Leave a Reply