
पञ्चाङ्ग चित्रपट भाग :- ३२
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०३/०१ गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३२ [बत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
—————–
सोमनाथ लुइटेल
शुद्धीकरण
————–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
मान्छे दैवको भरमा छन् ।
सुख र दुःख करमा छन ।
गरिबी सारा हेर आफै,
पीडाले सबै डरमा छन् ।
बाटोको खुला घरमा छन् ।
✍️आर्त अकुलीन, कैलाली ।
………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
जिन्दगीको हर मोडमा दुख पनि खेप्नु पर्छ।
कहिले काहीं मनै भित्र बेदनाको चेप्नु पर्छ।
सम्पूर्ण चक्रको चावी भगवानको हातमा छ,
अत्यावश्यक कार्यको शुद्ध भावले छेप्नु पर्छ।
भत्किन लागेको दुखद घरलाई लेप्नु पर्छ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
……………………………………………………
चित्रपट पञ्चाङ्ग [०३]
जस्तोसुकै भए पनि मेरो घर यही हो।
हिॅउद र झरीभरी हाम्रो भर यही हो।
बाध्यतामा परेर जसो पनि हुन सक्छ,
यही पनि हडप्देलान् भन्ने डर यही हो।
मनले नमाने पनि यत्य तर यही हो।
✍️घनश्याम पौडेल, पोखरा ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
पीरमा परें दु:खले झार्यो भाग्य नै यस्तै छ ।
शरीरलाई शिथिल पार्यो भाग्य नै यस्तै छ ।
देखेको नपाइने रहेछ पाइन्छ लेखेको ,
आफूलाई ईश्वरले तार्यो भाग्य नै यस्तै छ ।
सबैभन्दा शोषकले मार्यो भाग्य नै यस्तै छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
…………………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
बस्ने कुटी छैन बरै सडकको बास छ ।
केही खान पाइन्छ कि भन्ने मात्र आश छ।
छोराछोरी भोकै रुन्छन् खाने अनाज छैन,
भरे आइ बास उठाउँछन् भने त्रास छ ।
कथा अनि वेदनाका पोकाहरू रास छ ।
✍️सरिता सेढाई ,धादिङ ।
……………………………………………………
चित्रपट पञ्चाङ्ग [०६]
चलेकै छ जिन्दगीको सफर गरिबको।
धर्ति आकासको छ सधै भर गरिबको।
कामछैन दामछैन जन्मिए लालाबाला,
उन्कै लागी मात्र ज्युँने रहर गरिबको।
खान र लगाउँन पर पर गराबको।
✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
आकाशको छानाको नै भर भएपछि ।
जिन्दगी जिउन नै कहर भएपछि ।
अन्न जुटाउने कसरी हो सोच्दा सोच्दै ,
मनमा अनकै ती रहर भएपछि ।
आशा मरे वचन जहर भएपछि ।
✍️सरिता काफ्ले , कोहलपुर बाँके ।
…………………………………………
पञ्चाङ्ग चित्रपट [०८]
खुल्ला आकाश मुनिको बास भयो।
सधैंभरि मौसमको त्रास भयो।
अभाव र गरिबी देख्दा लाग्दछ,
यहाँ बाँच्नु भन्दा मर्नु खास भयो।
देख्नमा त एकमुठी सास भयो।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
……………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
१/
हामी दुःखीकाे बस्न कुनै बास छैन।
बालबच्चा भाेका छन् खान गाँस छैन।
बस्ने पाईप, खुला आकाश नै छत,
स्वार्थी दुनियाँमा कसैको आस छैन।
ठूलो सपना देख्नु कुनै खास छैन।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
…………………………………………
चित्रपट पञ्चाङ्ग [१०]
दिनता जीवन भूमिको भार देखियो ।
कस्सिको जित र कसैको हार देखियो।
पीडाको लिस्नो नै निर्धोको मुख्य सहारा,
एकत्र ह्युम पाइपको घार देखियो ।
यो मानवता मासिएको छार देखियो ।
✍️अच्युत घिमिरे, भुटान बाट ।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [११]
अन्नको प्राण हो मान्छे पेटमा अन्न परेको छैन ।
खुला आकाश मुनि छ आँखा मा निद भरेको छैन।
हाम्रो देशमा गरिबै स्वतन्त्र बाँच्न ठाँउ कहाँ छ ,
कृषकका खेतमा गरामा सिंंमजचाइ सरेको छैन।
यहाँ गरिबको आदर सरकारी गरेको छैन।
✍️बेदु न्यौपाने , काठमाडौं ।
