नेपाली हजयात्रीहरूको पहिलो समूहलाई राजदूत नवराज सुवेदी द्वारा स्वागत।

  • २२ जेष्ठ २०८०, सोमबार १०:३३ मा प्रकाशित
  • काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न आउने मुस्लिम समुदायको पहिलो समुह बिहिवार साउदी अरब आईपुगेको छ।

    यस वर्षको हजका लागि बिहिबार साउदी अरेवियाको जेद्दा आइपुगेको नेपाली हजयात्रीहरूको २६८ जनाको पहिलो समूहलाई राजदूत नवराज सुवेदी तथा नेपाली महाबाणिज्यदूतावास, जेद्दाका कार्यवाहक महाबाणिज्यदूत शत्रुध्वन पोखरेलले जेद्दा विमानस्थलमा स्वागत गरेका थिए ।

    मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुबिधा छ।

    विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृहमन्त्रालयले जनाएको छ ।

    उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन्। नेपालमा मुस्लिमको जनसङ्ख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ ।

    Leave a Reply