
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको व्यबस्थापन र दूतावासको आयोजनामा अधिकांश आप्रवासी नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको दमाम शहरमा २ दिने अस्थायी शिविर सम्पन्न भएको छ ।

उक्त शिविर मार्फत राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार २ सय जनाको राहदानी बितरण र विद्युतीय राहदानीको लागी ७ सय ९७ जनाको फारम संकलन गरि कुल १ हजार ९ सय ९७ जना सेवाग्राहीहरू लाभान्वित भएको एनआरएनए एनसीसी साउदी अरबले जनाएको छ।
फारम संकलनका लागी नेपाली दूतावास रियादका लागी द्वितीय सचिव टिकाराम उपाध्यायको नेतृत्वमा फारम संकलन गर्ने टोली राजधानी रियाद देखी ५ सय किलोमीटर टाढा रहेको दम्माम आएको थियो भने स्वयंसेवकको रूपमा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय, राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय परिषदका पदाधिकारी हरूको साथमा साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मेई महिनाको २२ तारिखमै सुचना जारी गर्दै जुन महिनाको ९ र १० तारीखका प्रि-ईनरोलमेन्ट अनलाईन फारम भरेर आउन दूतावासले सेवाग्राहीहरूलाई सुचित गरिएको थियो भने ह्वाट्स्एप नंबरहरू सार्वजनिक गरी संघका पदाधिकारीहरूले निःशुल्क फारम भरी सेवा ग्राहीलाई सेवा दिएको संघले जनाको छ।
उक्त शिविर एनआरएनए एनसीसी साउदीका अनुसार विद्युतिय राहादानी जारी भए पश्चातको यो साउदीअरबका पूर्वी प्रान्त दम्मामका लागी दोस्रो राहदानी फारम संकलन शिविर संचालनमा आएको हो भने शिविर संचालनको लागी संघले पटक पटक अनौपचारिक तथा औपचारिक रूपमा नेपाली नियोग संग निरन्तर समन्वय गरेको संघले जनाको छ।

नेपाली दूतावास रियाद देखी ५ सय किलोमीटर टाढा रहेको पूर्विय प्रान्त दम्माम र त्यस वरिपरी आप्रवासी नेपाली श्रमिकहरू मध्ये लगभग ५०-६० प्रतिशत श्रमिकहरू रहेको देखिन्छ । उक्त क्षेत्रमा रहेको सेवाग्राहीहरू मध्ये शिविरको लाभ लिन नपाएकाहरूले भने यस प्रकारको शिविर निरन्तर हुनु पर्ने आशाय सहित पुनः शिविर संचालन हुनेमा आशंका व्यक्त गरेका छन्।संघ संग सिमित स्रोत रहने भएकाले यस प्रकारको व्यवस्थापन निरन्तर गर्न नसकिने कुरालाई मध्यनजर गर्दै लाखौँ सेवाग्रहीहरू पाईपलाइनमा रहेकाले पनि अस्थायी सिविर अनिवार्य संचालन हुनु पर्ने भए पनि अगामी दिनमा यसले निरन्तरता पाउनेमा आशंका व्यक्त गरेका छन्।

दूतावासले तोकिएको टाईमस्लटमा अपोईन्टमेन्ट नपाए पछि अघिल्लो पटकको लागी अपोईन्टमेन्ट लिएकाहरूले पनि सेवा पाउने सुचना अनुसार सेवाको लागी सेवा ग्राहीहरू बिहान ४ बजे देखी शिविरमा लाईनमा बसेका थिए।तोकिएको दिनको फारमलाई प्राथमिकता दिएको कारण आफु बिहानै आएको भए पनि काम साँझ ७ बजे भएको कुमार थाले बताए। थकित र फारम बुझाउन पाएकोमा खुशी हुँदै थापाले भने “मासिक रूपमा सिविर निरन्तर हुने निश्चित भए भिड कम हुने र सेवाग्रहीले सहज रूपमा सेवा पाउने थियो”। बिहान कम्पनीको डिउटी सकाएर ११ बजे शिविर आईपुगेका सुबास विस्टले पनि अन्तिम समयमा फारम बुझाउन पाए। बिहान ६ बजे नै आईपुगेका राजु पौडेलले भने “ बरू कोठा भाडाको लागी २०/२५ रियाल अतिरिक्त शुल्क लिएर स्थाई कार्यलय नै राखी साप्ताहिक रूपमा फारम संकलन गरे यसरी पुरै दिन लाईनमा बस्नु पर्ने अवस्था त आउँदैन थियो”।
अब अर्को पटकको शिविर कहिले आउँछ भन्ने प्रश्नमा नेपाली दूतावास रियादका लागी द्वितीय सचिव टिकाराम उपाध्याय भन्नुहुन्छ “मिती नै तोकेर भन्न सकिन्न तर २ साँडे २ महिना पछि आउँछौँ होला तर यो बजेट पछाडी मन्त्रालयको कस्तो निर्देशण आउँछ त्यसलाई पनि हेर्नु पर्छ। ई-पासपोर्टको लागी फारम संकलन गर्दा सिधै सरभरमा कनेक्ट हुनु पर्ने भएकोले ईक्विपमेन्ट र जनशक्तिको पनि अभाव छ हामी संग”।
सेवाग्राहीहरू अलहास्सा, खव्जि, जुवेल र सल्वा लगाएतका क्षेत्रहरू बाट आएका थिए।