………………………………………………………
पञ्चाङ्ग [१२]
नबस्ने बास छ ।
नखाने गास छ ।
दैबको लिला हो ,
केवल सास छ ।
बच्चाको आस छ।
✍️धनमाया चौधरी, कैलाली ।
…………………………………
पञ्चाङ्ग [१३]
समानताको कुरा कहिले सम्म गर्ने सरकार ।
तिम्रो बारीमा भ्रम कहिले सम्म छर्ने सरकार ।
निमुखाको रगत र पसिनामा पौडी खेलीखेली ,
आफ्नै मात्र त्यो भुँडी कहिले सम्म भर्ने सरकार ।
गरिब भने भोकै कहिले सम्म मर्ने सरकार ।
✍️पशपती राई, खोटाङ ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
मानिसको जन्म लिए पछि हरेक सामना खेप्नु पर्ने रहेछ।
हर दिन हर रात वेदनाको पोकोलाई चेप्नु पर्ने रहेछ ।
भनिन्छ नि छ दिनको दिन छैँठीले के कोरेको छ भाग्य रेखामा,
डगरमा घर बन्यो हिलो भरिएमा पानी छेप्नु पर्ने रहेछ।
त्यहीँ ओत चर्किन लाग्यो रे हिलो लिएरनै लेप्नु पर्ने रहेछ ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
………………………………………………………………
चित्रपट अञ्चाङ्ग [१५]
न गाँस छ , नकुनै बास छ ।
यो जिन्दगी मेरो बक्वास छ ।
भाग्यले मलाई ठग्नु ठग्यो ,
न कोहि हाम्रो, मान्छे खास छ।
सधैँ बिस्तरा ढल्को पास छ ।
✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
…………………………………………………
पञ्चाङ्ग [१६]
[०१]
त्याे छितीज पारी आकाश खुलेकाे हेर ।
स्वच्छ, अनि निर्मल मन भुलेकाे हेर ।
बिहानीकाे घाम पूर्वमा उदाउँदा त,
बेली,चमेली,सुनाखरी फुलेकाे हेर ।
फूलमा रमाइ भमरा डुलेकाे हेर ।
[०२]
कठै गरीबीहरुकाे हेर बाटाेमा नै बास भयाे।
दुखमा बित्छन् दिनहरु न कसैकाे आश भयाे ।
खान,लाउँन दुइ छाकनै टार्न नपाउँदाखेरी ,
जीवन जिउन गार्हाे भयाे एक मुठी सास भयाे ।
कहिले कसैले भाेक टारीदिँदा त्याे नै खास भयाे !
✍️उर्मिला के.शी. , धनकुटा ।
……………………………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
चार प्रहर रात काटने ओडारको बास छ।
कल्भटभित्र परिवारको बसोबास खास छ
आलीशान महलत कल्पना भन्दा धेरै पर ,
हात मुख जोर्ने एउटै कन्दमुलको गाँस छ।
तर पनि बाध्यतामा यो जिन्दगी बाँच्ने आश छ ।
✍️बिबस पारदर्शी, झापा ।
…………………………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
आकाश नै हाम्रो त छानो भो।
काम गरेसि बल्ल मानो भो।
यहाँ कसैको नि भर छैन,
दुःख गरेपछि त दानो भो।
यहाँ घर नहुदाँ सानो भो।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
न गाँस छ हुम पाइप मुनि बास छ ।
किन यस्तो भयो भन्दा गरिबी खास छ।
के गर्ने ओत लाग्न ठाउँ नभएपछि ,
सरकाले बास देला भन्ने आश छ ।
नत्र यी गरिवकोहरूको सधैँ नास छ ।
✍️नवराज भट्ट
, कञ्चनपुर ।
……………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
बनाई देउ न दैव सबैलाई एकै नास मान्छेहरूलाई ।
खानलाई दुई छाक,बस्नलाई छैन बास मान्छेहरूलाई ।
आखिर किन? कसैलाई महल त कसैलाई सडक पेटि,
अब, न्याय दिनुपर्यो बने हजुरकै दास मान्छेहरूलाई।
भगवान् हजुरकै भरोसा छ एउटा आस मान्छेहरूलाई ।
✍️शिव ज्ञवाली , गुल्मी ।
………………………………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
उनको ठूलो मेरो खास नभएपछि ।
कसैले हेर्ला भन्ने आस नभएपछि ।
धर्ती ओछ्यान अनि आकाश छानो हुन्छ,
आर्तको ओतलाग्ने बास नभएपछि ।
बिहान साँझ खाने गाँस नभएपछि ।
✍️वसन्त अनुभव , घोराही दाङ्ग ।
………………………………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
गरिबीको कारण पाइप मुनिको बास भयो।
हाम्रो रात्दिन बिताउनको लागि खास भयो।
जसरी पनि जिन्दगी कटाउन्ज पर्दो रहेछ ,
बाँचेर बस्दा धर्तिको भोझ जिउँदो लास भयो।
सधैँबाढी पहिरो र हावाहुरीको त्रास भयो ।
✍️सुशीला पौडेल ।
………………………………………………