उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १५ असार २०८०, शुक्रबार ११:४७ मा प्रकाशित
  • उदकहरू
    १.
    बिछोड
    सहन गाह्रो
    अन्तिम घडीको निचोड।
    २.
    मर्म
    लेखान्त भएको
    आफैँ भोगिने कर्म।
    ३.
    माया
    कहिल्यै नछाड्ने
    अपत्यारिलो आफ्नै छाया ।
    ४.
    मान
    साथमा गौरव
    उच्चस्तरको सम्मानित सान।
    ५.
    सदाचार
    ज्ञानको भण्डार
    अमुल्य शब्द बिचार ।
    ६.
    हिमाल
    नेपालको सान
    हरेक नागरिकको पहिचान ।
    ७.
    हरियो
    देख्दा सानो
    तीखो मीठो पिरो।
    ८.
    आमा
    निश्वार्थ मनमा
    जगतको भलो सोच्ने।
    ९.
    कर्म
    कहाँ गरिन्छ
    फल पाउने धर्म।
    १०.
    सम्झौता
    जीवन चलाउन
    अपनाइने अनेक बाध्यता।

    दुर्गा आचार्य
    मोरङ

    Leave a Reply