
उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –
१
जीवन
रहरको फूल
बाल युवा वृद्ध !
२
नाता
रगतको, गाँसेको
सम्बन्ध सधैँ हाँसेको !
३
पीडा
दुखेको अवस्था
मनको अस्थिर घाउ !
४
प्रेम
सकारात्मक दुखाइ
आँखादेखि मनसम्मको जुधाई !
५
माया
सुकुमार कोपिला
सन्तानप्रति समर्पित मन !
६
चाहना
होइन आवश्यकता
आधारभूत, मनको पर्खाइ !
७
डर
गुमाउने त्रास
मनले फेर्दैछ सास !
८
चाह
पूर्ण जीवन
तिम्रो मेरो यात्रा !
पूर्ण
सफल सन्तुष्टि
मनले मात्र जान्दछ !
१०
मन
सकारात्मकतामा रमाउने
कुबेला कल्पनामा हराउने !
११
दूध
सेतो पदार्थ
गाई भैँसी स्रोत !
२
हात्ती
ठुलो जनावर
चाइनाले उपहार लग्यो !
१३
गाई
राष्ट्रिय जनावर
दान गरे पुण्य !
१४
भैंसी
दुधदेखि मासुसम्म
उपहार नलिई हुन्न !
१५
व्यवहार
हात्ती दान
राँगा लिएर सान !
१६
मिचाहा
छिमेकी राष्ट्र
नैतिकतामा अति भ्रष्ट !
१७
पेल्ने
ठुलाले सानालाई
बाइसगुणा ठुलो इण्डिया !
१८
नैतिकता
सकारात्मक ज्ञान
बेचेछन् बढेर अज्ञान !
१९
निडर
डराउन नहुने
देशको शीर्ष भाग !
२०
नेतृत्व
नेताको गुण
फितलो भए अवगुण !
२१
तुच्छ
काम नलाग्ने
लगाम बुद्धि सम्हाल्ने !
२२
नहुनु
रित्तो भकारी
लुटेरा भए सहकारी !
२३
खाँचो
अभावको सृजना
छिमेकीको हातको साँचो !
२४
मृत्युु
सत्य तथ्य
मरेपछि छैन संसार !
२५
धन
कालो मन
छाडेर जान्छ जन !
- सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