साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १०३

  • ३० बैशाख २०८०, शनिबार २२:५८ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    परिचारिका
    कर्मठ सेविका
    साक्षात् जीवित देविका !

    • वसन्त अनुभव, घोराही, दाङ

    [२]
    वरदान
    कष्ट वर्तमान
    घोटाला हर्दम बदनाम !

    • ओम परिवार

    [३]
    परिचालिका
    नित्य सेविका
    आफैँ जीवित देवीका !

    • बेदु न्यौपाने, काठमाडौँ

    [४]
    परिचारिका
    रोगी थरीथरीका
    रातदिन खटिने सेविका !

    • पशपती राई, खोटाङ

    [५]
    सेविका
    कर्मठ परिचारिका
    कर्तव्य राम्रोसँग बुझेका !

    • राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, भक्तपुर

    [६]
    नर्स
    दिनरात नभनी
    गर्छन् बिरामीको सेवा !

    • सरिता सेढाई, धादिङ

    [७]
    सेविका
    स्वास्थ्य उपचारमा
    सबैको बनून् प्रेमिका !

    • होमप्रसाद न्यौपाने, धरान, सुनसरी

    [८]
    सेविका
    बिरामीकाे हेरचाह
    राेगीकाे विश्वासिलो सहारा !

    • नवराज भट्ट, कञ्चनपुर

    [९]
    परिचारिका
    देशभरि फैलिँदै
    रोग नियन्त्रण नगरपालिका !

    • अम्बिका अधिकारी, झापा, विर्तामोड

    [१०]
    नर्स
    दिनरात बराबर
    मानव सेवामा समर्पित !

    • सीता पाण्डेय मरासिनी
      रेसुङ्गा नगरपालिका -९, गुल्मी

    [११]
    स्वास्थ्यसेविका
    रातोदिन खट्ने
    जीवित एक देविका !

    • म्यामराज राई

    [१२]
    बिचरा
    प्रेमले डटेका
    भाेकतिर्खा नभनी खटेका !

    • निरज कोइराला, इटहरी

    [१३]
    परिचारिका
    सत्य सेविका
    यिनैलाई भनिने महान् ।

    • सरस्वती श्रेष्ठ, इटहरी

    [१४]
    नर्स
    बिरामीको सेवा
    पुर्‍याउने हरदम टेवा !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [१५]
    नर्सिङ्ग
    पढेर बसेको
    पाइन्न रोजगार कसो !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१६]
    सेविका
    अनेक रूप
    मध्येकी प्राण देवीका !

    • घनश्याम पौडेल, पोखरा

    [१७]
    परिचारिका
    दिनरात उही
    सघाउने हुन्नन् कोही !

    • सविता के.सी., काठमाडौँ, नेपाल

    [१८]
    परिचारिका
    जनताका सेविका
    समग्रमा जीवनकै रक्षिका !

    • आर्त अकुलीन, कैलाली

    [१९]
    नारी
    बिर्सेर आफुलाई
    हर क्षेत्रमा बफादारी !

    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन

    [२०]
    सेविका
    सेवा भावमा
    कर्तव्य परायण जीविका !

    • राेशन पराजुली, धरान

    [२१]
    सेविका
    खट्छिन हरपल
    अस्पतालमा बिरामीको सेवा !

    • मन्दिरा सेढाई
      मलेखु, धादिङ

    [२२]
    स्वास्थ्यसेविका
    अशक्तकाे हेरचाह
    राेगीकाे जिउने अभिलाषा !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [२३]
    सेविका
    देवदूत भइन्
    स्वास्थ्य समस्या कहिन् !

    • ऋजु दिल्पाली, इटहरी-१, सुनसरी

    [२४]
    सेविका
    सुमधुर बोली
    निको पार्ने बिरामी !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [२५]
    कर्म
    अस्पतालकी नर्स
    मानव सेवा धर्म !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२६]
    परिचरिका
    स्वास्थ्य सेविका
    अहोरात्र खटन नायिका !

    • कमला देवकोटा पाल्पा

    [२७]
    परिचालिका
    देवी साक्षत
    रोगी मान्छेको रक्षक !

    • बृन्दा बगाले, काठमाडौँ

    [२८]
    परिचारिका
    सद्भावको बोली
    सेवा नै धर्म !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२९]
    परिचारिका
    धर्मकर्मकी देवी
    मानव हितकी सेविका !

