एनआरएनए साउदी अरबले आफ्नो ९औं महाधिवेशन आगामी जुलाइ २८ तारिख गर्दै

  • २४ जेष्ठ २०८०, बुधबार ०९:४५ मा प्रकाशित
  • रम्जान समर्पण

    साउदी अरब ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबले आफ्नो नवौं राष्ट्रिय महाधिवेशन आगामी जुलाइ २८ तारिख, २०२३ शुक्रबारका दिन गर्ने कुरा आफ्नो फेसबुक पेजबाट महाधिवेशन सम्बन्धि सार्बजनिक सूचना जारी गर्दै जानकारी गराएको छ ।

    संघका अध्यक्ष डमर यादवको अध्यक्षमा गत २ जुन, २०२३ शुक्रबार सम्पन्न राष्ट्रिय परिषद्को ९औं पूर्ण बैठकले राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२३-२५ का लागि नयाँ कार्यसमिति चयन गर्नका लागि उक्त महाधिवेशन गर्ने निर्णय गरेको कुरा महासचिव उमेश भट्टराई ले जानकारी दिए ।
    महासचिव भट्टराईका अनुसार एनसिसी साउदीले आफ्ना मातहतका क्षेत्रीय र स्थानीय समितीहरु चयन भैसकेको र अनुमोदन पनि गरिसकेको जानकारी दिदैं अन्तराष्ट्रिय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२३ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ ।
    महासचिव भट्टराईले जानकारी अनुसार “परिषद्को ९औं पूर्ण बैठकले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमितमा पारिद गर्दै ९औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ३ सदस्यिय राष्ट्रिय महाधिवशन निर्बाचन समिति र ३ सदस्यिय निर्बाचन अनुगमन समिति गठन गरेको छ । राजेन्द्र (जोन) अर्यालको संयोजकत्वमा गठित राष्ट्रिय महाधिवेशन निर्बाचन समितिमा आइसिसि सदस्य तेज बहादुर थापा सहित एक जना पछि थपने भएको छ । त्यसैगरि आइसिसि महिला उपाध्यक्ष यास्मिन बेगम संयोजक रहने गरि लामो समय साउदि अरबमा कर्मक्षेत्र बनाइ बिभिन्न सामाजिक संघ संस्थाहरूमा आवद्ध समजिक अभियान्ता ओम घले, बिरेन्द्र कुमार चौधरी सम्मेलित निर्बाचन अनुगमन समिति गठन भएको छ ।
    निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२३, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाइ आधार मानि आफ्नो कार्यभार पूरा गर्ने छ । यसैगरि अधिवेशलाई सफलताको साथ सम्पन्न गर्न परिषद्को ९औं पूर्णले विभिन्न समितिहरु गठन गरि जिम्मेवारी र कार्यभार बाडफाड गरेको छ ।
    गत आठौं महाधिवेशनमा गठित बिधान संसोधन सिमितले यसपटक पनि निरन्तरता पाएको छ, श्रीमति यास्मिन बेगमको संयोजकत्वमा एनसिसि साउदि अरबका संरक्षक मण्डलका सदस्य ओम घले तथा बिरेन्द्र कुमार चौधरी बिधान संशोधन समितिमा रहनु भएको छ । यसैगरि ९औं अधिवेशनलाइ ऐतेहासिक रूपमा सम्पन्न गर्न राष्ट्रिय समन्वय परिषदका मौजुदा बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरूलाइ, महासचिव तथा प्रबक्ता बिभिन्न समितिहरूको संयोजकको रूपमा जिम्मेवारी सुम्पिएको छ ।”

    महाधिवेशन साउदी अरबको राजधानी रियादमा हुने कुरा पनि जनाएको छ ।

    Leave a Reply