    • विवश पारदर्शी, झापा

    [३०]
    परिचारिका
    सेवामा निष्ठता
    बिरामीका हीत कर्ता !

    • धर्मी शाक्य,बुटवल, रुपन्देही

    [३१]
    धाई
    सेवामा खट्छिन्
    माया ममता जगाई !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३२]
    सेवा
    मानबिय धर्म
    कस्तो बुझ्ने मर्म !

    • चक्र शाही, कैलाली

    [३३]
    नर्स
    काम धेरै
    सेवा पाउने सबै !

    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर

    [३४]
    परिचय
    सबभन्दा ठुलो
    रोगीको सेवामा तल्लीन !

    • डुकछिरिङ लेपचा, भारत

    [३५]
    मानव
    प्राण दाेसाँधमा
    सेवा दिने परिचारिका !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [३६]
    परिचारिका
    रोगी बिरामी
    स्वास्थ्य सेवक उपचारिका !

    • पुष्पा सायरा, विराटनगर

    [३७]
    नर्सिङ
    बिरामीको सेवा
    मेरो अनुपम गौरव !

    • प्राप्ति आचार्य
      घोडाघोडी-१, कैलाली

    [३८]
    परिचारिका
    निस्वार्थ भावले
    बिरामीको हेरचाह गर्ने !

    • बिमला पोख्रेल, अर्घाखाँची

    [३९]
    परिचारिका
    माने जीवनदाता
    एक प्रकारको माता !

    • धनमाया चौधरी, कैलाली

    [४०]
    सेविका
    परिवर्तनका संवाहक
    स्वास्थ्य क्षेत्रका देविका !

    • ईश्वर लामिछाने, धरान

    [४१]
    परिचालिका
    देवीकी प्रतिमूर्ति
    सेवाशुश्रूषा गर्ने सेविका !

    • श्रद्धा आचार्य, पोखरा

    [४२]
    नर्सिङ्ग
    स्वास्थ्य सेवा
    सेवामा मिल्छ मेवा !

    • बुद्धिप्रसाद सापकोटा
      गाउँको-७, नवलपुर

    [४३]
    नर्स
    दिनरातको सेवा
    पाइदैन उचित पारिश्रमिक !

    • मङ्गला उपाध्याय, बारा

    [४४]
    परिचारिका
    रोगीको स्याहार
    मिठो बोली व्यवहार !

    • समुन्द्रा शर्मा, सुनसरी

    [४५]
    अस्पताल
    अप्रत्यक्ष भगवान
    कर्तव्यनिष्ट सेविका दयावान् !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [४६]
    धर्म
    सेवाको कर्म
    न्युन वेतन महाश्रम !

    • तोया घिमिरे, शङ्खमूल, काठमाडौँ

    [४७]
    नर्स
    कुरा हर्षको
    निस्वार्थ भावनाको सहयोग !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: बर्दिया

    [४८]
    नर्स
    लिएर पैसा
    नगर्नु जिन्दगीमा खेलवाड !

    • प्रदिप नेपाली, पर्वत

    [४९]
    परिचारिका
    रूप देवीका
    सेवामा खट्ने बिरामीका !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    [५०]
    सेविका
    निस्वार्थ सेवा
    बिमारी संगको भूमिका !

    • दुर्गा आचार्य, मोरङ

    [५१]
    शुश्रूषा
    अटूट सेवामा
    जीवन अर्पण रातदिवामा !

    • जमुना कायस्थ, पोखरा

    [५२]
    नर्सिङ
    सेवा बिरामीको
    आशिष पाउन लाख !

    • रचना शर्मा प्रतीक्षा

    [५३]
    नर्स
    उपचार निसङ्कोच
    आफनो पीडा लुकाएर !

    • घनश्याम पौडेल, गौरीगङ्गा -९, कैलाली

    [५४]
    सेवा
    सङ्घर्ष जिन्दगी
    मीठो फल्छ मेवा !

    • शारदा आचार्य, ललितपुर

    [५५]
    सेवा
    सामाजिक कार्य
    त्यसमै फल्दछ मेवा !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [५६]
    नर्स
    भरपर्दो सम्बोधन
    राेगी कुरुवामा राहत !

    • टीकाराम जाेशी, टीकापुर

    [५७]
    नर्स
    जीवन ज्योति
    जोगाउने मानव सहर्ष !

    • सरस्वती वली, बर्दिया

    ५८.
    परिचारिका
    गर्छिन् सेवा
    उनी दुःख दर्दका !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    Leave a Reply